रेशम चौधरीको मुद्दामा अन्तिम सुनुवाइ आज
राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी र राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै छ । टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर केशव बोहोराका पत्नी शारदा कठायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुन लागेको हो ।
एटिएम तोडफोड गर्ने भारतीय नागरिक पक्राउ
पोखरामा एटिएम मेसिन तोडफोडको प्रयास गर्ने एक भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा ८, सभागृहचोक नजिकै रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोडको प्रयास गर्ने भारतको बिहार प्रदेश मोतिहारी घर भई हाल पोखरा–९, नयाँबजार बस्दैआएका २० वर्षीय बबी ठाकुरलाई प्रहरीले मङ्गलबार राति पक्राउ गरेको हो ।
चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ
चितवन राष्ट्रिय निकुञ्जले चाडपर्वका समयमा चोरीसिकोरी हुनसक्ने जनाउँदै सुरक्षा व्यवस्थामा कडा गरेको छ ।
बेचबिखनको जोखिममा परेका एक हजारभन्दा बढीको उद्धार
मानव बेचबिखन तथा ओसार पसारविरुद्ध अभियान सञ्चालन गर्दै आएको शान्ति पुनर्स्थापना गृहले पछिल्लो वर्ष बेचिने जोखिममा परेका एक हजार चारसय ६३ महिला तथा बालबालिकालाई उद्धार गरेको छ ।
अकुत सम्पत्ति मुद्दामा भण्डारीलाई सफाइ
विशेष अदालतले बिध म्यानेजमेन्ट प्रालिका सञ्चालक एवं नेपाल सरकारका पूर्वनायब सुब्बा भीमकान्त भण्डारीलाई अकुत सम्पत्ति आर्जन मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले अकुत सम्पत्ति अभियोगमा दाबी नपुग्ने फैसला गरेको हो ।
लागूऔषधसहित दुई जना पक्राउ
प्रहरीले लागू औषधसहित छुट्टा–छुट्टै स्थानबाट दुई जनालाई पक्राउ गरेको छ ।
पोल्याण्ड पठाउने भनी ३८ लाख ठगी गर्ने पक्राउ
पोल्याण्डमा वैदेशिक रोजगारीमा पठाउने भनी ३८ लाख रुपियाँ ठगी गर्ने ३९ वर्षीय सुनिता कर्माचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।
अदालतबाट मिसिल र पेस्तोल चोरी
कैलाली जिल्ला अदालतबाट मुद्दाको मिसिल, कटुवा पेस्तोल र त्यसमा लाग्ने चार थान गोलीसहित पाँच वटा मोबाइल चोरी भएको छ ।
पेस्तोलसहित तीन युवक पक्राउ
सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प लाहानबाट खटिएको टोलीले हतियारसहित तीन युवकलाई सोमबार बेलुका लहानबाट पक्राउ गरेको छ ।