क्रिकेटले खुसी र फुटबलले दुःखी बनाएको वर्ष
अहिले हरेक क्षेत्र केही स्वर्णिम अध्याय जोडिने आशामा नयाँ उमङ्ग र आशाका साथ २०८३ साललाई स्वागत गर्न तम्तयार छ । खेलकुद पनि यसको अछुतो हुने छैन तर पनि हरेक क्षेत्रमा बितेको वर्षको पृष्ठपोषण त हुन्छ नै । त्यसैले सङ्क्षिप्त रूपमा २०८२ सालमा भएका नेपाली खेलकुद गतिविधिलाई फर्केर हेर्ने छौँ ।
ठड्याइयो बिस्काः जात्राको आकर्षण ‘योसिं’
बिस्काः जात्रामा प्रमुख आकर्षणका रूपमा रहेको भैलः (भैरवनाथ) को प्रतीक मानिने लिङ्गो (योसिं) तान्त्रिक विधि अनुरूप पूजाअर्चना गरी सोमबार उठाइएको छ । बिस्काः जात्राको चौथो दिन पुरानो वर्षको बिदाइको पूर्वसन्ध्यामा भेलुखेल योसिंखेलमा लिङ्गो ठड्याइन्छ । सयौँ युवाले डोरीको सहायताले तानेर ५५ हात लामो लिङ्गो उठाएका थिए ।
हर्षोल्लासपूर्वक मनाइँदै नयाँ वर्ष
समयको गतिसँगै २०८२ सालको बिदाइपछि नयाँ वर्ष २०८३ सालको आगमन भएको छ । वर्षको पहिलो महिनाको पहिलो दिन वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाइन्छ । साथीभाइ तथा आफन्तजनसँग भेटघाट गरेर नयाँ वर्ष मनाउने चलन छ ।
नयाँ वर्षको पहिलो सूर्योदय (फोटो फिचर)
आज (मङ्गलबार)देखि विसं २०८३ प्रारम्भ भएको छ। नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा लिने गरिन्छ। वर्षको पहिलो दिन आज देशभर एकआपसमा शुभकामना आदानप्रदान गर्दै हर्षोल्लासका साथ मनाइँदैछ।
घरजग्गा कारोबार तीन वर्षयताकै उच्च विन्दुमा
घरजग्गा कारोबार तीन वर्षयताकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०८१/८२ को चौथो त्रैमासमा कारोबार उल्लेख्य रूपमा बढ्दै बजारमा पुनः चहलपहल देखिएको हो । राष्ट्र बैङ्कले गरेको रियलस्टेट कारोबारको वर्तमान अवस्था तथा प्रवृत्तिसम्बन्धी अध्ययनका अनुसार पछिल्लो अवधि अर्थात् अघिल्लो आव २०८१/८२ मा करिब १५ अर्बसम्म पुगेको देखिएको छ । आव २०७७/७८ देखि २०८१/८२ सम्म घरजग्गा कर्जा ७२.४१ प्रतिशत र आवासीय कर्जा ६१.५५ प्रतिशतले वृद्धि भएको सो अध्ययनले देखाएको छ । घरजग्गा क्षेत्रबाट प्राप्त सरकारी राजस्व आव २०७८/७९ को पहिलो त्रैमासमा २३.७ अर्बसम्म पुगेको थियो । त्यसपछि घट्दै २०७९/८० को पहिलो त्रैमासमा ८.२ अर्बमा झरेको देखिएको छ ।
पानीको गुणस्तरमा नयाँ मापदण्ड
सरकारले बजारमा उपलब्ध पिउने पानीको गुणस्तर सुनिश्चित गर्न र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले नयाँ मापदण्ड जारी गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पिउने पानीको बोतल तथा जारको लेबलिङ र गुणस्तर नियमनसम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
पेट्रोलियममा उच्च मूल्य बढेको वर्ष
एक वर्षको अवधिमा बजारमा पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको मारमा नेपाली उपभोक्ता परेका हुन् । एक वर्षको अवधिमा पेट्रोल लिटरमा ५६ रुपियाँ, डिजेल प्रतिलिटरमा ५८ रुपियाँ, हवाई इन्धन आन्तरिक लिटरमा ८८ रुपियाँ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डरमा एक सय रुपियाँ मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार २०८१ चैत अन्तिममा प्रतिलिटर १६३ रहेको पेट्रोलको मूल्य अहिले बढेर २१९ रुपियाँ पुगेको छ । यस्तै प्रतिलिटर १४९ रुपियाँ रहेको डिजेलको मूल्य बढेर लिटरमा २०७ रुपियाँ पुगेको छ ।
