हेटौँडा उपमहानगर १२ को वडाध्यक्षमा कांग्रेसका तिवारी निर्वाचित
स्थानीय तह उपनिर्वाचन, २०८१ अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नं. १२ को वडाध्यक्ष पदको लागि भएको निर्वानचमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी निर्वाचित हुनुभएको छ ।
ओखलढुङ्गा मोलुङ ५ मा एमालेका तामाङ विजयी
ओखलढुङ्गाको मोलुङ गाउँपालिका –५ को वडा अध्यक्षमा नेकपा (एमाले) का गंगाबहादुर तामाङ बिजयी हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका घनश्याम दाहाललाई २२२ मतले पछि पार्दै तामाङ विजयी हुनुभएको हो ।
दार्चुलाको दुहुँ ५ मा कांग्रेसका उम्मेदवार विजयी
दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ५ मा सम्पन्न उपनिर्वाचनबाट नेपाली कांग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी हुनुभएको छ । कांग्रेसका उम्मेदवार कुँवर ले ३७६ मत प्राप्त गरी विजय हासिल गर्नुभएको हो ।
सुनसरीगढीमा मतगणना सुरु, एमालेको अग्रता
सुनसरीको गढी गाउँपालिकामा आज सम्पन्न भएको उपनिर्वाचनपछि मतगणना सुरु भएको छ । सुरु भएको मतगणनाअनुसार ३०० मत गणना हुँदा गढी गाउँपालिका ६ को वडाध्यक्ष पदका लागि नेकपा (एमाले) का उम्मेदवार सन्तु उराँवले १०२ मत प्राप्त गरी अग्रता लिनुभएको छ ।
रोल्पामा पुरिएका पाँच मजदुरको शव जिल्ला अस्पताल ल्याइयो
आइतबार बिहान रोल्पाको सुनछहरी गाउँपालिका-३ मा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा मृत्यु भएका पाँच जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रोल्पा ल्याइएको छ।
झोलुङ्गे पुलको पर्खाल भत्किँदा पाँच मजदुरको मृत्यु
रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा पुरिएर आइतबार पाँच मजदुरको मृत्यु भएको छ ।
कपिलवस्तु शुद्धोधन-१ मा उत्साहपूर्वक मतदान (फोटो फिचर)
कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१ मा उत्साहपूर्वक मतदान जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार विहान ७ बजे सुरु भएको मतदान बिहान ११ बजेसम्म १ हजार ६ सय ४७ मत खसेको छ ।
विहान ७ बजेबाट मतदान सुरु, साँझ ५ बजेसम्म जारी रहने
स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज निर्वाचन हुँदै छ । बिहान ७ः०० देखि सुरु भएको मतदान अपराह्न ५ः०० बजेसम्म मतदान हुने निर्वाचन कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री भोलि चीन जानुहुँदै
प्रधानमन्त्री केपी शर्मा ओलीको चीनको औपचारिक भ्रमणको तयारी तीव्र रूपमा भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
माटोको ढिस्कोले पुरिँदा चार जना घाइते
जाजरकोटमा सडक स्तरोन्नतिको व्रmममा माटोको ढिस्को खसेर चार जना पुरिएर गम्भीर घाइते भएका छन् । मध्यपहाडी लोकमार्ग हुँदै जुनीचाँदे गाउँपालिका २ देसीपाटा सडक खण्डमा स्तरोन्नतिको काम गरिरहेका कामदार माटोको ढिस्को खसेर पुरिएका हुन् ।
आइतबार उपनिर्वाचन : निर्धक्क मतदान गर्न आयोगको आग्रह
भोलि हुने स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। निर्वाचन आयोगले आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने र निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिन्हमा निर्धक्क भई मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेको छ।
