पहिरो खस्दा ललितपुरमा चार जनाको मृत्यु, महाङ्कालमा प्रहरी चौकी बग्यो
अविरल वर्षापछि पहिरो खस्दा ललितपुरको टाहाखेलमा दुई जनाको मृत्यु भएको छ भने गोदावरी नगरपालिका–३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको छ ।
मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा
अविरल वर्षाका कारण आएको बाढीले इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ ।
कोशी ब्यारेजको ५६ वटै ढोका खोलियो
लगातारको वर्षासँगै आएको बाढीका कारण कोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ । सप्तकोसी नदिमा यो वर्ष कै उच्च बहाव भएको छ ।
नख्खु खोलाले चारलाई बगायो
ललितपुर जिल्लाको ललितपुर महानगर पालिका १४ नखिपोट कान्तिपुर कोलोनीमा चार जना ब्यक्तिलाई नख्खु खोलाले बगाई बेपत्ता पारेको छ ।
२८ विद्यार्थीसहित ३३ जना नदीका बिचमा फसे
सिन्धुली जिल्लाकाे सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकुलका २८ विद्यार्थी र गुरुसहित ३३ जना नदीबिचमा फसेका छन् ।
मुल्कोटस्थित क्वालिटी रिसोर्ट डुबानमा
सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–५ मुल्कोटस्थित क्वालिटी रिसोर्ट डुबानमा परेको छ ।
मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरो, जुगेडीमा सडक भासियो
चितवनको मुग्लिन नारायणगढ सडकखण्डको आधा दर्जन स्थानमा पहिरो जादा शनिबार रातिदेखि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।
फिदिममा पहिरोले पुर्दा दुईजनाको मृत्यु
पाँचथरको फिदिम नगरपालिका ४ चिसापानीमा पहिरोले घर पुर्दा २ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा फिदिम १२ घर भई हाल फिदिम ४ मा अस्थायी बसोबास गर्ने २४ वर्षीया सपना शेर्पा र उहाँकी ५ वर्षीया छोरी डोल्मा शेर्पा हुनुहुन्छ ।
विदेशमा रहेका नेपालीको योगदान महत्त्वपूर्ण : परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले विभिन्न पेसा, व्यवसाय, अध्ययन तथा विविध कामको सिलसिलामा विदेशमा बस्दै आएका नेपालीले नेपाललाई ठूलो सहयोग गर्दै आएको बताउनुभएको छ ।
ओडारमा ओत लागेका दुई चेपाङसहित तीनजना बेपत्ता
विरल वर्षाको क्रममा खसेको पहिरोले पुरिएर शुक्रबार धादिङमा दुईजना चेपाङ र खोलाले बगाएर एकजना बालिका बेपत्ता भएका छन् ।
कुलेखानी भरिन लागेपछि सतर्कता अपनाउन आग्रह
कुलेखानी जलविद्युत आयोजनाको जलाशय इन्द्रसरोवर तालको बाँध भरिन लागेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ ।
उपत्यकाका नदीमा जलसतहले पार गर्यो सतर्कता तह
जल तथा मौसम विज्ञा विभागले काठमाडौँ उपत्यकाका विभिन्न खोला तथा नदीमा जलसतहले सतर्कता तहपार गरेको जनाएको छ ।
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएका विमानस्थल कार्यालयले जनाएको छ ।
चाडपर्व लक्षित सुरक्षा योजना : खसी बजारदेखि टिकट काउन्टरसम्म प्रहरी गस्ती
जिल्ला प्रहरी परिसर, काठमाडौँले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै जिल्ला प्रहरी परिसर, काठमाडौँले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो ।
पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ कौरास्थित भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द भएको छ । वर्षासँगै आएको पहिरोले शुक्रबार बिहानदेखि उक्त खण्ड बन्द भएको हो ।
राप्ती राजमार्ग तीन दिन अवरुद्ध
राप्ती राजमार्गअन्तर्गत तुलसीपुरको राम्री देखि कपुरकोटसम्मको सडक तीन अवरुद्ध हुने भएको छ । सडक मर्मतका लागि तीन दिनसम्म त्यस क्षेत्रको सडक अवरुद्ध हुने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
वर्षाले अधिकांश आन्तरिक उडान प्रभावित
बुधवार रातीदेखि परेको वर्षाका कारण हवाई उडान प्रभावित बनेको छ । खराब मौसमका कारण अधिकांश आन्तरिक उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिनुभयो ।
माइक्रो दुर्घटनामा १६ जना घाइते
चितवन भरतपुर महानगर पालिका वडा नम्बर २९ पन्ध्र किलो स्थित मुग्लिङ नारायणगढ सडक खण्डमा भएको दुर्घटनामा १६ जना घाइते भएका छन् ।
कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ?
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ ।
नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले आन्तरिक रुपमा द्वन्द्व व्यवस्थापन गरी शान्ति स्थापनाको निर्णायक विन्दुको अन्तिम तयारी गरिरहेको बताउनुभएको छ ।
विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचोः मन्त्री राणा
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले एशियाली मुलुकमा शान्ति, अमनचैन र समृद्धिका लागि एशियाली सहकार्य संवादको दृष्टिकोण अनुसार काम गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ ।
एकसय ५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि
सर्वोच्च अदालतले एकसय ५९ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट)ले उक्त निर्णय गरेको हो ।
कोशी ब्यारेजबाट सप्तकोशीमा बस खस्यो : सबै यात्रुको उद्धार
सप्तकोशी नदीमाथि बनेको कोशी ब्यारेजबाट यात्रु बस खसेको छ। पूर्वपश्चिम राजमार्गको कोशी ब्यारेजबाट बिहीबार साँझ बस नदीमा खसेको हो।
भारतमा जितिया पर्व मनाउँदा ४६ जनाको डुबेर मृत्यु
पूर्वी भारतमा हिन्दु पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु भएको छ ।