धादिङमा बस दुर्घटना : १७ को मृत्यु, २८ घाइते (नामावलीसहित)
पोखराबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटनामा हुँदा १७ जनाको मृत्यु र २८ घाइते भएका छन् ।
‘निर्वाचन हुन्छ, शङ्का नगर्नूस्’
गोरखापत्र संस्थान अन्तर्गत रहेका विभिन्न प्रकाशनमा आबद्ध सञ्चारकर्मीका लागि निर्वाचन समाचार अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । निर्वाचन आयोगसँगको सहकार्यमा गोरखापत्र संस्थान अन्तर्गत गोरखापत्र एकेडेमीले कार्यक्रमको आयोजना गरेको हो ।
सबै दलका नारामा सुशासन
फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले घोषणापत्र सार्वजनिक गरेका छन् । आवधिक निर्वाचनभन्दा दुई वर्षअघि नै हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको जग भ्रष्टाचार अन्त्य, सुशासन कायम गर्ने, सरकारी सेवा डिजिटल माध्यमबाट सहज र सर्वसुलभ सेवा हो । गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनको मूल मुद्दा यही हो ।
प्रेस इन्स्टिच्युटमा काफ्ले
नेपाल प्रेस इन्स्टिच्युटको अध्यक्षमा वरिष्ठ पत्रकार कपिल काफ्ले चयन हुनुभएको छ । आइतबार सम्पन्न इन्स्टिच्युटको २० औँ साधारण सभाले उहाँलाई अध्यक्षमा चयन गरेको हो ।
पूर्वाधार विस्तारको पर्खाइमा विराटनगर
राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा कोशी प्रदेशको राजधानीसमेत रहेको विराटनगरको औद्योगिक ताज फर्काउने प्रतिबद्धता व्यक्त गरेका छन् । तर ती प्रतिबद्धता कार्यान्वयनमा भने शङ्का छ ।
समृद्धिको जडी तितेपाती पनि
नेपालका अधिकांश स्थानमा पाइने प्रमुख वनस्पति तितेपाती बहुगुणीय औषधी मात्रै होइन, यो आर्थिक समृद्धिको पनि जडी बन्न सक्छ । पूजाआजा र श्राद्धमा प्रयोग हुने तितेपाती पशुलाई सोत्तरदेखि मानव स्वास्थ्य रक्षकसँगै सौन्दर्य प्रशाधन– अत्तरका रूपमा प्रयोग गरेर आर्थिक समृद्धिको जडी बनाउन सकिने जानकारहरू बताउँछन् ।
धादिङमा बस दुर्घटना १७ को मृत्यु , २४ घाइते
धादिङ बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते हुनुभएको छ । गए राती करिब १:३० बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँ पालिका- ५ भैंसिगौडा स्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाण्डौतर्फ आउदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशुली नदीको किनारमा खसेर दुर्घटना भएको हो।
आदिबासी अधिकारबारेमा महासंघको विमर्स
नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) ले राजनीतिक दलहरुको चुनावी घोषणापत्रमा आदिबासीको सवाल समेटिएको आधारपत्रबारेमा संवाद कार्यक्रम गरेको छ ।
सन् २०४५ सम्म ‘नेटजिरो उत्सर्जन’ राष्ट्र बनाउने कांग्रेसको प्रतिबद्धता
ऊर्जा, यातायात, उद्योग र पूर्वाधार क्षेत्रमा संरचनागत सुधार गर्दै सन् २०४५ सम्म नेटजिरो उत्सर्जन राष्ट्र बनाउने राष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गरिने नेपाली कांग्रेसले जनाएको छ ।
हिमालयन डुओ चेसमा सान्टा जेभियरलाई सफलता
अभिक शाह र अनिश प्रसाईको टिम सान्टा जेभियरले दोस्रो हिमालयन डुओ चेसको उपाधि जितेको छ ।
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा
नेपालमा पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति शीघ्र कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ ।
निर्वाचनको विकल्प निर्वाचन नै हो : प्रमुख भण्डारी
फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता शिक्षाका लागि गोरखापत्र संस्थानले आइतबार अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको उदघाटन निर्वाचन आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गर्नुभयो ।