वैशाखका लागि पनि घट्यो ब्याजदर
मुद्दती निक्षेपको ब्याजदर निरन्तर घटाइरहेका वाणिज्य बैङ्कले नयाँ वर्षको सुरुवात पनि ब्याजदर घटाएरै गरेका छन् । बैङ्कहरूले २०८३ वैशाखका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।
अमेरिकी डलरको भाउ बढ्दा यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्यमा वृद्धि भएको छ ।
दलगत स्वार्थ त्यागी सहकार्य आवश्यक : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक र जनताको हितका लागि सबैले दलगत स्वार्थ र सीमाभन्दा माथि उठी सहकार्यका साथ अघि बढ्न आवश्यक रहेको धारणा राख्नुभएको छ ।
नयाँ वर्ष नवसङ्कल्पको अवसर : उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्षलाई केही नौलो कामको थालनी, सकारात्मक सोचको विकास, भ्रातृत्व भाव र स्वस्थ जीवनशैलीका लागि नवसङ्कल्प लिने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नयाँ वर्ष राष्ट्रिय सङ्कल्पको दिन : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न सङ्कल्प गर्ने दिनका रूपमा रहेको बताउनुभएको छ ।
प्राथमिकता तोकेर आयोजना कार्यान्वयन
प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशका प्रतिनिधि सभा सदस्यसँग संवाद गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बागमती प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदसँग छलफलपछि सातै प्रदेशका सांसदसँगको पहिलो चरणको संवाद सम्पन्न भएको हो ।
स्वकीय निरन्तरताको पहल गर्न सुझाव
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले संसद् सञ्चालन, विगतका अभ्यास तथा सचिवालय व्यवस्थापनलगायतबारे पूर्वसभामुखहरूसँग छलफल गर्नुभएको छ । दुई पूर्वसभामुखसँग अर्यालले सोमबार छलफल गर्नुभएको हो । छलफलमा संसदीय अभ्यास तथा विगतका परम्परालगायतमा कुराकानी भएका सभामुख अर्यालको सचिवालयले जनाएको छ । अर्यालले पूर्वसभामुख अग्निप्रसाद सापकोटा र देवराज घिमिरेसँग छलफल गर्नुभएको हो । विगतको अनुभव आदानप्रदानसँगै संसद्को विधायिकी प्रक्रियालाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको अर्यालको सचिवालयबाट जारी प्रेस नोटमा उल्लेख छ ।
बक्यौता नदिने निकायमा तालाबन्दी
भृकुटीमण्डपमा रहेको समाज कल्याण परिषद्को भवन, कोठा र हल प्रयोग गरेको बक्यौता नदिएपछि विभिन्न २० सङ्घ संस्थामा ताला लगाइएको छ । राजनीतिक पहुँचको आडमा वर्षौंसम्म बक्यौता नतिरेका निकाय, संस्थाको कार्यालयमा सोमबार ताला लगाएर परिषद् बक्यौता उठाउने प्रक्रियामा गएको हो । परिषद्का सदस्य सचिव सरोजकुमार शर्मासहित कर्मचारी प्रहरी भएर २० संस्थामा ताला लगाइएको हो ।
गोरखापत्रमा भाषा थप
गोरखापत्र संस्थानले गोरखापत्र दैनिकमा थप दुई भाषा समावेश गरी प्रकाशन गर्ने निर्णय गरेको छ । संस्थानको यो निर्णयसँगै गोरखापत्र दैनिकमा प्रकाशन हुने भाषाको सङ्ख्या ४८ पुगेको छ । संस्थानका कार्यकारी अध्यक्ष गोविन्दप्रसाद भण्डारीको संयोजकत्वमा गठित उच्चस्तरीय निर्देशक समितिको शुक्रबार सम्पन्न बैठकले लोपोन्मुख अवस्थामा रहेको सन्थाल र हायू भाषालाई गोरखापत्र दैनिकमा समावेश गर्ने निर्णय गरेको हो । नयाँ वर्षको प्रारम्भसँगै थप दुई मातृभाषाको पाठ्यसामग्री प्रकाशन प्रारम्भ गरिने संस्थानले जनाएको छ ।
