• ११ पुस २०८१, बिहिबार

एनपीएल : जनकपुरलाई पोखराले दियो १३९ रनको लक्ष्य

blog

बाहिरिएपछि पोखराका खेलाडी ।

काठमाडौँ,  मङ्सिर २० गते ।  पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि जनकपुर बोल्ट्सलाई एक सय ३९ रनको सामान्य लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरका सात विकेटको क्षतिमा एक सय ३८ रन बनायो । 

पोखराका लागि मार्कस क्रिच्ट्लीले सर्वाधिक ३५ रन बनाउनुभयो । यस्तै माइल लक्सले २५, ओपनर आन्द्रेयस गोसले २०, रेमन रेफरले १७, दिलीप नाथले ११ र दिनेश खरेलले १० रन बनाउनुभयो ।  

ले २५ बलिङमा जनकपुरका ललित राजवंशीले तीन विकेट लिनुभयो । जेम्स निसमले दुई तथा मोहमद निसम र किशोर महतोले एक विकेट लिनुभयो । पाेखराको यो दोस्रो खेल हो ।

पोखरा यसअघि आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो । यता तेस्रो खेल खेलिरहेको जनकपुर लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा छ ।

यसअछि जनकपुर दुवै खेलमा विजयी भएको थियो । आजै हुने दोस्रो खेलमा काठमाडौँ गुर्खाज र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुनेछ ।