• ८ पुस २०८१, सोमबार

अमेरिकी निर्वाचन : ट्रम्पलाई २६७ र ह्यारिसलाई २१४ इलेक्टोरल मत प्राप्त

blog

वासिङ्टन, कात्तिक २१ गते । अमेरिकी राष्ट्रपतिका लागि मङ्गलबार भएको निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेद्वार रहनुभएका उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन उम्मेद्वार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबिच कडा प्रतिस्पर्धा देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार अहिलेसम्म ट्रम्पले २६७ र ह्यारिसले २१४ इलेक्टोरल मत प्राप्त गर्नुभएको छ । राष्ट्रपति पदमा जीतका लागि दुई इलेक्टोरल सङ्ख्या २७० रहेको छ ।

पर्यवेक्षकहरूले ह्वाइट हाउसका लागि भएको निर्वाचनमा यस पहिले नै प्रक्षेपण गरिए अनुसार दुबै उम्मेदवारको झण्डै बराबर मत रहेको अनुमान गरिएका केही राज्य निर्णायक हुनेछन् ।