सम्झौताविपरीत होटल, रेस्टुरेन्ट, लज र अस्पताल
पशुपति क्षेत्र विकास कोषसँग भएको सम्झौताविपरीत पशुपतिनाथको नाममा रहेको नौ रोपनी नौ आना जग्गा मारवाडी सेवा समिति नेपालले कब्जा गरेको छ । पशुपतिनाथ मन्दिर संरक्षण र पशुपतिनाथको नाममा रहेको सम्पत्ति संरक्षण गर्न कोषसँग गरिएको सम्झौताविपरीत धर्मशाला सञ्चालन गर्न भनी दिएको जग्गामा सेवा समितिले अरू नै संरचना बनाएर व्यवसाय सञ्चालन गर्दै आएको छ ।
तेब्बरले घट्यो खाने तेलको निर्यात
चालू आर्थिक वर्षको पाँच महिनामा खाने तेल (भटमास, पाम र सूर्यमुखी)को निर्यात तेब्बरले घटेको छ । अघिल्लो वर्षको तुलनामा चालू आवको पाँच महिनामा यी वस्तुको निर्यात तेब्बरले घटेर १८ अर्ब ८४ करोड रुपियाँमा झरेको छ । गत वर्ष पाँच महिनाको अवधिमा ६० अर्ब २७ करोड रुपियाँ बराबरको निर्यात भएको थियो ।
एक वर्षमै छ लाख भित्रिए
कोरोना महामारीपछि सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२२ मा छ लाख १४ हजार १४८ जना पर्यटक नेपाल भित्रिएका हुन् । कोरोना महामारीपछि यो सबैभन्दा धेरै हो । महामारीका कारण सन् २०२० मा शून्यप्रायः देखिएको पर्यटक आगमन सन् २०२२ मा सुधार भएको हो । नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै सार्क मुलुकका छन् । सार्क मुलुकका पर्यटकको सङ्ख्या दुई लाख ४६ हजार रहेका छन् । यस्तै युरोपेली मुलुकबाट एक लाख ३३ हजार जना र अमेरिकी मुलुकका ८६ हजार पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।
दैनिकरूपमा राजस्व सङ्कलनमा उल्लेखनीय सुधार आउनुपर्छ : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दैनिकरूपमा राजस्व सङ्कलनमा उल्लेखनीय सुधार आउनुपर्नेमा जोड दिनुभएको छ ।
आलु र गहुँ खेतीमा व्यस्त किसान (फोटो फिचर)
कपिलवस्तु जिल्ला धान, गहुँ र आलु खेतीका लागि प्रख्यात छ। कपिलवस्तुको अधिकांश जमिन खेतीयोग्य छ। ग्रामीण क्षेत्रमा अहिले गहुँ र आलु खेतीले हरियाली छाएको छ।
६ करोड लगानीमा फार्म : दैनिक १५ हजार अण्डा उत्पादन
तनहुँको म्याग्दे गाउँपालिका –६ धैरेनीमा लेयर्स पोल्ट्री फार्म खोलिएको छ । अमृत थापा र गुरुप्रसाद पौडेलले ६ करोड रुपियाँ लगानी गरेर फार्म सञ्चालनमा ल्याउनुभएको हो ।
तीन दिन चिसो बढ्ने, सावधानी अपनाउन विज्ञको आग्रह
आगामी तीन दिन देशभर चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल नगर्न विज्ञले सुझाव दिएका छन्। विज्ञले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकुल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन्।
सुशासन र समृद्धिका निम्ति काम गर्छौँ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धिलाई मूलमन्त्र बनाएर जनताको निम्ति समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।
पोखरालाई पर्यटकीय केन्द्रको रूपमा विकास गर्नुपर्छ : अर्थमन्त्री पौडेल
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ।
प्रधानमन्त्रीद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुभएको छ ।
धूमधामका साथ स्वागत गरियो नयाँ वर्ष २०२३
इस्वी सम्वतको नयाँ वर्ष २०२३ विश्वभर धूमधामका साथ मनाइएको छ । यस वर्षलाई सबैभन्दा पहिला प्रशान्त महासागरमा रहेको किरिबाटी देशले स्वागत गरेको छ ।
नयाँ वर्षमा छैन रौनक, पर्यटकको पर्खाइमा हाेटल व्यवसायी
विगतका वर्षहरूमा अङ्ग्रेजी नयाँ वर्षहरूमा पनि दोलखाका होटलहरू भरिभराउ हुने गरेका थिए तर यो वर्ष भने होटलहरुमा खासै रौनक छाएको देखिँदैन । जिल्लाको मुख्य पर्यटकीय क्षेत्रमा पनि पर्यटकको चहलपहल खासै बढेको छैन ।
