समानुपातिक प्रतिनिधित्व
समाज विकासका क्रममा विभिन्न दार्शनिक, समाजशास्त्री र वैज्ञानिकले विभिन्न समाज सञ्चालन प्रणालीबारे व्याख्या गरेका छन् । राज्यसत्ताको उत्पत्ति नहुँदै र भएपछिका व्यवस्थामा विभिन्न खोज अनुसन्धान भएका थिए र भइरहेका पनि छन् । खास गरी आदिम साम्यवादबाट, कृषि युग, दास युग, सामन्ती युग हुँदै पुँजीवादी व्यवस्थासम्म र अब समाजवादी व्यवस्थाको चर्चा परिचर्चा भइरहेको छ । जसका कारण मानव समाज विभिन्न युद्ध, क्रान्ति, आन्दोलन, सङ्घर्ष र दबाबबाट गुज्रँदै वर्तमान
नागरिकलाई सार्वभौम बनाउने गणतन्त्र
१७ औँ गणतन्त्र दिवस मनाइरहँदा देशका नागरिकलाई प्रजा ठान्ने सामन्ती शासनको बिदाइसँगै हरेक नेपाली सार्वभौम अधिकार सम्पन्न नागरिक भएका छन् ।
'गणतन्त्रसँग जनताको ठूलो भरोसा छ’
पूर्व उपसभामुख एवम् नेपाली कांग्रेसकी नेतृ पुस्पा भुसालले गणतन्त्रसँग नेपाली जनताले ठूलो आशा र भरोसा राखेको बताउनुभएको छ ।
गणतन्त्रले जनताको पहुँच बढाएको छ : पूर्व राष्ट्रपति भण्डारी
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रले जनताको पहुँच राज्यको संरचनासम्म पुगाएर मौलिक हक सुनिश्चित गरेको बताउनुभएको छ । गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
‘युग सुहाउँदो समाजवादको मोडल विकास गर्नुपर्छ’
पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले युग सुहाउँदो नयाँ समाजवादको मोडल विकास गर्नुपर्ने बताउनुभएको छ ।
‘गणतन्त्रले सबैलाई समान अधिकार दिएको छ’
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालले आवश्यक परेको अवस्थामा सकारात्मक ढङ्गले गाँठो फुकाउन संविधान संशोधन गर्न तयार हुनुपर्ने बताउनुभएको छ।
४४ सार्वजनिक संस्थानमध्ये २६ नाफामा, तीनको कारोबार शून्य
पालमा सञ्चालित ४४ संस्थानमध्ये २६ वटा संस्थान नाफामा रहेका छन्। अर्थमन्त्रालयले आइतबार सङ्घीय संसदमा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार आर्थिक वर्ष २०८०/८१ को फागुन महिनासम्म २६ संस्थान नाफामा रहेका छन् भने १५ वटा घाटामा रहेका छन्।
नीति तथा कार्यक्रम संसद बैठकबाट बहुमतले पारित
आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा छलफलका लागि प्रस्ताव पेश गर्नुभएपछि छलफलपछि बहुमतले नीति कार्यक्रम पारित भएको हो ।
प्रतिनिधिसभा बैठक, नीति कार्यक्रम पारित गर्ने तयारी (प्रत्यक्ष प्रसारण)
प्रतिनिधिसभा बैठक एक घण्टा ढिलोगरी सुरु भएको छ । आजको बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरिए पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो विरोध जारी राखेको छ ।
‘नेपाली जनताको चुलो बल्ने अधिकार सुनिश्चित हुनुपर्छ’
नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नागरिकको लामो समयको बलिदान पश्चात् प्राप्त गणतान्त्रिक व्यवस्थामा नेपाली जनताको चुल्हो बल्ने अधिकारको सुनिश्चितता हुनुपर्ने बताउनुभएको छ ।
किमाथाङ्कासहित चीनसँग जोडिएका नाकाहरु आजदेखि पुनः सञ्चालन
नेपाल सरकारको निरन्तरको कूटनीतिक प्रयासपछि सङ्खुवासभास्थित चीनसँग सीमा जोडिएको किमाथाङ्कासहित अधिकांश व्यापार नाका आजदेखि पुनः सञ्चालनमा आउँदै छन् ।
टिपताला नाका पाँच वर्षपछि खुल्यो
नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतको सिमाना टिपताला नाका पाँच वर्षपछि खुलेको छ। कोरोना भाइरस (कोभिड-१९) महामारीसँगै बन्द भएको टिपताला नाका शुक्रबारदेखि खुलेको हो।
नेपाल प्रहरीले आफ्नो दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्दै आएको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गरेर प्रहरीले राज्यप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभएको छ ।