रूपान्तरणको अध्याय
तीन दशकभन्दा लामो राजनीतिक चक्रव्यूह तोडेर युवा पुस्तालाई राजकीय नेतृत्व सुम्पिँदै विसं २०८२ बिदा भएको छ । सत्ताको ‘म्युजिकल चियर’ बाट देशलाई मुक्त गराई राजनीतिक स्थिरताको नवीन अध्यायका सकारात्मक सन्देशसहित मङ्गलबारदेखि २०८३ सुरु भएको छ । असीमित जनआकाङ्क्षा र परिवर्तनका चाहनानिम्ति देशले निकै ठुलो विध्वंसको सामना पनि गरेको छ ।
‘साइबर बुलिङ’ को सिकार बन्दै समाज
सरकारले आइतबार मन्त्रीपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेसँगै सामाजिक सञ्जालमार्फत विभिन्न अनर्गल प्रचारबाजी सुरु भएको छ । कतिपय उच्चपदस्थ व्यक्तिबारे नै व्यक्तिगत स्वाभिमानमै आँच पुग्ने गरी लाञ्छना, आक्षेप र चरित्र हत्याको प्रयास गर्ने काम भइरहेको छ । आफूलाई सञ्चारकर्मी बताउने पाँचथरका युट्युबर रोशन पोखरेलले सार्वजनिक रूपमा नै उच्च पदस्थ अधिकारी तथा राजनीतिक व्यक्तिमाथि अनर्गल प्रचार गरी सार्वजनिक गरेको भिडियो सन्देशले तरङ्ग सिर्जना ग¥यो । विवादस्पद रूपमा चरित्रहत्या गर्ने उद्देश्यले तयार पारिएको उक्त सामग्री युट्युबले हटाइदिएको छ । जेनजी युवा अमिशा पराजुलीमाथि प्रयोग गरिएका घृणास्पद शब्द, धाक, धम्की, अश्लील गालीगालौज सामाजिक सञ्जा
पत्रकार मञ्चको स्थापना दिवसमा दुई पत्रकार सम्मानित
यस वर्षको ‘स्व. गौरीनारायण श्रेष्ठ मध्यान्ह पत्रकारिता पुरस्कार’ पत्रकार शंकर अर्याललाई प्रदान गरिएको छ । सोमबार नेपाल पत्रकार मञ्चको २० औं स्थापना दिवसको अवसरमा काठमाडौंको बुद्धनगरमा आयोजित कार्यक्रममा करिब १४ वर्षदेखि पत्रकारितामा निरन्तर सक्रिय रहेका रातोपाटी डटकमका आर्थिक ब्युरो प्रमुख अर्याललाई सो पुरस्कार प्रदान गरिएको हो ।
गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबिच भेट
गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाड माओमिङबिच आज गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
अवैध रूपमा भित्र्याइएका कुखुराका चल्ला नष्ट
तराईका जिल्लाहरूमा बर्ड फ्लुको संक्रमण फैलिँदै गएको अवस्थामा संखुवासभामा लुकाइ भित्र्याइएका कुखुराका चल्ला नियन्त्रणमा लिई नष्ट गरिएको छ ।
लोकतान्त्रिक मूल्यमान्यता तथा कानूनी राज्यको मर्म पालना गर्नु आजको आवश्यकता : गृहमन्त्री
गृहमन्त्री सुधन गुरुङले लोकतान्त्रिक मूल्य र मान्यता, विधिको शासन तथा कानूनी राज्यको मर्मलाई पूर्ण रुपमा आत्मसाथ गर्दै राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी र प्रतिवद्ध भएर काम गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ ।
सभामुख अर्यालसँग यूएडीपी प्रतिनिधिको भेट
सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) की आवासीय प्रतिनिधि क्योको योकोसुकाले सभामुखको कार्यकक्षमा शिष्टाचार भेटघाट गर्नुभएको छ ।
स्वास्थ्यमन्त्री मेहतासँग नेपालका लागि जापानका राजदूत मायदा तोरूको शिष्टाचार भेट
स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानीमन्त्री निशा मेहतासँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।