अर्काको नाममा परीक्षा दिने दुई पक्राउ
अर्काको नाममा लोकसेवाको परीक्षा दिएको आरोपमा रुपन्देहीबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजविराज –११ घर भई कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुको सहलेखापाल ३३ वर्षीय मनोजकुमार शर्मा सुतिहार र सोही ठाउँ घर भई जिल्ला हुलाक कार्यालय सप्तरीमा नायब सुब्बा ३० वर्षीय नारायण यादव रहेका छन् ।
छ हजार बेवारिसे हतियार नष्ट
नेपाल प्रहरीले विभिन्न मिति र स्थानबाट जफत गरेका छ हजार बेवारिसे हतियार नष्ट गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार नष्ट गरिएका हतियारमा भरुवा बन्दुक छ हजार १८९ थान, पेस्तोल ६४ थान, म्याग्नम एक थान, एयर गन एक थान र नाम नखुलेको १३ थान गरी छ हजार २६८ थान हातहतियार एकसाथ नष्ट गरिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ, कोष तथा लेखा नियन्त्रण कार्यालय, स्थानीय प्रतिनिधि तथा बुढानीलकण्ठ नगरपालिका–११ का वडाध्यक्षलगायतको रोहबरमा हतियार नष्ट गरिएको जानकारी दिनुभयो ।
पर्खाल फोरेर भागेका थुनुवा प्रहरी नियन्त्रणमा
धनुषा प्रहरीको पर्खाल फोरेर फरार भएका ६ मध्ये एक थुनुवालाई घट्नाको करिब ४ महिनापछि महोत्तरी प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धनुषाको क्षिरेश्वर नपा २ रम दैयाका २५ वर्षीय थुनुवा रोशन यादवलाई नियन्त्रणमा लिएको हो ।
प्रधानाध्यापकविरुद्ध तीन लाखको भ्रष्टाचार मुद्दा
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बरकाे ६ मा अवस्थित कैलाश टेत्सुओ प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक नारायणप्रसाद पौडेलविरुद्ध तीन लाख १२ हजार रुपियाँ भ्रष्टाचारको मुद्दा दायर भएको छ।
अविवाहित गर्भवती महिलाको मृत्यु
सर्लाहीको बसबरिया गाउँपालिकामा केही दिनअघि गर्भपतन गराएकी एक १६ वर्षीया किशोरीको उपचारका क्रममा आज मृत्यु भएको छ ।
अनलाइनबाट दुर्व्यवहार गर्ने फरार प्रतिवादी पक्राउ
सामाजिक सञ्जालबाट मानसिक तनाव एवम् चरित्र हत्या गर्दै आएका भनिएका ३५ वर्षीय कुलदिप चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।
चितामा जलाउँदै गरेको शव प्रहरीद्वारा बरामद
सर्लाहीको हरिपुर नगरपालिका –६, लक्ष्मीपुरमा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । घरायसी विवादमा श्रीमान राजाराम साहले कुटपिट गर्दा श्रीमती ४५ वर्षकी इन्द्रकलादेवी साहको मृत्यु भएको हो ।
डोजरको ठक्करबाट पूर्व वडाअध्यक्षको मृत्यु
स्याङ्जाको गल्याङ नगरपालिका –५ का पूर्व वडाअध्यक्ष विष्णु क्षेत्रीको डोजरको ठक्करबाट ज्यान गएको छ । बिहीबार सोही वडाको जोगिमारामा काम गरिरहेको जेसीबी अनियन्त्रित भएर क्षेत्रीलाई ठक्कर दिएपछि उहाँको मृत्यु भएको हो ।
स्कुटर चालकको मृत्युले आक्रोशित भीडले बस जलायो
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने मोरङको उर्लाबारी नगरपालिका –३ स्थित मंगलबारे नजिकै बिहीबार अपराह्न भएको सवारी दुर्घटनामा परी स्कुटर चालकको मृत्यु भएको छ ।
चिनियाँ र नेपाली मिलेर अवैध कल बाइपास, तीन हजार सात सय सिम बरामद