गृहमन्त्री अर्यालद्वारा ‘रासस मिडिया सङ्ग्रहालय’ अवलोकन
गृहमन्त्री ओमप्रकाश अर्यालले ‘रासस मिडिया सङ्ग्रहालय र समाचार बुलेटिन कक्ष’ को अवलोकन गर्नुभएको छ ।
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन
सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध गराउन स्वास्थ्य संस्था (अस्पताल)लाई निर्देशन दिएको छ ।
सुदूरपश्चिम र गण्डकीलाई हक्की उपाधि
सुदूरपश्चिम र गण्डकी प्रदेशले दोश्रो राष्ट्रिय हक्की प्रतियोगिताको उपाधि जितेको छ । सुदूरपश्चिम पुरुष र गण्डकी महिलामा च्याम्पियन बनेको हो ।
नेप्से परिसूचक २७ अङ्कले घट्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ ।
बिदामा सौराहा सफारी
हाम्रो जीवनमा यात्राले विशेष स्थान राख्दो रहेछ । यात्राबाट नयाँ ठाउँ घुम्न, हेर्न, त्यहाँका बारेमा थाहा पाउन, नयाँ संस्कार सिक्न र नयाँ अनुभव पाउन सकिन्छ । म पनि तिहारको बिदामा सपरिवारसाथ काठमाडौँबाट चितवनको प्रसिद्ध पर्यटकीय स्थल सौराहा घुम्न गएँ ।
हाइकिङको मज्जा
मलाई लाग्छ– जीवनका केही क्षण यस्ता हुन्छन्, जसलाई सम्झन न कुनै पुरस्कार न त विशेष कारण नै चाहिन्छ । त्यस्तो क्षण केवल मनले चाहन्छ र आत्माले सम्झनामा सजाएर राख्छ । यसै सन्दर्भमा मेरो विद्यार्थी जीवनमा पनि एउटा यस्तो अनुपम दिन रह्यो, जसलाई आज म उल्लेख गर्दै छु । त्यो हो– मालीगाउँ र डोलेश्वरको पदयात्रा । विद्यालयले आयोजना गरेको त्यो
सालको पात टपरी गाँसेर...
नेपाली समाजमा यी र यस्ता अनेकौँ लोकगीत छन् । जहाँ सालको पात र त्यसबाट बन्ने दुना–टपरीको सन्दर्भ आउँछ । नेपाली सनातन धर्मावलम्बीको जन्मदेखि मृत्युसम्मका कर्ममा सालको पात प्रयोग अनिवार्य मानिएको छ । नामकरणदेखि अन्नप्राशन, व्रतबन्ध र विवाहसम्म तथा मृत्यु संस्कारदेखि श्राद्धसम्मका कर्ममा सालबाटै बनेको पात्र (भाँडा) प्रयोग हुन्छ ।
मनहरीको बिजौनामा यात्रुवाहक बस दुर्घटना, २२ जना यात्रु घाइते
पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनास्थित सडकमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् ।
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
बागमती प्रदेशमा निर्वाचन गतिविधि तीव्र
आसन्न प्रतिनिधि सभा निर्वाचनको तयारी बागमती प्रदेशका विभिन्न जिल्लामा तीव्र बनाइएको छ । जिल्लास्थित निर्वाचन कार्यालयले निर्वाचन व्यवस्थापनको तयारीसँगै निर्वाचनमा उम्मेदवार बनेका र राजनीतिक दलहरूले आन्तरिक एवं बाह्य तयारीलाई तीव्र बनाएका हुन् । निर्वाचन कार्यालयले निर्वाचन सामग्री, निर्वाचन अधिकृतको कार्यालय कर्मचारी व्यवस्थापन र जिल्ला प्रशासन कार्यालयसहित सुरक्षाका निकायले सुरक्षा रणनीति र योजना बनाउँदै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी गरिरहेका छन् ।
यातायातको नीतिगत सुधारमा उम्मेदवारको जोड
प्रतिनिधि सभामा यातायात व्यवसायीको प्रतिनिधित्व गर्ने भन्दै उम्मेदवार बनेका व्यवसायीले यातायात क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर प्रचारप्रसारमा जुटेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनमा विभिन्न पार्टीबाट प्रत्यक्षतर्फको उम्मेदवार भएका करिब आधा दर्जन व्यवसायीले सार्वजनिक यातायात क्षेत्रलाई विश्वसनीय, भरपर्दो र प्रविधियुक्त बनाउने प्रतिबद्धता गरेका छन् ।
धवलागिरी प्रादेशिक अस्पतालमा मनोरोग उपचार सेवा सुरु
बागलुङको धवलागिरी प्रादेशिक अस्पतालले मनोरोगसम्बन्धी परामर्श र उपचार सेवा सुरु गरेको छ।