नौ महिनामै बन्यो ४० करोडको क्रिकेट मैदान
रुपन्देहीमा निजी लगानीमा ९ महिनामै अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको छ । एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको पहिलो चरणको संरचना सकिएसँगै फागुन २८ गते उद्घाटन गरेर खेल पनि सञ्चालन गरिदैछ ।
नेपाल हङकङसँग ७३ रनले पराजित
हङकङसँगको अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा नेपाल ७३ रनले पराजित भएको छ । मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा शनिबार जितका लागि घरेलु टोली हङकङले दिएको दुई सय १३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३९ रनमा समेटिएको थियो ।
राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
हङकङमा मार्च १० देखि १३ तारिखसम्म आयोजना हुने त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । यस सिरिजमा आयोजक हङकङ, नेपाल र पीएनजीको सहभागिता रहनेछ ।
टी–२० विश्वकप तयारीका लागि सरकारले दियो पाँच करोड
अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई पाँच करोड रुपियाँ सहयोग गरेको छ ।
अर्को टी–२० सिरिजको तयारीमा नेपाल
भर्खर त्रिकोणात्मक टी–२० सिरिज सकेको नेपाली राष्ट्रिय क्रिकेट टोली हङकङमा आयोजना हुने अर्को सिरिजको तयारीमा जुटेको छ ।
पावर प्ले र डेथ ओभरको बलिङमा चुक्यौ : कप्तान रोहित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले पावर प्ले र डेथ ओभरको बलिङमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
टी–२० सिरिज : नेपाल फाइनलमा नेदरल्यान्ड्ससँग स्तब्ध
नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनलमा नेपाल नेदरल्यान्ड्ससँग चार विकेटले पराजित भयो ।
टी–२० सिरिज फाइनल : नेपाल नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्नुभएको हो । स्कट एडवार्ड्सको कप्तानीमा रहेको नेदरल्यान्ड्स पहिले फिल्डिङमा उत्रदैछ ।
त्रिकोणात्मक टी–२० सिरिज: फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने
त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नामिबिया र नेदरल्यान्ड्सबिचको लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ। खेल रद्द भएसँगै दुवै टोलीले एक–एक अङ्क बाडेका छन्।