कतार पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
कतार पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहिबार बसुन्धराबाट मोरङको पथरी शनिश्चरे-७ घर भइ हाल काठमाडौंको मनमैजु बस्ने ३३ वर्षीय भिम बहादुर तामाङलाई पक्राउ गरेको हो ।
तत्कालीन शिक्षक यादवविरुद्ध १६ लाख ९२ हजारको भ्रष्टाचार मुद्दा
बाराका नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, रौवाहीका तत्कालीन शिक्षक योगेन्द्र प्रसाद यादवविरुद्ध १६ लाख ९२ हजार २६९ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नापी कार्यालयका सर्वेक्षकसहित तीन जनाविरुद्ध एक लाख २५ हजारको भ्रष्टाचार मुद्दा
नापी कार्यालय, भद्रपुर, झापामा कार्यरत सर्वेक्षक देवनारायण ठाकुरसहित तीन जनाविरुद्ध एक लाख २५ हजार रुपियाँ भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
भाइ मसलामा म्याद गुज्रिएका चकलेट र कुहिएका खानेकुरा
धादिङका बजारमा बिक्री भइरहेका भाइ मसलाका ‘प्याकेट’मा म्याद गुज्रिएका खानेकुरा फेला परेको छ । बजारका खुद्रा तथा थोक पसलले बिक्रीका लागि राखेको थरीथरीका प्याकेटमा अखाद्य, गुणस्तरहीन र मिति गुज्रीएका सामग्री फेला परेको हो ।
‘बहुमूल्य सामान बोकेर भिडभाडमा नजानु’
काठमाडौँ उपत्यका प्रहरी कार्यालयले बहुमूल्य सामान बोकेर भिडभाडमा जाने गल्ती नगर्न अनुरोध गरेको छ । उपत्यका प्रहरीले यसरी जाँदा चोरीको सम्भावना अधिक हुने भएकाले विशेष ख्याल गर्न पनि सुझाएको छ ।
मुगु सामूहिक हत्या प्रकरण : दुई जना पक्राउ
मुगु छायाँनाथ रारा नगरपालिका-६ मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न आरोपमा प्रहरीले दुई जनालाई बिहीबार पक्राउ गरेको छ ।
सालोद्वारा भिनाजुको हत्या
झापाको बुद्धशान्तिमा बुधवार राति आफ्नै सालोले हतियार प्रहार गरी भिनाजुको हत्या गरेका छन् ।
गैर–नेपाली नागरिक मेहराविरुद्ध पाँच करोड बढीको भ्रष्टाचार मुद्दा
गैर–नेपाली नागरिक अनुप मेहराविरुद्ध गैरकाुननी रूपमा पाँच करोड पाँच लाख ४२ हजार रुपियाँ भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गर्ने पक्राउ
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबुक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई आज पक्राउ गरेको छ ।