नियमित खोप मार्फत एचपिभीविरुद्धको खोप दिने तयारी
सरकारले राष्ट्रिय खोप कार्यक्रम मार्फत पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप सञ्चालन गर्न लागेको छ ।
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।
नेप्से परिसूचकमा १३ अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्ज परिसूचक १३ दशमलव ८८ अङ्कले घटेर दुई हजार ५८१ दशमलव २१ को बिन्दुमा कायम भएको छ ।
दोलखाको पशु सेवा कार्यालय : जग्गा छ, भवन छैन
दोलखाका सदरमुकाम चरीकोटमा रहेको पशु सेवा कार्यालय विगत लामो समयदेखि भवन नहुँदा सेवा प्रभावित बनेको छ ।
७० औँ बार स्थापना दिवस मनाइयो
नेपाल बार एसाेसिएसनले आज ७०औँ स्थापना दिवस मनाएको छ ।
भरतपुरमा कविता तथा संस्कृति विमर्श गोष्ठी
नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा चितवनको भरतपुरमा एकदिवसीय कविता तथा संस्कृति विमर्श गोष्ठी सम्पन्न भएको छ ।
ज्वालामुखीको राष्ट्रपति रनिङ शिल्डको उपाधि त्रिपुरासुन्दरी माविलाई
ज्वालामुखी गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि त्रिपुरासुन्दरी माध्यमिक विद्यालयले हात पारेको छ ।
संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना
जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको नेपाली सेनाले उल्लेख गरेको छ ।
विपद् व्यवस्थापनमा नयाँ दृष्टिकोणसहित पूर्वतयारी र पूर्वानुमानलाई जोड दिऔंः गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वानुमानमा आधारित पूर्व कार्य तर्फ रूपान्तरणको यात्रा सरकारले सुरु गरिसकेको बताउनुभएको छ ।
नेपाली विद्यार्थीले बिना धितो एक लाख डलरसम्मको शैक्षिक ऋण पाउने
नेपाली विद्यार्थीले विदेशमा पढ्न अब धितोको झन्झट झेल्न नपर्ने भएको छ । नेपालमै पहिलोपटक, एमपावर फाइनान्सिङ नामक अमेरिकी संस्थाले स्नातकोत्तर अर्थात् पोस्टग्राजुएट तहका विद्यार्थीका लागि बिना धितो र बिना जमानी अधिकतम अमेरिकी डलर एक लाख (झण्डै एक करोड ३० लाख रुपियाँ) सम्मको शिक्षा ऋण सुविधा ल्याएको छ ।
सुनचाँदीको मूल्य हालसम्मकै उच्च
नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज तीन हजार चार सयले बढेर सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताउनुभएको छ ।
सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ । ११२६ मिटर लम्बाइ भएको सुरुङ निर्माण सम्पन्न भएको छ ।
मुग्लिङ–मलेखु सडकखण्ड,चार पुल सम्पन्न, दुई वटा बन्दै
पृथ्वी राजमार्ग अन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका छ वटामध्ये चार वटा पुलको निर्माण पूरा भएको छ । निर्माण पूरा भएका पुलमा एप्रोच सडक निर्माण धमाधम भइरहेको छ भने हुग्दी
अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र
अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको छ ।
यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत
राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेद्वारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले सोमबारका लाागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ५४ पैसा र बिक्रीदर १४३ रुपियाँ १४ पैसा निर्धारण गरिएको छ ।
दुई अर्ब पचास करोड रुपियाँ अनिवार्य
सहकारी बैङ्कहरूले न्यूनतम चुक्ता पुँजी दुई अर्ब ५० करोड रुपियाँ अनिवार्य पु¥याउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैङ्कले सहकारी बैङ्कका लागि निर्देशन, २०८२ जारी गर्दै पुँजी, कर्जा, तरलता र जोखिम व्यवस्थापनसम्बन्धी नयाँ व्यवस्था लागु गरेको हो ।
पुनः एकीकरण कार्यक्रम प्रभावकारी भएन : अध्ययन
सरकारले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकका लागि सञ्चालन गरेको पुनः एकीकरण कार्यक्रम प्रभावकारी हुन नसकेको पाइएको छ । वैदेशिक रोजगारीमा गएर फर्किएका युवाको काम गर्ने संस्कार, पुँजी, सिप र अनुभवलाई राष्ट्रिय उत्पादनसँग जोड्ने विषय नीति उल्लेख गरिए पनि व्यवहारमा हुन नसकेको अध्ययनले देखाएको छ ।
बागमतीमा फोहोर सङ्कलन गर्न ‘ट्रास ब्यारियर’
बागमती नदी सरसफाइका लागि आधुनिक प्रविधिको प्रयोग आरम्भ गरिएको छ । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदीमा फालिएका तैरिने फोहोर पदार्थ सङ्कलन गर्न ट्रास ब्यारियर राखेको हो ।
लामिछाने पुनः कार्यकारी भूमिकामा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टीको कार्यकारी (सभापति) जिम्मेवारीमा फर्किनुभएको छ । आइतबार बसेको पार्टीको ६४ औँ केन्द्रीय कमिटीको बैठकमा पार्टीका कार्यवाहक सभापति डिपी अर्यालले आफूले समाल्दै आएको कार्यकारी सभापतिको जिम्मेवारी लामिछानेलाई हस्तान्तरण गर्नुभएको थियो ।
अनुदानका लागि प्रस्ताव मागियो
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै गाउँपालिका र नगरपालिकालाई आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय सरकारले स्थानीय तहलाई प्रदान गर्ने समपूरक अनुदान र विशेष अनुदानका लागि कार्यक्रमको प्रस्ताव पेस गर्न आग्रह गरेको छ ।
आइपुगेन उपचार शोधभर्नाको विवरण
जेनजी आन्दोलनका घाइतेको उपचार गर्ने ८० अस्पतालमध्ये २३ वटा अस्पतालले मात्र उपचार खर्चको शोधभर्नाका लागि विवरण पठाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपत्कालीन तथा विपत् व्यवस्थापन एकाइ (एचइओसी) ले ८० वटै अस्पताललाई शोधभर्नाका लागि सम्पूर्ण विवरण पठाउन आग्रह गरेको थियो ।
‘ओभरस्टे’ को अवधारणा शरणार्थीलाई लागु नहुने
सामूहिक पुनर्वास कार्यक्रम स्थगनपछि नेपाल सरकारले ‘एक्जिट पर्मिट’ नदिँदा रोकिएका भुटानी शरणार्थीले प्रक्रियासम्मत रूपमा तेस्रो मुलुक जाने अनुमति मागे अनुमति प्रदान गर्न सर्वोच्च अदालतले सरकारलाई परमादेश आदेश जारी गरेको छ ।