आइपुगेन उपचार शोधभर्नाको विवरण
जेनजी आन्दोलनका घाइतेको उपचार गर्ने ८० अस्पतालमध्ये २३ वटा अस्पतालले मात्र उपचार खर्चको शोधभर्नाका लागि विवरण पठाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपत्कालीन तथा विपत् व्यवस्थापन एकाइ (एचइओसी) ले ८० वटै अस्पताललाई शोधभर्नाका लागि सम्पूर्ण विवरण पठाउन आग्रह गरेको थियो ।
‘ओभरस्टे’ को अवधारणा शरणार्थीलाई लागु नहुने
सामूहिक पुनर्वास कार्यक्रम स्थगनपछि नेपाल सरकारले ‘एक्जिट पर्मिट’ नदिँदा रोकिएका भुटानी शरणार्थीले प्रक्रियासम्मत रूपमा तेस्रो मुलुक जाने अनुमति मागे अनुमति प्रदान गर्न सर्वोच्च अदालतले सरकारलाई परमादेश आदेश जारी गरेको छ ।
मतपत्र छपाइको तयारी पूरा
आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइको तयारी पूरा भएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गर्न लागेको हो । यसअघि निर्वाचन आयोगले मौखिक र पत्रमार्फत मतपत्र छपाइका लागि तयारी अवस्थामा रहन केन्द्रलाई अनुरोध गरेको थियो ।
आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते
जिल्लाको कमलामाई नगरपालिका ६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
पूर्व प्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबिच भेटवार्ता
नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङबिच आज बिदाइ भेटवार्ता भएको छ । चिनियाँ दूतावासमा भएको शिष्टाचार भेटवार्तामा उहाँहरूबिच आपसी हित एवं चासोको विषयमा कुराकानी भएको हो ।
मागहरू पूरा गर्न सरकारसँग प्रसाईंको आग्रह
नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफूहरू तथा जेन–जी युवा पुस्ताका मागहरू गर्न सरकारसँग आग्रह गर्नु भएको छ ।
गहना चोरी गरी बिक्री गर्ने दुईजना पक्राउ
सुनका गरगहना चोरी गरी बिक्री गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
बागमती प्रदेशको मुख्यन्याधिवक्तामा बस्नेत नियुक्त
बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता अप्सरा बस्नेत नियुक्त हुनुभएको छ।
निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ बमोजिम आसन्न निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहको प्रतिशत निर्धारण गरेको छ ।
खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो
प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे सम्बन्धित निकायहरुसँग जानकारी लिनुभएको छ ।
निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ ।
गोरखापत्र संस्थानका सल्लाहकारद्वय चौधरी र अधिकारीको बिदाइ
दुई वर्षको सेवा अवधि पूरा भएकाले गोरखापत्र संस्थानका सल्लाहकारद्वय सुशीला चौधरी र रामकृष्ण अधिकारीलाई संस्थान सेवाबाट बिदाइ गरिएको छ । संस्थानमा आइतबार आयोजित बिदाइ कार्यक्रममा महाप्रबन्धक लालबहादुर ऐरीसहितले सम्मान पत्रसहित बिदाइ गर्नुभएको हो ।
मुख्यमन्त्रीद्वारा एक महिनाको तलब प्रदान
बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पश्चिम मकवानपुरको मनहरी गाउँपालिका-७ स्थित मनकामना मन्दिरको जीर्णोद्वारका लागि आर्थिक सहयोग गर्नुभएको छ।
नेप्से परिसूचकमा १९ अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ९२ अङ्कले घटेर दुई हजार ५९५ दशमलव १० को बिन्दुमा कायम भएको हो ।
प्रविधि प्रयोगमार्फत हुने लैङ्गिक हिंसा रोक्न सरोकारवालाको आग्रह
सरकार, सुरक्षा निकाय, नागरिक समाज तथा अधिकारकर्मीले प्रविधि प्रयोगमार्फत हुने लैङ्गिक हिंसा नियन्त्रणका लागि तत्काल पहल आवश्यक रहेको बताएका छन्।
एक सय सात जनाको मोतीविन्दु शल्यक्रिया
धादिङबेँसीमा सम्पन्न मोतीविन्दु शल्यक्रिया शिविरमा एक सय सात जनाको सफल शल्यक्रिया गरिएको छ ।
‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा व्यावसायिक वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध र क्रियाशील रहेको बताउनुभएको छ ।
बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास
गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास गरिने भएको छ ।
मौलिक परम्परा जोगाउनुपर्नेमा प्रधानमन्त्रीको जोड
प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताउनुभएको छ ।
सुनचाँदीको मूल्यमा उतारचढाव, सुन दुई लाख ६० हजार नजिक
पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव आएको छ । गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ६० हजार ४०० सय पुगेको थियो भने आज त्यति नै परिमाणको सुन रु दुई लाख ५८ हजार ३०० मा झरेको छ ।
मन शुद्ध बनाउन योग र ध्यान आवश्यक : शिक्षामन्त्री पुन
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा फैलाउन सके भ्रष्टाचार हट्नसक्ने बताउनुभएको छ ।
आयुर्वेद, योग र ध्यान परम्परागत चिकित्सा पद्धति : स्वास्थ्यमन्त्री गौतम
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्त्वपूर्ण अङ्ग र कार्यक्रमका रुपमा अघि बढाएको बताउनुभएको छ ।
योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय आवश्यक : स्वामी आनन्द अरुण
विश्व ध्यान दिवस नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । हरेक वर्ष डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रुपमा मनाउने गरिन्छ ।
टुँडिखेलमा मनाइयो ‘विश्व ध्यान दिवस’ (फोटो फिचर)
संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आइतबार विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व ध्यान दिवस’ मनाइएको छ ।