काठमाडौँ, मङ्सिर २० गते । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार भएको खेलमा जनकपुरले पोखरा पोखरा एभेन्जर्सलाई सात विकेटले हरायो ।
यसअघि उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई र दोस्रो खेलमा कर्णाली याक्सलाई समान आठ विकेटले हरायो । पाखराको यो लगातार दोस्रो हार हो । पोखरा यसअघि आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो ।
जितका लागि एक सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले १७.१ ओभरका तीन विकेटको क्षतिमा एक सय ४३ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।
.जनकपुरका लागि श्रीलङ्कन खेलाडी लाहिरु मिलान्थाले ४५ रन बनाउनुभयो । लयमा रहनुभएका मिलान्थाले ३२ बलमा आठ चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो ।
यस्तै जेम्स निसमले अविजित ४० रन बनाउनुभयो । उहाँले २० बलमा ६ छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । आशिफ शेखले ३३ र हर्ष थाकेरले अविजित १३ रन बनाउनुभयो । बलिङमा पोखराका विपिन खत्री, मिचेल लिस्क र कुशल भुर्तेलले एक एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरका सात विकेटको क्षतिमा एक सय ३८ रन बनायो ।
पोखराका लागि मार्कस क्रिच्ट्लीले सर्वाधिक ३५ रन बनाउनुभयो । यस्तै माइल लक्सले २५, ओपनर आन्द्रेयस गोसले २०, रेमन रेफरले १७, दिलिप नाथले ११ र दीनेश खरेलले १० रन बनाउनुभयो ।
ले २५ बलिङमा जनकपुरका ललित राजवंशीले तीन विकेट लिनुभयो । जेम्स निसमले दुई तथा मोहमद निसम र किशोर महतोले एक विकेट लिनुभयो । आजै हुने दोस्रो खेलमा काठमाडौँ गुर्खाज र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुनेछ ।