यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपियाँ २८ पैसा र बिक्रीदर १४५ रुपियाँ ८८ पैसा तोकिएको छ ।
बाँदर नियन्त्रणदेखि मल कारखानासम्म
राजनीतिक दलले भने यस पटक कृषिलाई केन्द्रमा राखेर समृद्धिका आधारका रूपमा अघि सारेका छन् । किसानका धेरै समस्या र गुनासा उस्तै रहे पनि दलहरूले किसानलाई समृद्ध बनाउने आधार देखाएर आफ्ना घोषणापत्र त्यस्ता विषय समेटेका हुन् ।
श्रम सम्झौताको प्रस्ताव नै बेखबर
सरकारले नेपालीको रोजगारीमा आकर्षक श्रम गन्तव्य युरोप बन्न सक्ने भन्दै डेढ वर्षअगाडि पठाएको प्रस्तावको अहिलेसम्म जवाफ आएको छैन । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले खाडी मुलुक र मलेसियाको विकल्पमा नेपालीको श्रम गन्तव्य युरोपेली देश बन्न सक्ने भन्दै श्रम सम्झौताका लागि पठाइएको प्रस्तावको जवाफ अहिलेसम्म नआएको हो ।
लगानी बढ्दा सुनको आयात बढ्यो
लगानीकर्ता आकर्षित हुँदा सुन आयात बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा २१ अर्ब २० करोड ७९ लाख रुपियाँ बरारको एक हजार ११४ केजी सुन आयात भएको छ । गत वर्ष साही अवधिमा १० अर्ब ४५ करोड ४९ लाख रुपियाँ बराबरको ८८७ केजी सुन आयात भएको थियो ।
ग्लोबल मनी विक मनाइँदै
‘स्मार्ट मनी टक्स’ भन्ने नाराका साथ नेपाल राष्ट्र बैङ्कले आगामी चैतमा ग्लोबल मनी विक मनाउने भएको छ । राष्ट्र बैङ्कले आगामी मार्च १६ देखि २२ (२०८२ चैत २ देखि ८) ग्लोबल मनी विक मनाउन लागेको हो । राष्ट्र बैङ्कका अनुसार ग्लोबल मनी विकको यो चौधौँ शृङ्खला हो ।
‘निर्वाचनलाई निष्पक्ष शान्तिपूर्ण बनाउनूस्’
प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभाको निर्वाचन निष्पक्ष र शान्तिपूर्ण बनाउन लुम्बिनी प्रदेशका सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ । शुक्रबार साँझ बुटवल आएकी प्रधानमन्त्री कार्कीले शनिबार बिहान लुम्बिनी प्रदेशका सुरक्षा अधिकारीलाई निर्वाचन निष्पक्ष, स्वच्छ र शान्तिपूर्ण बनाउन निर्देशन दिनुभएको हो ।
नयाँ र पुराना होइन नवीनता खोजी
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न शनिबारदेखि १२ दिन बाँकी रहँदा राजनीतिक विमर्श दुई धारमा विभाजित भएको छ । राजनीतिक दलका नेता कार्यकर्ता र सामाजिक सञ्जालमा हुने निर्वाचनसम्बन्धी बहस सिद्धान्त, नीति र अबको संसद्ले गर्नुपर्ने कामका सन्दर्भमा भन्दा पनि ‘पुराना’ कि ‘नयाँ’ दल भन्दै सामाजिक ध्रुवीकरण सिर्जना गर्ने खतरा देखिएको हो ।
ट्रम्पले लगाएको कर सर्वोच्चद्वारा खारेज
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका विश्वव्यापी कर अर्थात् आयात शुल्क त्यहाँको सर्वोच्च अदालतले खारेज गरिदिएको छ । ह्वाइट हाउसले गत वर्ष घोषणा गरेका अधिकांश कर अवैध रहेको ठहर सर्वोच्चले गरेपछि राष्ट्रपति ट्रम्पले नयाँ १० प्रतिशत करको घोषणा गर्नुभएको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ ।
प्रतिबद्धता जनाउने, कार्यान्वयन नगर्ने
प्रतिनिधि सभा निर्वाचन प्रतिस्पर्धामा रहेका ठुलादेखि साना दलले समेत आफूहरू सरकारको नेतृत्व गर्ने तहमा पुगेमा शिक्षामा आमूल परिवर्तन गर्ने उद्घोषसहितको घोषणापत्र सार्वजनिक गरेका छन् ।
विकास लक्ष्य भेट्टाउने कार्ययोजना तय
राष्ट्रिय योजना आयोगले १६ औँ पञ्चवर्षीय योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) लाई प्रभावकारी बनाउन र लक्ष्य पूरा गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा विशेष कार्ययोजना (एक्सन प्लान) पेस गरेको छ ।
मतदाता फकाउने फरक शैली
प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिँदै गर्दा दलका उम्मेदवारले अनेक प्रचार शैली अपनाउन थालेका छन् । उम्मेदवारले मतदातासँग साखुल्य हुन गर्ने गरेका व्यवहार सामाजिक सञ्जालमा रमिता देखाउने ‘ट्रोल’ बन्ने गरेका छन् ।
मातृभाषा संरक्षण अभ्यास : जनचेतना अभिवृद्धिदेखि अध्यापनसम्म
नेपालका आदिवासी जनजाति समुदायको मतृभाषा संरक्षण प्रयासमा सामान्य जनचेतना अभिवृद्धिदेखि विश्वविद्यालयमा प्राध्यापनसम्मको अभ्यास भएको सरोकारवालाले बताएका छन् ।
राजनीतिक दलका चुनावी घोषणापत्रः निःशुल्क स्वास्थ्यमा जोड
आसन्न प्रतिनिधिसभाको निर्वाचनमा राजनीतिक दलले जनताको स्वास्थ्य सेवालाई मुख्य एजेण्डा बनाएका छन् ।
आफ्नो पक्षमा मत पार्न पृथक प्रचार शैली अपनाउँदै प्रत्याशी
प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै चुनावी प्रतिस्पर्धामा होमिएका उम्मेदवार पनि प्रचारप्रसारमा व्यस्त छन् ।
क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम
क्यानडाको ओटावास्थित नेपाली दूतावासले नेपाल पर्यटन बोर्डसँगको समन्वयमा टोरन्टोमा हालै प्रवर्द्धनात्मक कार्यक्रम ‘नेपाल इभिनिङ’ आयोजना गरेको छ ।
सहकारीको ऋण तिर्न ऋणीलाई प्रहरीको सूचना
सहकारीमा बचतकर्ताको रकम हिनामिना गर्ने सञ्चालकमाथि कारबाही भइरहेका बेला अब ऋण लिएर नतिर्ने ऋणीहरू पनि कानुनी दायरामा आउने भएका छन् ।
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले लोकतन्त्रको स्थायित्व र सुशासनका लागि हुन गइरहेको निर्वाचनको महायज्ञलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने वातावरण बनाउन सबै राजनीतिक दल र उम्मेदवारलाई अपिल गर्नुभएको छ ।
रास्वपामा आन्तरिक लोकतन्त्र समाप्त भएको आरोप, पूर्व नेताद्वारा विवेकपूर्ण मतदानको अपिल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका नेताले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा विचार गरेर मात्र मतदान गर्न आग्रह गर्नुभएको छ।
बाघ गणनामा प्रयोग राखिएका ६० क्यामेरा हराए
चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनामा प्रयोग गरिएका ६० वटा क्यामेरा हराएका छन्।
७० कृतिसहित चिराग-शिवाङ्गिनीको ‘बिटविन टु वर्ल्ड्स’ प्रदर्शनी सुरु
कलाकार चिराग वाङ्देल र शिवाङ्गिनी राणाको संयुक्त कला प्रदर्शनी ‘बिटविन टु वर्ल्ड्स’ शुक्रबारदेखि नेपाल आर्ट काउन्सिल, बबरमहलमा सुरु भएको छ।
विकास मेरो प्राथमिकताः डा. शाक्य
नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नम्बर–९ का उम्मेदवार डा. अजयक्रान्ति शाक्यले मतदाताहरूमा आफ्नो लागि ठुलो उत्साह र भरोसा पाएको बताउनुभएको छ । ‘काठमाडौं क्षेत्र नम्बर–९ का बुद्धिजीवी र आम नागरिकले एक जना प्राज्ञिक, विकासको स्पष्ट खाका बुझेको र कार्यन्वयन गर्न सक्ने विज्ञ व्यक्तित्वलाई उम्मेदवारको रूपमा पाएको बताउनुभएको छ ।
सुख्खा मौसम सुरु भएसँगै आगलागीका घटना बढ्दै
सुख्खा मौसम सुरु भएसँगै नेपालमा आगलागीका घटना बढ्दै गएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का अनुसार फागुन ७ देखि ८ गतेसम्म देशभर १२ वटा विपद् घटना भएका छन्, जसमा अधिकांश आगलागीका घटना हुन्।
नेपाली संस्कृतिमा भैरवको स्थान
भैरव शब्दको अर्थ भयानक, डरलाग्दो भन्ने बुझिन्छ । भैरवसँग काल पनि डराउँछ, त्यसैले काल भैरव भनियो भनिन्छ । भैरव हेर्दा डरलाग्दो, भयानक अनुहार, डर, त्रासको रक्षा र न्यायका देवता मानिन्छ । विशेष गरी भैरवको मुकुण्डो कालो र गाढा निलो बढी देखिन्छ । रातो, सेतो, पहेँलो र फिक्का निलो आकासे रङको प्रयोगमा पनि देखिन्छन् । खास गरी भैरवको मूर्तिमा कानदेखि गला
प्रेसर कुकर [कथा]
तल, निकै तल चर्को सुस्साहटसाथ हतार गर्दै कुदिरहे झैँ लाग्थ्यो कर्णाली नदी । त्यही कर्णालीको भिर समातेर बसेको थियो– जोगमानको घर । भिर समातेर बसेको भए पनि पीर समालेर कर्णालीमा सेलाउन कहिल्यै सकेको थिएन त्यो मक्किएको घरले । घरको थोत्रो भित्तामा लेखिएको थियो, “नौलो जनवादी क्रान्ति जिन्दा