• १० मंसिर २०८१, सोमबार

जिप दुर्घटनामा दुई महिलाको मृत्यु, सातजना घाइते

blog

दुर्घटनामा परेको जिप । तस्बिरः पुष्कर भण्डारी

पुष्कर भण्डारी 

डडेल्धुरा, मंसिर ४ गते । दैजी–जोगबुडा जोड्ने चुरेको कच्ची सडकमा जिप दुर्घटना हुँदा दुईजना महिलाको घटना स्थलमै मृत्यु भएको छ । लु १ ज ४५७९ नम्बरको डडेलधुरा जिल्लामा पर्ने परशुराम नगरपालिका-९ लिप्नामा दुर्घटना भएको हो । मृतकको सनाखत हुन सकेको छैन । 

जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार दुर्घटनामा परी अन्य सातजना घाइते भएका छन् । उहाँहरूको उपचारका लागि महेन्द्रनगर पठाइएको छ । आज अपराह्न करिब ४ः३० बजेतिर दुर्घटना भएको हो । 

घाइतेहरूमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । कञ्चनपुरको दैजिबाट डडेलधुराको भित्रिमधेश क्षेत्र जोगबुडा आउने दैजी–लिप्ना–जोगबुडा सडक छोटो सडक बाटो हो ।