बालविवाह अन्त्यका लागि साझा धारणा बनाएर कार्यगत एकरुपता कायम गर्न आयोगका अध्यक्षले प्रतिबद्धता व्यक्त गरेका छन् ।
करिब ५७ वर्ष अघि काठमाडौँ आएर मजदुरी गरी बस्नुभएकी सानुमाया क्षेत्रीले ७० वर्षको उमेरमा पनि नागरिकता पाउनुभएको छैन । पारिवारिक समस्याका कारण राजधानीमा आएर आफैँ गरी खान्छु भन्ने अठोट लिएर करिब १३ वर्षको उमेरमा काभ्रेबाट राजधानी छिरेको धमिलो सम्झना मात्र छ, उहाँसँग ।
“गर्व गरौँ छोरी जन्माउनमा” मूल नाराकासाथ यस वर्षको अन्तर्राष्ट्रिय बालिका दिवस हालै मनाइएको छ । दशौँ अन्तर्राष्ट्रिय बालिका दिवस, २०२२ मनाइ रहँदा कार्यक्रममा युनिसेफले गरेको एक विश्लेषणमा विश्वभर वार्षिक ७६ करोड ५० लाख बालिकाको बालविवाह हुनेगरेको देखिएको छ ।
तिहार फूलको पर्व हो। यो फूलै फूलको मौसम भएकाले चारैतिर फूलको बास्ना हुन्छ। तीमध्ये तिहारका लागि उत्कृष्ट फूल सयपत्री र मखमली हुन्।
अहिले म्यादी प्रहरीको तालिम चलिरहेको छ । असोज ३० देखि कात्तिक ८ गतेसम्म तालिम सञ्चालन हुनेछ । तालिम सकेको भोलिपल्ट अर्थात् कात्तिक ९ गतेबाट सुरक्षामा म्यादी प्रहरीलाई परिचालन गरिने प्रहरी प्रधान कार्यालयका प्रवक्ता टेकप्रसाद राईले बताउनुभयो ।
नक्कली नोट बेला–बेला बजारमा आउनेगरेकाले कारोबार गर्दा सचेत रहन सुरक्षाकर्मीले सर्वसाधारण सबैलाई आव्हान गरेको छ । कहिले नोटसँगै कारोबारी बजारमा आउँछन्, कहिले नोट मात्रै आउनेगरेको प्रहरीको भनाइ छ ।
पछिल्लो समय पूर्व प्रहरी कर्मचारीहरू अवकाश पछिको समय राजनीतिमा लगाउन थालेका छन् । हरेक क्षेत्रलाई राजनीतिले गाँज्न थालेपछि पूर्व सुरक्षा प्रमुखहरू पनि यस क्षेत्रमा तानिनुभएको हो । देशको विकृत राजनीतिलाई सही बाटोमा लग्ने र देश र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता उहाँहरूको छ ।
अगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि ७७ वटै जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता भएको छ । यसमा नयाँ पार्टीका नयाँ उम्मेदवारहरु पनि समाबेश भएका छन् । ती उम्मेदवारका लागि यो अवसर र चुनौती दुबै हो ।
यो सालको दशैँको घटस्थापना अर्थात् असोज १० देखि २२ गते शानिबारसम्म नेपालभर १३४३ सवारी साधन दुर्घटनामा परेको छ । सवारी दुर्घटनामा परी ९७ जनाको मृत्यु भएको छ भने १३९८ जना घाइते भएका छन् ।
एक युवतीलाई जबर्जस्ती करणीको आरोप लगेका क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।
विगतका वर्षमा जस्तै यस वर्ष पनि कैदी बन्दीको दशैँ खर्च तीन सय रुपियाँ छ । विभिन्न सेवा सुविधा वापतको रकम कम भएको भन्दै बढाउनुपर्ने माग उठे पनि दशैँ खर्च यथावत छ । बन्दी जिवन विताइरहेकाहरुले मिलिजुलि दशैँ मनाउँदै छन् ।
दशैँ मान्नका लागि चार दिनमा दुई लाख ५९ हजार १४७ जना यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । शानिबार काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्ने ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख किशोर तमाङ्गले बताउनुभयो ।
दशैं, तिहारका लागि आ–आफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले देशभर ‘रुट परमिट’ लागू गरेको छ । दशैँ पूर्णिमा असोज २३ गतेसम्मका लागि यात्रु आ–आफ्नो घर जान र फर्कन सजिलोका लागि यो व्यवस्था लागू गरिएको हो ।
फेसबुक म्यासेन्जरमा भिडियो कल गर्दै विभिन्न शारीरिक र मानसिक तनाव दिने गरेका घटनासमेत बढ्दै गएका छन्।
उपत्यका प्रहरीले चाडपर्वलक्षित सुरक्षा योजना तयार गरेको छ । दशैँ तिहार र छठलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा योजना तयार गरेको बताएको छ । काठमाडौं महानगरपालिका लक्षित सुरक्षा योजना असोज ४ गते अर्थात् मंगलबारदेखि लागू हुने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले बताउनुभयो ।