वनविहीन मधेशका ११० पालिका
मधेश प्रदेशमा ११० वटा पालिका प्राकृतिक वनविहीन छन् । मधेश प्रदेशको उद्योग, पर्यटन तथा वन मन्त्रालयको तथ्याङ्कअनुसार प्रदेशमा १३६ वटा पालिकामध्ये ११० वटा पालिका प्राकृतिक वनविहीन छन् ।
एउटै पालिकाबाट ६ जना प्रदेश सांसद
महोत्तरीको मनरासिसवा नगरपालिकाबाट ६ जना प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचितमध्ये ४ जना महिला र दुई पुरुष सांसद हुनुहुन्छ ।
चुरे अतिक्रमणले ल्यायो बहुआयामिक असर
तराई मधेश क्षेत्रको जीवनरेखा मानिएको चुरे क्षेत्रको विनाश तीव्र बन्दै गएको छ। यसको असर चुरे र तराई मधेशमा मात्र नभई नेपाल र आसपासका अन्य क्षेत्रमा पनि पर्दैछ। विश्वव्यापी रूपमा वन पैदावारको स्थितिलाई नियाल्ने ‘ग्लोबल फरेस्ट वाच’मा नेपालमा वन पैदावारको स्थितिबारे अनलाइन अध्ययन तथा अनुसन्धान गर्दा मध्य तथा पूर्वी मधेशका आठ जिल्लामा पछिल्लो केही दशकमा वन फडानी र अतिक्रमण तीव्र रूपमा भएको देखिन्छ।
सात वर्षमा पुलका दुई पिल्लर निर्माण
बाजुराको बूढीगङ्गा नगरपालिकामा रहेको बेलामाण्डौ डेल्टा सडक खण्डको बार्जुगाड नदिमा निर्माणाधीन पुल सात वर्ष बितिसक्दा पनि दुई वटा पिलर मात्र तयार भएको छ । ठेकेदार र नियामक निकायको मिलेमतोमा ढिलासुस्ती हुँदा ४५ मिटर लम्बाइको पक्की पुल निर्माणको काममा ढिलाइ भएको छ ।
पोखरेलीको पाँच दशकको सपना साकार
देशकै प्रमुख पर्यटकीय सहर पोखराका स्थानीयको पाँच दशकदेखिको सपना साकार भएको छ । पोखरामा निर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटनसँगै ५० वर्षदेखिको सपना पूरा हुने भएको हो ।
सञ्चालनमा आएनन् ‘होल्डिङ सेन्टर’
कोभिड–१९ बाट सङ्क्रमित भएकाको उपचार तथा भारतलगायत तेस्रो मुलुकबाट आएका सङ्क्रमित राख्न निर्माण गरिएका ‘होल्डिङ सेन्टर’ तथा उपचार केन्द्र सञ्चालनमा आउन सकेका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार केही दिनयता कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या पुनः बढ्दै गएको छ । सरकारले सञ्चालनमा ल्याउने निर्णय गरेको
ईयूको सुरक्षा जोखिम सूचीबाट हट्ने नेपालको अपेक्षा
नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न युरोपेली सङ्घ (ईयु)को टोली नेपाल आउने भएको छ।
बाँकी जीवन सुशासन र विकासमा समर्पित गर्छु : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि यो कार्यकालमा सुशासन र विकासमा केन्द्रीत भएर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि पहिलो पटक शनिबार गृह जिल्ला चितवन पुगेर उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
नेपालको सार्वजनिक ऋण २० खर्ब सात अर्ब
चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्म कूल सार्वजनिक ऋण रु २० खर्ब सात अर्ब ८४ करोड पुगेको छ ।
लुम्बिनी विश्व शान्ति स्तूप (फोटो फिचर)
रुपन्देहीको प्रख्यात बौद्ध धार्मिक स्थल लुम्बिनीमा अवस्थित अति नै सुन्दर विश्व शान्ति स्तुप छ। यस स्तुपामा भगवान् बुद्धको पवित्र अस्तु धातु स्तूपको गर्भ र गजुरमा प्रतिस्थापित गरिएको छ।
घलेगाउँबाट देखिएको हिमाल (फोटो फिचर)
घलेगाउँको सांस्कृतिक महत्त्व छुट्टै छ। तर, यो समयमा त्यहाँबाट देखिने हिमालका दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ।
एसिडको दागलाई शक्ति बनाएँ : मुस्कान खातुन
मैले आफ्नो आँखा खोल्दा आफूलाई अस्पतालको बेडमा पाएँ । त्यसपछि बल्ल म एसिड आक्रमणमा परेको मैले थाहा पाएँ ।