दूधमा आत्मनिर्भर तर आयात खुला
नेपाल दूधमा आत्मनिर्भर भए पनि सरकारले भारतबाट दूध आयात खुला गरेको छ । सरकारले कच्चा दूध आयात खुला गरेपछि डेरी उद्योगले भारतबाट दूध ल्याउन थालेका छन् ।
सुपथ मूल्यका पसलमा आकर्षण
चाडपर्वमा उपभोक्तालाई सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने गरी खुलाइएका सुपथ मूल्य पसल करिब एक साताका लागि बन्द हुने भएका छन् ।
तनहुँ जलविद्युतको काम नरोकिने
निर्धारित समयमा सम्पन्न गर्ने उद्देश्यले दशैँको बिदामा पनि तनहुँ जलविद्युत् आयोजनाको निर्माण कार्य निरन्तर चल्ने भएको छ ।
लघु बीमाका लागि ३१ कम्पनीको आवेदन
न्यून आय भएका व्यक्तिलाई बीमाको दायरामा ल्याउन लघुु बीमा कम्पनी स्थापनाको प्रक्रिया अगाडि बढेको छ । लघु बीमा सञ्चालन गर्ने अनुमतिका लागि ३१ वटा कम्पनी इच्छुक देखिएका छन् ।
ब्रान्डका नाममा शोषण
बजारमा खाने तेलका रूपमा उपभोक्ताको छनोटका लागि सनफ्लावर, तोरी र भटमासको तेल छन् । यिनीहरूका आ–आफ्नै ब्रान्ड छन् र ब्राण्डअनुसार मूल्य पनि फरक फरक छ ।
बजारमा सुन अभाव
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको आपूर्ति व्यवस्था प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ । बजार मागको बेवास्ता गर्दै अत्यन्तै न्यून मात्रामा सुनको आपूर्ति हुँदै आएकाले बजारमा चरम अभाव सिर्जना भएको भन्दै महासङ्घले तत्काल आपूर्ति व्यवस्थामा सुधार गर्न आग्रह गरेको हो ।
आउन थाल्यो भारतबाट दूध
दूध आयात गर्न खुला भएपछि भारतबाट कच्चा दूध आयात गर्न थालेका छन् । दूधको अभाव हुन थालेपछि डेरी उद्योगीले भारतबाट दूध आयात खुला गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग माग गरेका थिए । सोही मागअनुसार कृषि मन्त्रालयले असोज मसान्तसम्मका लागि दूध आयात गर्ने अनुमति दिएको हो ।
रोजाइमा चिउरीको तेल
दाङको घोराही उपमहानगरपालिका–१३ को विकट बस्ती मौलाकोटदेखि केही परको जङ्गलमा हिमाल मगर, उहाँकी आमा र दिदीलाई चिउरी पेल्न भ्याइनभ्याइ छ । दशैँ र तिहार आउनै लागेकाले उहाँहरू जङ्गलबाट भेला पारिएको चिउरी परम्परागत काठको कोलमा पेलेर तेल निकाल्न व्यस्त हुनुहुन्छ ।
घटे लघुवित्त संस्था बढ्यो कारोबार
गाभिने र प्राप्ति (मर्जर तथा एक्विजिसन)का कारण लघुवित्त वित्तीय संस्थाको सङ्ख्या घटेको छ भने शाखा विस्तारको क्रम भने जारी रहेको छ ।