• १६ मंसिर २०८०, शनिबार

दोलखामा ७२ वर्षीय वृद्धद्वारा श्रीमती र नातिनीलाई खुकुरी प्रहार

blog

चरिकोट, असोज ८ गते । दोलखाको तामाकोसी गाउँपालिमा एक वृद्धले श्रीमती र नातिनीलाई खुकुरी प्रहार गरेका छन् । गाउँपालिकाको वडा नम्बर २ झुलेको ७२ वर्षीय मोहनबहादुर कार्कीले श्रीमती र नातिनीलाई खुकुरी प्रहार गरी घाइते बनाएका हुन् ।

गएको राति करिब १० बजे कार्कीले ६८ वर्षीया श्रीमती तारादेवी कार्की र ८ वर्षीया नातिनी सुहाना कार्कीलाई घरेलु हतियार प्रहार गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । 

घटनामा संलग्न कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइतेहरूको स्थानीय अस्पताल चरिकोटमा उपचार भइरहेको र घटनामा संलग्न कार्की मानसिक रूपमा अस्वस्थ रहेको प्रहरीले जनाएको छ ।

Author

सुजन काफ्ले