मातातीर्थ औँसीमा दर्शनार्थीको भीड (फोटो फिचर)
आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्म दिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ । आज बिहानैदेखि दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका–६ मातातीर्थ कुण्डमा मेला लागेको छ ।
गर्मीमा किटजन्य रोगको जोखिम
गर्मी बढेसँगै विभिन्न सङ्क्रमण जन्य रोगले दुःख दिने गर्छ । गर्मी मौसममा भाइरस, ब्याक्टेरिया, किटजन्य रोगले बढी दुःख दिने चिकित्सक बताउँछन्।
रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्चस्तरमा कूटनीतिक पहल गर्ने बताउनुभएको छ ।
२७१ वटा सहकारीविरुद्ध उजुरी
पछिल्लो समय सहकारीप्रति आम नागरिकको विश्वास घट्दो छ । सहकारीमा जम्मा गरेको बचत रकम हिनामिना हुने क्रम बढेसँगै सहकारीप्रतिको विश्वास घटेको हो । बागमती प्रदेशको काठमाडौँका सहकारी विरुद्ध उजुरी धेरै परेको तथ्याङ्कले देखाउँछ ।
सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नहरू समाधान गर्नुस्ः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याहरूको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरू बोलाएर छलफल गर्नुभएको छ ।
प्रेस स्वतन्त्रताविनाको राजनीतिक अधिकार अपूर्ण : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले राजनीतिक अधिकारविना प्रेस स्वतन्त्रता सम्भव नहुने र प्रेस स्वतन्त्रताविनाको राजनीतिक अधिकार अपूर्ण हुने भएकाले राजनीति र पत्रकारिता सँगसँगै अघि बढ्नुपर्ने बताउनुभएको छ ।
स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने बताउनुभएको छ ।
वर्तमान संविधान अझै पूर्ण भएको छैनः प्रधानमन्त्री प्रचण्ड
सोमबार काठमाडौंमा आयोजित बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषा ऐन, शुभारम्भ तथा भाषा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
सरकार र जनताबिचको पुल बन्नुपर्छ गोरखापत्र : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार र जनताबिचको गोरखापत्र पुल बन्नुपर्ने बताउनुभएको छ ।
गोरखापत्रको १२४ वर्षोत्सव
गोरखापत्रको १२४ वर्षोत्सव
राष्ट्रपति पौडेलसँग जापानका विदेशमन्त्री योकोको शिष्टाचार भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालको भ्रमणमा रहनुभएकी जापानी विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहनुभएकी जापानी विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भेट गर्नुभएको छ ।
नेपाल र जापानका परराष्ट्रमन्त्रीबिच भेटवार्ता
उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री खामिखावा योकोबिच भेटवार्ता सम्पन्न भएको छ ।
जापानी विदेशमन्त्री खामिखावा वसन्तपुरमा
जापानका विदेशमन्त्री खामिखावा योकोले वसन्तपुरको भ्रमण गर्नुभएको छ। नेपालको औपचारिक भ्रमणका लागि आइतबार दिउँसो काठमाडौँ आइपुग्नुभएका उहाँ अपराह्न वसन्तपुरमा पुग्नुभएको हो।
सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नागरिकको मौलिक हक कार्यान्वयनमा विशेष ध्यान दिएको बताउनुभयो ।
मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैन : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको सम्मान र उनीहरूको आर्थिक एवं सामाजिक विकासका निम्ति आफू प्रतिबद्ध रहेको बताउनुभएको छ।
वेस्ट इन्डिजविरुद्ध सिरिजको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी
वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी भएको छ ।
रातो मच्छिन्द्रनाथ जात्राको तयारी (फोटो फिचर)
उपत्यकामा सबैभन्दा लामो समय चल्ने करुणामय बुगंद्यः (रातो मच्छिन्द्रनाथ) को जात्राको तयारी तीव्र रूपमा भइरहेको छ ।
महाँकाल गाउँपालिकालाई पर्यटकीय पालिका घोषणा गर्न पहल गर्छु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाँकाल गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गर्न पहल गरिने बताउनुभएको छ ।
सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका सूचना प्रवाहलाई प्रभावकारी बनाइ सूचनाको हकलाई नागरिकको दायित्वका रूपमा स्थापित गर्न आवश्यक रहेको बताउनुभएको छ ।
सूचनाको हक लोकतन्त्रप्रति भरोसा जगाउने उपयुक्त औजार : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार भएको बताउनुभएको छ ।
कपिलवस्तुको बर्दहवा कोट (फोटो फिचर)
कपिलवस्तुको सदरमुकाम तौलिहवादेखि करिब २ किलोमिटरको दूरी अर्थात् दक्षिण तर्फ रहेको ऐतिहासिक एवं प्राचीन स्थल बर्दहवा कोट । ठुलो पिपलको बोट मुनि पुरातत्त्व विभागको साइनबोर्ड समेत रहेको स्थलमा प्राचीन एवं ऐतिहासिक भग्नावशेषहरू, प्राचीन पत्थर, इँटा, शिला आदी रहेका छन्। यही स्थलको नजिक वडा नम्बर २ को वडा कार्यालय समेत रहेको छ। स्थानीयवासीहरु यही स्थलमा पूजा समेत गर्ने गर्दछन्।
एउटा तारा झर्दा पनि आकाश रित्तो !
वैशाख १७ गते दिउँसो १:२५ बजे बिते चिदम्बरप्रसाद लोहनी । यो नामले जति चिनिएका छन् उनी त्योभन्दा धेरै बढी सिपी लोहनी भनेर चिनिन्छन् । अझ, घरमा ठाइँला र अन्यत्र सिपी । छमध्येको ठाइँलो छोराका रूपमा १९९५ असोज २४ गते सोमबार काठमाडौँको खिचापोखरीमा उनको जन्म भएको थियो ।
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषदमा पेस हुँदैछ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषदमा पेस हुने प्रक्रियामा रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौँमा नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।