सहुलियत दरमा हवाई टिकट बिक्री गर्न प्रधानमन्त्रीको अनुरोध
प्रधानमन्त्री केपी शर्मा ओलीले विमान कम्पनीलाई पहिलेभन्दा सहुलियत मूल्य वा पुरानै दरमा टिकट बिक्री गर्न अनुरोध गर्नुभएको छ ।
झ्याप्लेखोला पहिरो : शव शिक्षण अस्पताल पठाइँदै
धादिङ र काठमाडौँको सिमानामा पर्ने धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा परी हालसम्म ३१ जनाको शव फेला परेको छ ।
हेलिकोप्टरबाट १६१ जनाको सकुशल उद्धार
गृह मन्त्रालयले शनिबार र आइतबार बिहानसम्म नेपाली सेनाको हेलिकोप्टरबाट बाढी, पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको १६१ जनाको सकुशल उद्धार गरेको छ ।
उपत्यकाबाट बाहिरिने सबै नाका पूर्णरुपमा अवरुद्ध, खुलाउने प्रयास जारी
निरन्तरको वर्षा, बाढी, पहिरो र डुबानका कारण काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका अवरुद्ध छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिले काठमाडौँबाट लामो दूरीका कुनै पनि बस बाहिर जान सक्ने अवस्था छैन ।
सप्तकोशीमा पानीको बहाव घट्न थाल्यो
सप्तरी–सुनसरी सीमामा रहेको सप्तकोशी नदीमा बाढीको बहाव घट्न थालेको छ।
गोरखाको लापुबेंसीबाट छुटेको बस झ्याप्लेखोला पहिरोमा भेटियो
गोरखाको लापुबेंसीबाट काठमाडौँका लागि छुटेको यात्रुवाहक बस त्रिभुवन राजपथको झ्याप्लेखोलामा पहिरोले पुरिएको अवस्थामा फेला परेको छ । यात्रुवाहक बस त्रिभुवन राजपथको झ्याप्लेखोला पहिरोभित्र भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
सप्तकोशीको टापुमा फसेका २५ जना सकुशलै
अविरल वर्षाका कारण सप्तकोशी नदीको चिलैया टापुमा शनिवार बिहानदेखि फसेकाहरू सकुशल रहेको बताइएको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका २ बालचनखोरिया, ठाकुर बारी र राजाबासको नदी क्षेत्रमा गोठ राखेर बसेका पशुपालन कृषकहरू सकुशल रहेको प्रहरीले जनाएको छ ।
नौबिसे नागढुङ्गा राजमार्गको पहिरो आज हटाइसक्ने
पूर्व पश्चिमका जिल्लाहरूबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबिसे नागढुङ्गा सडक बिहीबार साँझदेखि अवरुद्ध छ । निरन्तरको वर्षा, पहिरो र लेदो माटोले पृथ्वी राजमार्गको नौबिसे मुग्लिङ खण्ड पनि अवरुद्ध रहेको छ । जताततै आएको पहिरोका कारण राजमार्ग सुचारु हुने सम्भावना न्यून रहेको छ ।
विद्यालय तीन दिन बन्द
वर्षा र बाढीको प्रभाव बढेपछि मुलुकभरका शैक्षिक संस्था आइतबारदेखि तीन दिन बन्द गरिएको छ । साथै विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगले सञ्चालन गर्ने आइतबारको परीक्षा पनि स्थगित गरिएको छ ।
सप्तकोसीमा ५६ वर्ष यताकै ठुलो बाढी
सप्तकोसी नदीमा ५६ वर्ष यताकै पानीको बहाव उच्च मापन गरिएको छ । कोशीमा सन् १९६८ यताकै पानीको बहाव उच्च मापन गरिएको हो ।
विपदमा मर्नेका सङ्ख्या ८७ पुग्यो, अझै ७२ बेपत्ता
पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट बेलुका ८ः३० बजेसम्म मृत्यु हुनेको सङ्ख्या ८७ जना पुगेको छ ।
पहिरोले पुरिएका दुई बसबाट १४ शव निकालियो
पृथ्वी राजमार्गको धादिङको झ्याप्लेखोलामा पहिरोले पुरिएका दुईवटा बसबाट १४ शव निकालिएको छ । काठमाडौं र धादिङबाट खटिएका प्रहरी टोलीले दुवै बसबाट गरी शनिबार साँझ १४ जनाको शव निकालेको हो ।
गुरुकुलका ३३ जनाकाे सेनाको हेलिकोप्टरबाट उद्धार
सिन्धुलीको सुनकोसी गाँउपालिका–१ स्थित आदिलिंग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकुलका ३३ जनालाई २४ घण्टापछि शनिबार साँझ सकुसल उद्धार गरिएको छ ।
पहिरोमा पुरिएर एकै परिवारका आठजना बेपत्ता
काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका–२ ढडेनपाखामा अविरल वर्षासँगै आएको पहिरोबाट एकै परिवारका आठ सदस्य पुरिएका छन् ।
बाढीपहिरोले छजनाकाे मृत्यु, दुई बेपत्ता, लार्चा पुल बगायो