बजेटमा कृषि क्षेत्र उच्च प्राथमिकतामा : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमअनुरूप आगामी वर्षको बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिने सरकारको तयारी रहेको बताउनुभएको छ ।
‘नागरिकको स्वास्थ्य सुधार्न स्थानीय सरकारले ध्यान दिनुपर्छ’
प्राडा. सिता घिमिरे पोखरेल विगत २० वर्षदेखि देशको विभिन्न अस्पतालमा स्त्रीरोग विशेषज्ञका रूपमा कार्यरत हुनुहुन्छ । उहाँले त्रिवि शिक्षण अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा कन्सल्टेन्टको रूपमा जिममेवारी निर्वाह गर्नुभएको छ ।
वर्षायाममा उपत्यकाभरी मेलम्ची पानी नआउने
यस वर्ष पनि बर्षायाममा मेलम्चीे पानी काठमाडौँ उपत्यका नआउने भएको छ । बाँध क्षेत्रमा बाढी रोक्ने पूर्वाधार तयार नभएकाले यस पटकको बर्षायाममा पनि मेलम्चीको पानी उपत्यका नआउने निश्चित भएको हो ।
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतमबुद्धको शिक्षामा विश्वास गरे व्यक्ति, समुदाय र राष्ट्रहरूबिच रहेका विवाद समाधान गर्न र सद्भाव फैलाउन मद्दत पुग्ने बताउनुभएको छ।
जलवायु परिवर्तनका समस्या न्यूनीकरण गरेर पृथ्वीको सुरक्षा गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जलवायु परिवर्तनले निम्त्याएका समस्या न्यूनीकरण गरी पृथ्वीको सुरक्षाका लागि ध्यानाकर्षण गराउनुभएको छ ।
जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक छ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक एवं प्राविधिक सहयोग आवश्यक रहेको बताउनुभएको छ ।
जलवायुसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय संवाद सुरु
जलवायु परिवर्तनका कारण हिमालमा परेको असरबारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउन काठमाडौँमा आजदेखि ‘हिमाल, मानव र जलवायु परिवर्तन विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ काठमाडौँमा सुरु भएको छ । संवादमा २५ देशका २०० बढी विशेषज्ञ सहभागी छन् ।
आरोहण इतिहासमा नयाँ रेकर्ड, कामी रिताले गरे ३० औँ पटक सगरमाथाको आरोहण
कीर्तिमानी तथा प्रख्यात आरोही गाइड कामीरिता शेर्पाले आरोहणको इतिहासलाई तोड्दै नयाँ रेकर्ड कायम गरेका छन् । आज (बुधवार) बिहान शेर्पाले सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६) मिटरको ३० औँ पटक आरोहण गर्नु भएको छ ।
तीन लाख किलो सुपारी लिलाम गरिँदै
भन्सार विभागले तीन लाख २५ हजार ३१० किलोग्राम सुपारीसहित विभिन्न मालसामानको लिलाम विक्री खुल्ला गरेको छ । बुधवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै विभागले एक सय १४ प्रकारका मालसामानको लिलाम विक्रीका लागि सिलबन्दी दरभाउ माग गरेको छ ।
आपूर्ति सहज बनाउन डबल सर्किट प्रसारण परिपथ
काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा विद्युत् प्रसारणलाई दिगो र भरपर्दो गराउने गरी नेपाल विद्युत् प्राधिकरणले उपत्यका घेर्ने गरी प्रसारण लाइन परिपथ निर्माण गर्ने भएको छ । अबको २६ वर्ष (सन् २०५०) सम्म उपत्यकामा आवश्यक पर्ने पर्याप्त विद्युत् आपूर्ति गर्ने गरी उपत्यका वरिपरिका पहाडै पहाड करिब एक सय किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण परिपथ बन्ने भएको हो । प्राधिकरणले तय गरेको योजना अनुसार सबैभन्दा पहिले काठमाडौँको तीनपिप्लेमा सबस्टेसन निर्माण हुने छ । परिपथ योजना अनुसार तीनपिप्लेबाट कपन गुम्बा–लप्सीफेदी–नालागुम्बा–सिरुटार–डुकुछाप–मातातीर्थ हुँदै पुनः तीनपिप्लेसम्म चक्रीय परिपथ बन्ने छ । उल्लेखित स्थानका सबस्टेसनबाट उपत्यकाभित्र १३२, ६६ र ३३ केभीका वितरण तथा प्रसारण लाइन छिराउने योजना छ ।