• ५ जेठ २०८१, शनिबार

रातो मच्छिन्द्रनाथ जात्राको तयारी (फोटो फिचर)

blog

रातो मच्छिन्द्रनाथको साजसज्जा गरिँदै । तस्बिर : मनोज रत्न शाही

काठमाडौं, वैशाख २२ गते । उपत्यकामा सबैभन्दा लामो समय चल्ने करुणामय बुगंद्यः (रातो मच्छिन्द्रनाथ) को जात्राको तयारी तीव्र रूपमा भइरहेको छ । गत साता मच्छिन्द्रनाथको महास्नान सँगै जात्राको तयारी थालिएको हो । जात्राका लागि नै पुल्चोकमा ३२ हात अग्लो रथ निर्माण भइरहेको छ भने मच्छिन्द्रनाथको तःबहा अवस्थित मन्दिरको प्राङ्गणमा मच्छिन्द्रनाथको मूर्तिको रगंरोगन गर्ने कार्य भइरहेको छ । जसलाई स्थानीय भाषामा लँपु छाय्गु भनिन्छ ।

यो वर्ष वैशाख २७ गते मच्छिन्द्रनाथलाई रथारोहण गरिने भएको छ, २९ गतेबाट जात्रा सुरु हुनेछ । जात्राको अन्तिम दिनमा राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने प्रचलन छ भने, सोही दिन मच्छिन्द्रनाथलाई रथबाट निकाली बुगंमती अवस्थित मन्दिर लगी प्रतिस्थापन गरे पछि यस वर्षको जात्रा सम्पन्न हुनेछ । 






Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।