सुन तस्करी प्रकरण : चिनियाँ नागरिक टेरेन्स पक्राउ
साठी केजी सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले चिनियाँ नागरिक टेरेन्स टिएसईलाई पक्राउ गरेको छ । छाया सेन्टरमा रहेको क्यासिनो वाल्डोमा प्रबन्धकका रूपमा कार्यरत टेरेन्सलाई मङ्गलबार पक्राउ गरिएको ब्युरोका प्रमुख दीपक थापाले जानकारी दिनुभयो ।
वाईफाई रिचार्ज विवादमा श्रीमतीको हत्या
वाईफाईको रिचार्जगर्ने विषयमा श्रीमान श्रीमतीबिच भएको विवादमा श्रीमानले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
ठगीको आरोपमा कलाकार ‘ईकु’ पक्राउ
कलाकार भिसामा युरोप पठाउने भनी विभिन्न व्यक्तिसँग रकम ठगी गर्ने सुलेमान शङ्कर ‘ईकु’ भन्ने सूर्यमान शङ्कर पक्राउ परेका छन् ।
चार लाख ५० हजार घुस लिने वडाध्यक्षसहित तीन जना पक्राउ
धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं. २४ का वडाअध्यक्ष उपेन्द्र सहनीसहित तीन जना घुस रकमसहित पक्राउ परेका छन् ।
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
१४ किलो चरेससहित दुईजना पक्राउ
मकवानपुर प्रहरीले १४ किलो चरेससहित दुईजना पक्राउ गरेर प्रहरीले आइतबार सार्वजनिक गरेको छ।
स्वनियमनबाट अपेक्षाकृत परिणाम नआउँदा सहकारीमा विकृति आयो : अर्थमन्त्री पौडेल
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेको छ ।
ट्याक्टरले ठक्कर दिँदा छात्राको मृत्यु, दुई घाइते
महोत्तरीको गौशाला–१ मा ट्याक्टरले ठक्कर दिँदा एक जना स्कुले बालिकाको मृत्यु भएको छ । सँगै स्कुल जाँदै गरेका दुई जना बालबालिका घाइते भएका छन् ।
२० लाख बराबरको अवैध सामान बरामद
पर्सा जिल्लाको वीरगन्जस्थित तीन वटा गोदाम लगायत विभिन्न इलाकाबाट भन्सार छली गरेर ल्याएको करिब २० लाख रुपियाँ बराबरको सामान बरामद भएको छ ।
नेपालमा एक वर्षमा सात हजार २२३ जनाले गरे आत्महत्या
नेपालमा आर्थिक वर्ष २०८०/०८१ मा सात हजार २२३ जनाले आत्महत्या गरेका छन् । आइतबार विश्व आत्महत्या रोकथाम दिवसको उपलक्ष्यमा काठमाडौँमा आयोजित कार्यक्रममा सो तथ्याङ्कबारे जानकारी गराइएको हो।
पोखराका दुई इन्जिनियरलाई आठ महिना कैद
घुससहित पक्राउ परेका पोखरा महानगरपालिकाका इन्जिनियरसहित तीन जना दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासले इन्जिनियर शिवप्रसाद बराल र सबइन्जिनियर उषाकिरण रोकायालाई शुक्रबार दोषी ठहर गरेको हो ।
नगद लुटपाटमा संलग्न सातजना पक्राउ
सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा लुटपाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चोरीको आरोपमा एक युवक पक्राउ
सप्तरीको अग्नीसाईर कृष्णावारन गाउँपालिका-२ चाँदनी चोकबाट शनिबार चोरीको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपनी गाउँपालिका ६ वीरेन्द्र बजारका अन्दाजी वर्ष १८ वर्षीय प्रकाश दास रहेका छन् ।
एउटै नम्बर प्लेटका पाँच वटा मोटरसाइकलसहित दुई पक्राउ
काठमाडौँ उपत्यकाबाट एउटै नम्बर प्लेट भएका पाँच वटा मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
सात वटा सहकारीलाई कारबाही गर्न सिआइवीमा पत्राचार
४० वटा सहकारीको अनुगमन गर्दा ७ वटालाई थप अनुसन्धान र कारबाहीको प्रक्रियाका लागि काठमाडौँ महानगरपालिकाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पठाएको छ । अनुसन्धानका लागि लेखि पठाएका सहकारीहरूमा ६ वटा बचत तथा ऋण सहकारी र एउटा बहुउद्देश्यीय सहकारी छन् ।
मोटरसाइकल चोरेको अभियोगमा कृतिबहादुर पक्राउ
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका ६ मुलपानीबाट बुधबार मोटरसाइकल चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
दश लाखका चाँदीका गहनासहित युवक पक्राउ
सिरहा प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी मूल्य बराबरको चाँदीका विभिन्न गरगहनासहित एक युवकलाई लहानबाट नियन्त्रणमा लिएको छ ।
५९ लाख मूल्यका सामान बरामद
कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसी आनन्द टोलस्थित सिद्धार्थ इन्जिनियरिङ् अटो वर्कशप नजिकैबाट सशस्त्र प्रहरीले ५८ लाख ९३ हजार चार सय रुपियाँ बराबरको सामान बरामद गरेको छ ।
सामान चोरी गर्ने महतो पक्राउ
फर्निचर उद्योगबाट सामान चोरी गरी फरार रहेका एक जनालाई प्रहरी पक्राउ गरेको छ । हरिनास गाउँपालिका–२ पुछौदीमा ५० वर्षीय बालकृष्ण सिग्देलले सञ्चालन गरेको होमिक्स समितल फर्निचर उद्योगबाट चोरी गरेर फरार भारत बिहार राज्य बेतियाग्राम पन्चायत ईनर्वा–५ बस्ने ३० वर्षीय मनोजकुमार महतोलाई प्रहरीले पक्राउ गरेको हो ।
होटलमा युवती हत्या आरोपमा चाँद खाँ पक्राउ
हेटौँडा उपमहानगरपालिका वडा नं. १० बसपार्कस्थित एक होटलमा हेटाैँडा ११ नवलपुरकी एलिषा भन्ने अलिसा न्यौपानेलाई हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा ४ कमलडाँडाका समिर खान भन्ने चाँद खाँ पैठानलाई पक्राउ गरेको छ ।
२१ वटा आइफोनसहित एक प्रकाउ
कैलालीको घोडाघोडी नगरपालिका १ सुखडका राजु चौधरी २१ वटा आइ–फोन (मोबाइल) सहित पक्राउ परेका छन् ।
खाली घरमा मानव कङ्काल भेटियो
माण्डवी गाउँपालिका–२ मा मानव कङ्काल फेला परेको छ । माण्डवी गाउँपालिका–२ अधेरीस्थित दलबहादुर खत्रीको पुरानो घरमा मानव कङ्काल फेला परेको हो ।
कटुवा पेस्तोलसहित युवक पक्राउ
प्रहरीले कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटेको प्रहरीको आरटीआई टोलीले कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरका २१ वर्षीय वीरेन्द्र रानालाई पक्राउ गरेको हो ।
नक्कली नोट बनाउने गिरोहका आठ जना पक्राउ
सर्लाही प्रहरीले नक्कली नोट बनाउने कार्यमा संलग्न गिरोहलाई पक्राउ गरेको छ । सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिका–१२, मधुबनी गाउँबाट नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित आठ जना पक्राउ परेका हुन् ।