कर्णाली नदीमा खतराको सङ्केत, तटीय क्षेत्रमा सतर्क रहन आग्रह
दुई दिनदेखि भइरहेको अविरल वर्षाका कारण उर्लेको कर्णाली नदीमा पानीको बहावले खतराको तह पार गरेको छ । चिसापानी जलमापन केन्द्रका गेज रिडर पार्वती गुरुङका अनुसार कर्णाली नदीमा जलसतह खतराको तह पार गरेर १०.९० मिटर पुगेको छ ।
बागलुङ जिप दुर्घटना : गाउँपालिका उपाध्यक्षको मृत्यु
बागलुङबाट रुकुम पूर्व जाँदै गरेको जिप गलकोट नगरपालिका वडा नं. २ भुङखानीमा भएको दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष ३३ वर्षीया भुपेन्द्रा बुढामगरको शव फेला परेको छ ।
बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो ।
लागू औषध कारोबारमा पूर्व सांसद ढाकाकुमार पक्राउ
कास्की प्रहरीले बिहीबार लागूऔषध कारोबार गरेको अभियोगमा पूर्व सांसदसमेत रहनुभएका मेडिकल व्यवसायी डा. ढाकाकुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।
सल्यानमा बोलेरो दुर्घटना पाँच घाइते
सल्यानमा बलेरो जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छ्न्। शारदा न.पा. २ स्थित मैसेपानीमा श्रीगगरबाट खलंगातर्फ आउदै गरेको पूर्वाधार विकाश कार्यालय सल्यानको क प्र. ०२००१ झ ००३५ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो।
झण्डै दुई करोड भ्रष्टाचार आरोपमा इन्जिनियरविरुद्ध मुद्दा
लुम्बिनी विकास कोषमा तत्कालीन योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरुद्ध एक करोड ८५ लाख रुपियाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ।
तनहुँमा बस दुर्घटना हुँदा १५ घाइते
पृथ्वी राजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुखैरेनी बजार नजिक बुधबार दिउँसो ४:३० बस दुर्घटना हुँदा ११ यात्रु घाइते भएका छन् ।
पानीमा भेटियो कोलिफर्म
काठमाडौँमा वितरण हुने पिउने पानीमा ‘कोलिफर्म’ भेटिएको छ । काठमाडौँ महानगरपालिकाका अनुगमन निरीक्षक डा. अवधेश झाले अनुगमनका क्रममा तीन वटा कम्पनीको जारका पानीमा कोलिफर्म भेटिएको जानकारी दिनुभयो । मानव शरीरका लागि अत्यन्तै जोखिमयुक्त हुने ‘कोलिफर्म’ दिसाजन्य पदार्थ हो ।
खुल्यो कित्ताकाट
स्थानीय तहहरूबाट जग्गाको वर्गीकरण नहुँदा रोकिएको कित्ताकाट खुलेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले भूउपयोग (दोस्रो संशोधन) नियमावली २०८१ स्वीकृत गरेसँगै चार वर्षदेखि रोकिएको जग्गाको कित्ता कत्ताकाटको समस्या अब समाधान हुने भएको हो । स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा कतिपय सर्वसाधारण, मोही र तल्सिङको जग्गा छुट्याउन, जग्गा किनबेच गर्नबाट वञ्चित हुँदै आएका थिए । देशभरका ७५३ पालिकामध्ये १९३ ले मात्र जग्गा वर्गीकरण गरेका छन् । अन्य पालिकाले समयमै जग्गा वर्गीकरण गर्न नसक्दा कित्ताकाटको समस्या पटक पटक आउने गरेको छ ।
पूर्व मुख्यमन्त्री कार्की प्रहरी नियन्त्रणमा : केही बेर झडप
निषेधित क्षेत्रमा आमरण अनसन बसेको भन्दै प्रहरीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई अनसनस्थलबाट हटाएको छ ।
भोटेबहालको गेष्ट हाउसमा कर्णको शव भेटियो
काठमाडौँ महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेष्ट हाउसमा मङ्लबार दिउँसो एक जनाको शव भेटिएको छ ।
वडाध्यक्ष वैदेशिक रोजगारीका लागि हङकङमा, खोजी गर्दै वडाबासी
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैँचाका बासिन्दाले वडाध्यक्षको खोजी गर्न थालेका छन्। विगत १० महिनादेखि वडा कार्यकक्षमा अनुपस्थित रहनुभएका वडाध्यक्ष दिलप्रसाद बोखिमको वडाबासीले खोजी गर्न थालेका हुन्।