स्थानीय तह उपनिर्वाचन: सम्पूर्ण तयारी पूरा
स्थानीय तहका विभिन्न ४१ रिक्त पदका लागि भोलि आइतबार मतदान हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
जनकपुरबाहेक अन्य टिममा मार्की खेलाडी कप्तान
घरेलु क्रिकेटको नयाँ युगको सुरुवात हुने र क्रिकेटको व्यावसायिकतामा नयाँ आयाम थप्ने बहुप्रतीक्षित नेपाल प्रिमियर लिग आज (शनिबार) देखि सुरु हुँदै छ ।
कानुन मन्त्री लेखीलाई भूमिगत समूहको धम्की
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले जनतान्त्रिक तराई मुक्ती मोर्चा (भूमिगत समुह) का संयोजक जयकृष्ण गोइतले आफूलाई धम्की दिएको बताउनुभएको छ ।
एनपिएलः शनिबार जनकपुर र विराटनगर भिड्दै, सबै टोली उत्साहित
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा सबै फ्रेन्चाइज टोलीका कप्तानले एनपिएलको आयोजनालाई लिएर आफू उत्साहित रहेको बताएका हुन्।
रामेछाप दुर्घटना अपडेटः वडाध्यक्षसहित पाँचको मृत्यु
रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा फोर्स गाडी दुर्घटना हुँदा वडा अध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो भएको दुर्घटनामा परी एक बालकसहित तीन जना घाइते भएका छन्।
रामेछापमा फोर्स गाडी दुर्घटना : पाँचको मृत्यु, तीन जना घाइते
रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ सिमलडाँडामा फोर्स गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
राष्ट्रपतिसमक्ष श्रीलङ्का र जापानका राजदूतको बिदाइ भेट
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल लागि प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका राजदूत सुदर्शना के. पाथिरानाले शिष्टाचार बिदाइ भेट गर्नुभएको छ ।
बिजौरीमा बस दुर्घटना, १८ जना घाइते
घोराहीबाट तुलसीपुर जाँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक अनिल ठकुरीले जानकारी दिनुभयो ।
सुधारगृहबाट बालबालिका फरार घटना छानबिन गर्न समिति गठन
बाँकेको बैजनाथ गाउँपालिकास्थित नौ बस्ता क्षेत्रीय कारागार परिसरमा रहेको बाल सुधारगृहबाट बालबिजाइँकर्ता फरार भएको घटनाको छानबिनका लागि पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
विश्वका खेलाडी नेपालमा
स्टार्टअप व्यवसायमा सक्रिय युवा निशान सापकोटा नेपाल प्रिमियर लिग ९एनपिएल० पोखरा एभेन्जर्सले जितोस् भन्ने चाहन्छन् । एकातिर आफ्ना प्रिय खेलाडी कुशल भुर्तेलको कप्तानी, अर्कातिर आफ्नै भूगोलसँग जोडिएको टिम । पहिलोपटक हुन लागेको एनपिएललाई लिएर बागलुङका उनी उत्साहित छन् । “शनिबार हुने उद्घाटन खेलको टिकट लिइसकेको छु, सबै खेल नछुटाइ हेर्ने योजनामा छु”, उनले भने, “मनपर्ने खेलाडीको टिम रहेकाले पोखरा एभेन्जर्स मेरा लागि प्रतियोगिताभर विशेष रहनेछ ।”
उखुको समर्थन मूल्य निर्धारण : प्रतिक्विन्टल २० रुपियाँले वृद्धि
सरकारले उखुको समर्थन मूल्यमा २० रुपियाँ वृद्धि गरेको छ ।
प्रधानमन्त्रीको चीन भ्रमण : ८७ सदस्यीय टोली, धेरै निजी क्षेत्र
प्रधानमन्त्रीको चीन भ्रमणमा ८७ सदस्यीय टोली, धेरै निजी क्षेत्र
परराष्ट्रमन्त्री डा. राणा चीनमा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बिहीबार चीन पुग्नेको छ। चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ बिहीबार साँझ चीनको सिचुआन प्रान्तस्थित छेन्दु सहर पुग्नुभएको हो।