चिनियाँ र नेपाली मिलेर अवैधरूपमा कल बाइपास गरेको फेला परेपछि दुई व्यक्ति पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–५ टीकाथली खरिबोटमा अवैध अन्तर्राष्ट्रिय कल र एसएमएस बाइपासमा संलग्न रहेको अभियोगमा उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
स्रोत नखुलेको १८ लाखसहित चारजना पक्राउ
सर्लाहीको हरिवनबाट प्रहरीले स्रोत नखुलेको १८ लाख रुपियाँसहित चार जनालाई पक्राउ गरेको छ ।
स्रोत नखुलेको भारतीय रुपियाँ बरामद
कपिलवस्तुमा स्रोत नखुलेको भारतीय रुपियाँसहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले दुई नम्बर यात्रु गेटबाट नेपाल आउँदैगरेको व्यक्तिबाट ४ लाख १७ हजार भारु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो ।
ठगी गर्ने दुई पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीका लागि कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
ब्राउन सुगरसहित तीन पक्राउ
इलामको सूर्योदय नगरपालिका –८ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरिएको छ ।
कर्मचारी झुण्डिएको अवस्थामा फेला
पूर्वाधार विकास कार्यालयको सुपरभाइजरमा कार्यरत एक जना कर्मचारी अछामको चौरपाटीमा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ । चौरपाटी गाउँपालिका –५ लुंग्रा निवासी ३५ वर्षीय समशेर खड्का चौरपाटी गाउँपालिका –३ को चिरकाट्यामा मृत अवस्थामा भेटिनुभएको हो ।
अवैध काठसहित टिप्पर नियन्त्रणमा
कपिलवस्तुको विजयनगर गाउँपालिका –१ सिमरीचापामा अवैध काठसहित टिप्पर पक्राउ परेको छ । सुराकीको आधारमा इलाका प्रहरी कार्यालय गणेशपुरको सादा पोसाकमा खटिएका प्रहरी टोलीले टिप्पर नियन्त्रणमा लिएको हो ।
दुर्घटनामा घाइते युवतीको मृत्यु
आठ दिनअघि मोटरसाइकल दुर्घटनामा परी घाइते हुनुभएकी झापा बुद्धशान्ति –१ का २१ वर्षीया एलिसा अधिकारीको उपचारका क्रममा शनिवार मृत्यु भएको छ ।
दमकल कर्मचारीमाथि हातपात गर्ने तीन पक्राउ
कपिलवस्तु नगरपालिका –८ मैनिहवामा आगो नियन्त्रण गर्न गएका दमकल कर्मचारीमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कर्मचारीलाई कुटपिट गरी दमकलमा क्षति गरेको आरोपमा तीनलाई पक्राउ गरी मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
किशोरले गरे प्रेमिका र काकाको हत्या
कपिलवस्तुको बाणगंगा नगरपालिका –६ मटरियामा प्रेमिकासँग खटपट परेपछि एक युवाले आफ्नै प्रेमिका र काकाको चक्कु प्रहार गरी हत्या गरेका छन् ।
भाटभटेनीमा म्याद गुज्रेको सामान
भरतपुरको भाटभटेनी तथा जुस पसलमा म्याद गुज्रेका सामग्री र अखाद्य वस्तु फेला परेको छ ।
भरुवा बन्दुकसहित दुई जना पक्राउ
चितवन राष्ट्रिय निकुञ्जको टोलीले चोरी सिकारीमा संलग्न हुने आधारमा हतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणः बुधबार चार जनाको बयान लिइयो
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितमध्ये आज चार जना प्रतिवादीको बयान लिइएको छ ।
महोत्तरीको एनएमबी बैंक शाखाबाट ३५ लाख लुटपाट
महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकामा रहेको एनएमबी बैंकको शाखामा मंगलबार अज्ञात समूहले लुटपाट गरेको छ।
ठगी आरोपमा हुलाकका हाकिम कुर्मी पक्राउ
जिल्ला हुलाक कार्यालय बाराका निमित्त प्रमुख बलिरामप्रसाद कुर्मी पक्राउ परेका छन् ।