चार लाख ५० हजार घुस लिने वडाध्यक्षसहित तीन जना पक्राउ
धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं. २४ का वडाअध्यक्ष उपेन्द्र सहनीसहित तीन जना घुस रकमसहित पक्राउ परेका छन् ।
विद्यार्थी बेहोस हुन थालेपछि कक्षा बन्द
अचानक विद्यार्थी बेहोस हुन थालेपछि सुनकोशी गाउँपालिका-५ मूलखर्कको चौतारा माध्यमिक विद्यालयका तीन वटा कक्षा बन्द गरिएको छ।
बुद्ध एयरद्वारा एटीआर ४२ विमानको बिदाइ
बुद्ध एयरले आफ्नो एटीआर ४२ (नाइन एन–एआईएन) विमानको बिदाइ गरेको छ । मङ्गलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाबाट बुद्ध एयरले आफ्नो एटीआर ४२ (नाइन एन–एआईएन) विमानको बिदाइ गरेको हो । बुद्ध एयरका कर्मचारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘वाटर स्यालुट’सहित बिदाइ गरेका थिए ।
व्यापारले मात्र अर्थतन्त्रहरूबीचको खाडल कम हुँदैन : डब्लुटिओ
विश्व व्यापार सङ्गठन (डब्लुटिओ) ले सोमबार धनी र विकासोन्मुख मुलुकहरूबीचको असमानता कम गर्न खुला व्यापार मात्र पर्याप्त नहुने बताएको छ । सङ्गठनले गरिब मुलुकलाई सहयोग गर्न थप आवश्यक रहेको बताएको छ ।
शेख हसिनाको सुपुर्दगीको माग गर्दै बङ्गलादेश
बङ्गलादेशका अपदस्थ नेता शेख हसिनालाई छिमेकी भारतबाट स्वदेश फिर्ता गराउन सकिने बङ्गलादेशको युद्ध अपराध न्यायाधिकरणले जनाएको छ ।
बन्दीपुर केबलकार १५ दिन बन्द
तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर केबलकार सोमबारबाट १५ दिनका लागि बन्द भएको छ । केबलकार सेवालाई थप सुरक्षित बनाउन मर्मत–सम्भार गर्नुपर्ने भएकाले यही भदौ २४ गते सोमबार देखि लागु हुनेगरी आगामी १५ दिन सम्मका लागि केबलकारको सेवा बन्द गरिएको हो ।
नाम राजमार्ग अवस्था कच्ची सडकको
बर्खाभरि कर्णाली राजमार्गको यात्रा निकै कष्टकर हुने गरेको छ । यात्रा कष्टकर हुँदा सर्वसाधारण यात्रुले निकै दुःख पाउने गरेका छन् । यसका साथै पटक पटक अवरुद्ध हुने राजमार्गको यात्रा असुरक्षितसमेत हुने गरेको छ । नाम राजमार्गको भए पनि अवस्था भने कच्ची सडकको जस्तै भएको गुनासो स्थानीयले गर्न थालेका छन् ।
कर्मचारीलाई खाजा समय ३० मिनेट मात्र
सरकारले सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकेको छ । यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय ३० मिनेट कायम गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।
बाउन्स चेक दिनेलाई ब्याजसहित कैद
चेक अनादर (बाउन्स) मुद्दामा आर्थिक जरिबाना मात्रै गर्ने अथवा कैद भुक्तान गर्नुपर्ने भन्ने बहस टुङ्गिएको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आइतबारको बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथिको छलफलपछि यस किसिमको मुद्दामा कैद र जरिबाना दुवै भराउने सहमति भएको हो ।
भारतका रणधीर सिंह एसियाली ओलम्पिकको प्रमुखमा निर्वाचित
भारतका दिग्गज खेल प्रशासक रणधीर सिंह आइतबार नयाँदिल्लीमा ओलम्पिक काउन्सिल अफ एसियाको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
लुम्बिनी प्रदेश सभाका कांग्रेस सांसद केसी जेल चलान
लुम्बिनी प्रदेश सभाका सांसद धनबहादुर केसी (डीबी) जेल चलान हुनुभएको छ। रुकुमपूर्व प्रदेश सभा क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली कांग्रेसका केसी आइतबार जेल चलान हुनुभएको हो।
ट्याक्टरले ठक्कर दिँदा छात्राको मृत्यु, दुई घाइते
महोत्तरीको गौशाला–१ मा ट्याक्टरले ठक्कर दिँदा एक जना स्कुले बालिकाको मृत्यु भएको छ । सँगै स्कुल जाँदै गरेका दुई जना बालबालिका घाइते भएका छन् ।