चित्र मिजारसिन्धुपाल्चोक, असोज १२ गते । निरन्तर परेको अविरल बर्षाका कारण बाढीपहिरोले सिन्धुपाल्चोक छजनाकाे मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् । गएराती १ बजे घरमाथिबाट आएको पहिरोले लिसंखुपाखर गाउँपालिका–३ का दम्पतीको निधन भएको छ । सो गापाका अध्यक्ष राजु लामाकानुसार पहिरोले घरमा सुतिरहेका पूर्व वडा अध्यक्ष समेत रहनु भएका ७३ बर्षीया काजी लामा र उहाँकी धर्मपत्नी ७० बर्षीया सुन्तली तामाङको निधन भएको सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी संतोष खड्काले जानकारी दिनुभएको छ । उनीहरु घरमा सुतिरहेका बेला घरमाथिबाट आएको पहिरोले पुरेको थियो । त्यस्तै सोही ठेगानाका आलोङ ग्रुङम्राङमा पहिरोले घर बगाउदाँ तिर्सना मोक्तान र उहाँकी दुई छोराछोरी गरी तिनै जनाको निधन भएको अध्यक्ष लामाले बताउनुभयो । इलाका प्रहरी कार्यालय जलविरेले दिएको जानकारीनुसार पहिरोले जुगल गाउँपालिका–१ कुनेगाउँका एकै परिवारका दुई जनाको निधन भएको छ । पहिरोले ४५ बर्षीय चित्रबहादुर मिजार र उहाँको ज्वाँई अविनाष नेपालीको मृत्यु भएको छ ।मिजारको धर्मपत्नी बर्ष ४५ की ठूलीकान्छी मिजार र अविनाषको ५ बर्षीय छोरा बेपत्ता छिन् । नेपाली र उहाँको छोरा मिजारको घरमा पाहुना आएका थिए । उक्त स्थानका १० घर पहिरो उच्च जोखिममा रहेका छन् । यस्तै सुनकोशी गापा–४ बिमरेनी स्थित सिन्धुवीच रिसोर्ट माथिबाट आएको पहिरोले दुई कोरियन नागरिक र एक नेपाली गाइड बेपत्ता भएका छन् । उक्त स्थानमा रिसोर्टमाथिबाट आएको पहिरोले १५ जना पाहुनालाई प्रहरीले सकुसल उद्धार गरेको एसपी खड्काले बताउनुभयो । यस्तै भोटेकोशी बाढी उर्लेपछि चीनको सीमा जोड्ने लार्चा बेलिबिज्र बगाएको एसपी खड्काले बताउनुभएको छ । सो पुल बगाएपछि उत्तरी सीमा चीन नाकाको आवगमन बन्द भएको छ । पुल बगाएपछि भोटेकोशी गापा–२ र ३ का बस्तीहरु आउजाउ बन्द भएको छ । सो पुलले उक्त दुई बस्ती जोडने गर्छ । पुल बगाएपछि तातोपानी नाकाबाट राजधानी जाने मालबाहक कन्टेनर पूर्ण रुपमा बन्द भएका छन् । पैदल यात्रा गर्न समेत जंगलको बाटो प्रयोग गर्नु पर्ने भएको छ । २०७४ साल साउनमा पनि बाढीले उक्त ठाउँमा रहेको पक्की पुल बाढीले बगाएको थियो । यस्तै लिपिङ पुल पनि बाढीले ६० प्रतिशत भाग खसालेको छ । यस्तै भोटेकोशी बाढीले भोटेकोशी गापा–२ स्थित नौ किलो पुरानो भ्यान पार्किङदेखि भोटेकोशी ४ गोलेपा, पाङशेर्पु गाउँ जोड्ने फलामे पुल बगाएको छ ।
पहिरोमा नेपाली सेनाका दुई जनासहित पाँच बेपत्ता
माथिल्लो तामाकोशी जलविद्युत आयोजनास्थलको संरचनाको लागि रहेको हेडवक्र्स नियन्त्रण कक्ष रहेको भवनमा पहिरो खस्दा पाँच जना बेपत्ता भएका छन् ।
नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा सवारी साधन सञ्चालनमा रोक
नारायणगढ–मुग्लिन–नागढुङगा सडकखण्डमा आइतबारसम्मका लागि सवारी आवागमनमा रोक लगाइएको छ ।
वर्षाजन्य विपदबाट भएको क्षतिप्रति कांग्रेस सभापतिद्वारा दुःख व्यक्त
देशको अधिकांश भूभागमा वर्षाका कारण बाढीपहिरो र डुबानमा परी भएको जनधनको क्षतिप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्नुभएको छ ।
विपदमा देशभर ४९ जनाको मृत्यु, ४० बेपत्ता
दुई दिनदेखिको लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ । त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौँमा मात्रै ३२ जनाले ज्यान गुमाएका छन् ।
बाढीपहिरोबाट भएको धनजनको क्षतिप्रति राष्ट्रपतिको चिन्ता
राष्ट्रपति रामचन्द्र पौडेलले लगातार परेको भीषण वर्षाका कारण भएको जनधनको क्षतिबारे चासो र चिन्ता व्यक्त गर्नुभएको छ ।
आज साँझदेखि वर्षा कम हुने
तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि कम हुँदै जाने अनुमान गरिएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि बिस्तारै कम हुँदै जाने जानकारी दिनुभयो ।
प्रधानमन्त्री कार्यालयमा आकस्मिक बैठक
अविरल वर्षाका कारण सिर्जित विपदबारे मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरूसँग प्रधानमन्त्री कार्यालयमा छलफल सुरु भएको छ ।
उद्धार र राहतमा सरकार गम्भीर छ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्जन्य घटनाबाट जोखिममा परेकाहरूको उद्धार र राहतमा सरकार गम्भीर रहेको बताउनुभएको छ ।
सुनकोसीमा आएको बाढीले खुर्काेटको पुल बगायो
रामेछाप र सिन्धुली जिल्ला जोड्ने मोटेरेवल पुल बाढीले बगाएको छ ।