ब्याजदर नियन्त्रण गर्न माग
उद्योगी व्यवसायीले बैङ्कको चर्काे ब्याजदरले उद्योग व्यवसाय सञ्चालनमा समस्या भएको बताएका छन् । उद्योग व्यापार सङ्गठन, रुपन्देहीको १५औँ वार्षिक साधारण सभामा उहाँहरूले चर्को ब्याजदरका कारण उद्योगी व्यवसायीको अवस्था दयनीय भएको बताउनुभयो ।
सुर्खेतका व्यवसायीद्वारा बैङ्क बहिष्कार
सुर्खेतका उद्योगी व्यवसायी बैङ्क बहिष्कारमा उत्रिएका छन् । उद्योगी व्यवसायीले आइतबार यहाँ रहेका एक दर्जनभन्दा बढी वाणिज्य बैङ्कमा धर्नासमेत दिएका छन् । बैङ्कले मनोमानी ढङ्गले ब्याजदर बढाएर किस्ता तिर्न दबाब दिएको आरोप लगाउँदै व्यवसायीले आइतबार र सोमबार दुई दिन बैङ्क बहिष्कार गर्ने
निक्षेपको ब्याजदर यथावत्
वाणिज्य बैङ्कले कात्तिक महिनामा निक्षेपको ब्याजदर यथावत् राख्ने भएका छन् । तर, कर्जाको ब्याजदर भने बढ्ने भएको छ । वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृतको संस्था नेपाल बैङ्कर्स एसोसिएसनले शुक्रबार कात्तिक महिनामा निक्षेपको ब्याजदर यथावत् राख्ने निर्णय गरेको हो । एसोसिएसनको कार्यकारी समितिमा ब्याजदर नबढाउने राय आएपछि शुक्रबार ब्याज नबढाउने औपचारिक निर्णय गरिएको एसोसिएसनका उपाध्यक्ष तथा एनएमबी बैङ्कका सीईओ सुनील केसीले जानकारी दिनुुभयो ।
अमेरिकी डलरको मूल्य अकासियो
नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको मूल्यअनुसार एक अमेरिकी डलरको खरिददर एक सय ३२ रुपियाँ ४२ पैसा रहेको छ भने बिक्रीदर एक सय ३२ रुपियाँ दुई पैसा तय गरिएको छ ।
महँगो पर्दै नोट छपाइ
नेपालमा नोट छपाइको प्रविधि नहुँदा राष्ट्र बैङ्कले बर्सेनि अर्बौं रुपियाँ नोट छपाइमा खर्च गर्नु परिरहेको छ । विश्वव्यापी मूल्य वृद्धि र अर्थतन्त्रको आकार विस्तारका कारण परिमाण पनि बढाउनुपर्ने हुँदा नोट छपाइ खर्च बढ्दो देखिएको हो ।
बाँसका सामग्रीको व्यवसाय सङ्कटमा
बाँस, निगालो र बेतबाट बनेका सामग्रीको बिक्री घटेपछि ती वस्तुको व्यवसायमा आश्रित बनेकाहरूको पेसा सङ्कटमा पर्न थालेको छ ।
माछा जोगाउन पोखरीमा तारबार
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूलमा रहेको माछाको विशेष महत्व छ । मन्दिर परिसरमा अवस्थित पोखरीमा खेल्ने माछा यहाँको मुख्य आकर्षण हो ।
पहिरोले लमही–घोराही प्रसारण लाइनको टावर ढाल्यो
अविरल वर्षासँगै गएको पहिरोबाट दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइनको एउटा टावर ढलेको छ । शुक्रवार गएको पहिरोले लमही–घोराही १३२ केभी प्रसारण लाइन अन्तर्गत लमही नगरपालिका–६, बेल्दामारस्थित १८ नं टावर ढालेको हो ।
वर्षाले जलविद्युत्, सडक र कृषिमा क्षति
विगत पाँच दिनदेखिको अविरल बेमौसमी वर्षाका कारण नेपालीको महान् चाड बडादसैँ निरस बनेको छ । लामो बेमौसमी वर्षाले म्याग्दीको जलविद्युत्, सडक र कृषिमा ठूलो क्षति पुगेको छ भने ग्रामीण जनजीवनसमेत अस्तव्यस्त बनेको छ ।