हङकङलाई हराउँदै नेपाल च्याम्पियन
चार देश सम्मिलित महिला टी–२० क्रिकेट सिरिजमा नेपाल च्याम्पियन बनेको छ । मलेसियाको बायोमास ओभल मैदानमा शनिबार भएको फाइनलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि जितेको हो ।
बागमती प्रदेश क्रिकेटको अध्यक्षमा पारससहित भागबण्डा
प्रादेशिक क्रिकेट संघ बागमती प्रदेशको आगामी कार्यकालका लागि भागबण्डा गर्दै चार जिल्लाले संयुक्त प्यानल घोषणा भएको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रदेशका ६ मध्ये चार जिल्लाले पारस खड्काको नेतृत्वमा भागबण्डासहित आगामी कार्यकालका लागि प्यानल घोषणा गरेका हुन्।
महिला टी–२० सिरिज : नेपाल र हङकङ फाइनलमा भिड्ने
समूह चरणको आज (शनिबार)को खेलमा खेलमा मलेसियासित पराजित भए पनि नेपाल फाइनलमा पुग्न सफल भएको छ ।
कराँचीमा क्रिकेट टोलीको अभ्यास सुरु
एसिया कप क्रिकेट खेल्न बुधबार पाकिस्तान पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबारदेखि अभ्यास सुरु गरेको छ ।
नेपालको लगातार दोस्रो जित
नेपालले मलेसियामा जारी चार देश सम्मिलित महिला टी–२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ । बायोमास ओभल रंगशालामा बुधबार भएको दोस्रो खेलमा नेपालले कुवेतलाई ३४ रनले हरायो ।
कोशी प्रदेश क्रिकेट सङ्घमा सर्वजित पाण्डे
कोशी प्रदेश क्रिकेट सङ्घको अध्यक्षमा सर्वजित पाण्डे निर्वाचित हुनुभएको छ । झापाको काँकडभिट्टामा भएको संघको दोस्रो अधिवेशनबाट विराटनगर निवासी पाण्डे निर्वाचित हुनुभएको हो ।
भारत र पाकिस्तानसँग राम्रो खेल्ने दाबी, सन्दीप टोलीसँग नजाने
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेल र प्रशिक्षक मोन्टी देसाईले एसिया कप क्रिकेटमा भारत र पाकिस्तानविरुद्ध उत्कृष्ट खेल प्रदर्शन गर्ने दाबी गर्नुभएको छ ।
क्रिकेट टोलीलाई राष्ट्रपति पौडेलको शुभकामना
राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तान जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई राष्ट्रपति भवन शीतल निवासमा शुभकामना दिनुभएको छ ।
टी–२० सिरिज : नेपालको विजयी सुरुवात
नेपाली महिला क्रिकेट टोलीले चार देश सम्मिलित टी–२० सिरिजमा विजयी सुरुवात गरेको छ । मलेसियामा मंगलबार भएको सिरिजको पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले हरायो ।