मलेसिया र क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक डेनमार्क र बढी हुने साउथ सुडान
विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क र सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा साउथ सुडान देखिएको छ ।
चितुवाको छालासहित एक पक्राउ
कैलाली प्रहरीले चितुवाको छालासहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
अनलाइन जुवा खेलाएको आरोपमा २३ जना भारतीय पक्राउ
बूढानीलकण्ठ नगरपालिका–३ स्थित एक घरमा अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले २३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरी कुट्ने चार युवा पक्राउ
व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानङकोटमा एक प्रहरी जवानलाई कुटपिट गरिएको छ । अस्थायी प्रहरी चौकी मानुङकोटमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि कुटपिट भएको हो ।
कैलालीमा बालिकामाथि सामूहिक बलात्कार
कैलालीमा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । बर्दगोरिया गाउँपालिकामा डेरा गरी बस्ने बालिकामाथि दुई जनाले बलात्कार गरेका हुन् ।
प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ
नेपाल प्रहरीले नियमित गस्तीमा रहेका आफ्ना कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ । यही माघ २४ गते काठमाडौँ महानगरपालिका– २६ ठमेलमा सम्झाई बुझाई गर्न खोज्दा उनीहरुले प्रहरीमाथि हातपात गरेका थिए ।
राजधानीमै बालक अपहरित
ललितपुर पाटनबाट चार वर्षीय बालकलाई अपहरण गरी होटेलमा बन्धक बनाएको आरोपमा प्रहरीले एक भियतनामी युवकलाई नियन्त्रणमा लिएको छ ।
अवैध सुन र एक लाख बढी नगदसहित एक पक्राउ
दाङमा प्रहरीले अवैध सुन र नगदसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले उपमहानगरपालिका –१५ ट्राफिक चोकबाट घोराही उपमहानगरपालिका –१४ मिलनचोक निवासी २५ वर्षीय रञ्जित रसाइलीलाई अवैध सुन र नगदसहित पक्राउ गरेको हो ।
नगर प्रमुख बस्नेतविरुद्ध आठ करोड ६९ लाखको भ्रष्टाचार मुद्दा
काठमाडौँको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध आठ करोड ६९ लाख ८७ हजार १०५ रुपियाँको भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ।
चक्कु देखाएर बलात्कार
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा एक बालिकामाथि बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार स्कुलबाट फर्किरहेकी बालिकालाई चक्कु देखाएर एक १८ वर्षीय किशोरले बलात्कार गरेका हुन् ।
सप्तरीमा सात सय २६ केजी लागु औषध बरामद
सप्तरी प्रहरीले भारी मात्रामा लागु औषध गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले शनिबार पत्रकार सम्मेलनमार्फत सात सय २६ किलो लागु औषध गाँजा बरामद भएको जानकारी दिएको हो ।
भन्सार छलीको सामानसहित ट्रक नियन्त्रणमा
इलाका प्रहरी कार्यालय ढल्केवर धनुषाले भन्सार चोरी निकासीका सामानसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ । धनुषाको मिथिला नगरपालिका–६, ढल्केवर चोकबाट भन्सार चोरी निकासीका सामानसहित ट्रक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
चार गोलिया काठसहित तीन पक्राउ
साझेदारी वन क्षेत्रबाट काठ चोरी गरेको आरोपमा कैलालीमा चार गोलिया काठसहित तीन जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालयबाट खटेको प्रहरी र सव डिभिजन वन कार्यालय मसुरियाबाट खटेको वनकर्मीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
कृषिविज्ञ मदन राईलाई दुई वर्ष ६ महिना कैद सजाय
कृषिविज्ञ मदन राईलाई दुई वर्ष ६ महिना कैद सजाय तोकिएको छ। जिल्ला अदालत खोटाङले राईलाई बाल यौन दुरुपयोग कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैसला गरेको हो।
जलेश्वरबाट छ सय किलो गाँजासहित एक जना पक्राउ
जिल्लामा ६०२ किलो लागु पदार्थ गाँजासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार राति गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटि गएको प्रहरी टोलिले प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकमा लुकाईछिपाई ल्याउँदै गरेको ६०२ किलो गाँजा बरामद गरेको प्रहरी निरीक्षक नन्दकिशोर प्रसाद चौहानले बताउनुभएको छ ।
डेरामा बस्नेको हत्या आरोपमा युवा पक्राउ
जिल्ला प्रहरी कार्यालय पाल्पाले डेरामा बस्ने व्यक्तिको हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
हनी ट्रयापमा संलग्न व्यक्ति पक्राउ
हनी ट्रयापमा संलग्न रहको अभियोगमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्य रहेका छन् ।
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
देवानगञ्जबाट गाँजा बरामद
सुनसरीको सीमावर्ती देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीबाट तीन सय ५० केजी गाँजासहित भारतीय स्कोरपियो प्रहरीले नियन्त्रणमा लिएको छ ।
गोली चलाएर दुई भारतीय लागु औषध कारोबारी पक्राउ
कनकाई नगरपालिका–४ स्थित भित्री सडकखण्डमा प्रहरीले गोली प्रहार गरी दुई भारतीय लागु औषध कारोबारीलाई पक्राउ गरेको छ ।
पन्ध्र जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुल्मीको कालीगण्डकी गाउँपालिका–१ स्थित देउराली माध्यमिक विद्यालयका तत्कालीन व्यवस्थापन समिति (विव्यस) का अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
दुर्घटना गरेर फरार रहेका बाल्मिकी पक्राउ
माघ १९ गते राति नेपालगन्ज ११ मा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको घटनामा फरार रहेका अर्को मोटरसाइकलका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
हत्या आरोपित ठकुरी सात महिनापछि पक्राउ
नेपालगन्ज ११ का ३८ वर्षीय इरसाद राईको हत्या आरोपमा प्रहरीको खोजी सूचीमा रहनुभएका जाजरकोटका जगतसिंह ठकुरीलाई प्रहरीले सात महिनापछि पक्राउ गरेको छ।