पाँच दिनमा न्यूनतम साझा कार्यक्रम तय गर्ने सत्ता गठबन्धनको निर्णय
सत्ता साझेदार दलले पाँच दिनमा न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।
सुन्तला टिप्न व्यस्त किसान (फोटो फिचर)
धनकुटामा रहेको राष्ट्रिय सुन्तला अनुसन्धान केन्द्रमा स्थानीयहरू सुन्तला टिप्न व्यस्त छन् । विभिन्न सुन्तला जातका बिरुवा तथा सुन्तला अनुसन्धान गर्नका तथा सुन्तला उमार्न तालिम तथा माटो अनुसारको सुन्तला हुर्काउन यो केन्द्रले काम गर्दै आएको छ । यहाँबाट उत्पादित सुन्तला बजारमा उत्कृष्ट मानिन्छ ।
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुरु
सत्ता साझेदार दलहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा सरकारलाई समर्थन गरेका राजनीतिक दलका शीर्ष नेताहरू सहितको बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मौसमी श्रमिकलाई श्रम स्वीकृतिको तयारी
वैदेशिक रोजगार विभागले दक्षिण कोरिया जाने तयारीमा रहेका मौसमी श्रमिकको वैधानिकताका लागि वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (फेमिस) प्रणालीमा दर्ता गराएर अन्तिम श्रम स्वीकृति दिने तयारी गरेको छ । विभागका अनुसार कोरियाका स्थानीय पालिकाले माग गर्ने नेपाली मौसमी श्रमिकको छनोट नेपालको स्थानीय पालिकाले गर्ने र मौसमी श्रमिक पठाउने कार्यविधि, २०७९ अनुसार अनुमति दिइने भएको हो ।
सञ्चालनमा आएन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
सञ्चालन कार्यविधि तयार नहुँदा एक अर्ब ११ करोड रुपियाँको लागतमा बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र प्रयोगविहीन बनेको छ । बुटवल उपमहानगरपालिका–१०, रामनगरमा निर्माण गरिएको सो केन्द्रको गत भदौ ११ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो ।
बगैँचामा पहेंलपुर भएर पाकेका सुन्तला
बागलुङ नगरपालिका–८, सिगानास्थित बेसी गाउँको बगैँचामा पहेंलपुर भएर पाकेका सुन्तला ।
यी हुन् संघीय सांसदले पाउने सेवा र सुविधा
मासिक रुपमा विशेष भत्ता एक हजार, सञ्चार सुविधा तीन हजार र धारा, पानीको नाममा दुई हजार गरेर मासिक एकमुष्ट ७२ हजार ७० रुपैयाँ पाउँछन्।
प्रधानमन्त्री दाहाल बालुवाटार सर्नुभयो
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्नु भएको छ ।
सरकारको मुख्य ध्यान अर्थतन्त्र सुधारमा केन्द्रित छ : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको मुख्य ध्यान अर्थतन्त्रको सुधारमा केन्द्रित रहेको बताउनुभएको छ ।
अव्यवस्थित तार हटाएर ठमेललाई सफा र सुन्दर बनाइँदै
पर्यटकीय क्षेत्र ठमेललाई सफा र सुन्दर बनाउन अव्यवस्थित रूपमा तानिएका विद्युत, केबल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरणहरू व्यवस्थापन गर्न सुरु भएको छ ।
सरकारको मूल नीतिबारे प्रधानमन्त्री र एमाले अध्यक्षबीच गहन छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सरकारको मूल नीतिबारे गहन छलफल भएको छ ।
खुला मौसममा पूर्वी परिदृश्य (फोटो फिचर)
हिउँदे खुला मौसमको पूरापूर घुम्टो खोलिएको बेला नेपालको सुदूर पूर्वी परिदृश्य बिछट्टै मनमोहक देखिन्छ । पूर्वी पहाडको जति माथिल्लो उचाईमा चढिन्छ उति टाढा–टाढाका धेरै सुन्दर परिदृष्य देख्न पाइन्छ ।
एउटै औँलाले हल्लाउन सकिने ठूलो ढुङ्गो
झट्ट हेर्दा पत्याउन गाह्रो छ । तर दोलखाको मेलुङ गाउँपालिका–४ मा एक औँलाले मज्जाले हल्लाउन सकिने बडेमाको ढुङ्गो रहेको छ । गोठालाहरु यसमा चढेर मज्जाले हल्ली हल्ली खेल्ने गर्दछन् तर लड्दैन । यसले सबैजनालाई अचम्मित बनाएको छ । ठाउँको नामै हल्लिने ढुङ्गा रहन गएको छ ।
पहिरोमा पहरा दिएर पढाइ
सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–५ खन्नेखर्कस्थित भूमेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक ताराकुमारी कार्कीलाई विद्यालयको समयमा पढाइभन्दा बालबालिकालाई पहिरोमा परेर लड्लान भन्ने पिरलो पर्ने गर्छ। विद्यालयकै आँगनमा गएको पहिरोबाट कतिखेर बालबालिका लड्ने हुन् भन्ने उहाँलाई चिन्ता लाग्दा पढाइसमेत प्रभावित हुने गरेको छ।
‘अर्थतन्त्रको पुनरुत्थान पहिलो प्राथमिकतामा’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रको पुनरुत्थान नै सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ। प्रधानमन्त्री प्रचण्डलाई भेट्न मङ्गलबार निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका पदाधिकारीहरू उहाँको निवास खुमलटार पुग्नुभएको थियो। सोही भेटका क्रममा अर्थतन्त्रलाई सही दिशामा ल्याउन निजी क्षेत्रलाई साथमै लिएर सरकार अगाडि बढ्ने भन्दै उहाँले निजी क्षेत्रलाई आश्वस्त पार्नुभएको छ।
रसुवाबाट निर्यात सुरु
लामो समयदेखि बन्द रहेको उत्तरी रसुवा नाकाबाट मङ्गलबारदेखि सामान निर्यात सुरु भएको छ । कोभिड–१९ सङ्क्रमणको कारण देखाउँदै बन्द भएको नाका मङ्गलबारदेखि खुला भएको हो । रसुवाका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले नाका खुलेको पहिलो दिन ५० लाख ७० हजार रुपियाँ बराबरका सामान निर्यात भएको जानकारी दिनुभयो । मङ्गलबार छ कन्टेनर स्वदेशी सामान भन्सार पास भएर निर्यात भएको उहाँले बताउनुभयो । चीनले कोभिड महामारी सुरु भएयता पहिलो पटक नेपाली वस्तु निर्यात गर्न सक्ने गरी रसुवागढी नाका खुला गरेको जानकारी उहाँले दिनुभयो ।
रातभर भित्रिन्छ तस्करीका सामान
प्रहरीले सोमबार राति सात लाख ४७ हजार रुपियाँ मूल्य बराबरको अवैध रूपमा भित्रिएको १७ प्रकारका सामान बरामद गरेको छ । विराटनगर–१६ हुलासचोक, विराटनगर–१७ रघुपति जुट मिल र जहदा गाउँपालिका–१ नहरटोलमा भारतबाट अवैध रूपमा भित्र्याउँदै गरेको अवस्थामा ती सामान नियन्त्रणमा लिइएको हो ।
बितेका आठ वर्ष सबैभन्दा गर्मी
बितेका आठ वर्ष हालसम्मकै सबैभन्दा गर्मी वर्षका रूपमा दरिएका छन् । वैश्विक मौसमको अवस्थिति हेर्ने संयुक्त राष्ट्रसङ्घीय विश्व मौसम विज्ञान सङ्गठनले सार्वजनिक गरेको प्रतिवेदनअनुसार हरितगृह ग्यासको बढ्दो मात्राका कारण बितेका आठ वर्ष हालसम्मकै रेकर्डमा सबैभन्दा बढी गर्मीयुक्त वर्षहरू भएको देखाएको हो ।
राहुघाट जलविद्युत आयोजनाले गति लियो (भिडियोसहित)
म्याग्दीको रघुगंगामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माणले गति लिएको छ।
रेल सेवाको सम्भाव्यता अध्ययन गर्न चिनियाँ टाेली नेपालमा
नेपाल र चीनबीच रेल सेवा सञ्चालन सम्भाव्यता अध्ययन तथा सर्भे गर्न चिनियाँ समूह नेपाल आइपुगेको छ ।
पुस २५ गते दिउँसो १ बजेका लागि संसद् बैठक आह्वान
राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि सङ्घीय संसद्को बैठक आह्वान गर्नुभएको छ।
व्यक्तिगत सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृहको निर्देशन
गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियमविपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए फिर्ता गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन माघ २८ भित्र गर्ने तयारी
संविधानको धारा ७० बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायबाट प्रतिनिधित्व हुनुपर्ने भएकाले दुवै पदको एकै पटक नभइ फरक–फरक मितिमा निर्वाचन हुनेछ ।
प्रदूषण पास नहुने गाडीलाई एक लाखसम्म जरिवाना
वन तथा वातावरण विभागले काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मुख्य कारण गाडीले फ्याँक्ने धुवाँ रहेको जनाएको छ ।