• ७ मंसिर २०८१, शुक्रबार

दीपाले गरिन् श्रीमानको हत्या

blog

राजु लामिछाने

रुकुमपश्चिम, मङ्सिर ४ गते । रुकुमपश्चिममा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । चौरजहारी नगरपालिका वडा नम्बर २ निवासी ३२ वर्षीया दीपा कुमालले उनका श्रीमान् ४० वर्षीय मधु कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । 

प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार आज मङ्गलबार बिहान अन्दाजी २ः३० बजेको समयमा दीपाले आफ्नै श्रीमानको हत्या गरेकी हुन् । उहाँका अनुसार चिर्पट दाउराले टाउकोमा हानेर मृत अवस्थामा रहेको भनेर मृतकका छोरा खिम कुमालले प्रहरीलाई खबर गरेका थिए । 

सूचना लगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दीपेन्द्र रावलको नेतृत्वमा गएको प्रहरी टोलीले हत्या आरोपी महिलालाई नियन्त्रणमा लिएको छ । मृतकको शव भने पोस्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ । 

प्रहरीका अनुसार घरायसी विवादका कारण श्रीमानकाे हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ ।