स्थानीय तहको निर्वाचन सकिएको छ। देशभर ३४ हजार ९५३ जना निर्वाचित जनप्रतिनिधिले आ–आफ्नो कार्यभार सम्हाल्नु भएको छ।
कपास खेती उत्पादन गर्न बजेटको व्यवस्थापन गरिएको छ, एक सय पाँच औद्योगिक ग्राम निर्माण गरिने, सुदूरपश्चिमको अत्तरियामा र कर्णलीको सुर्खेतमा जटिबुटी प्रशोधन केन्द्र स्थापन गर्ने गरिने छ ।
स्थानीय तह निर्वाचन २०७९ मा ३३१ जना थारु उम्मेदवार निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार नेपालभर सो संख्यामा थारु जनप्रतिनिधि निर्वाचित भएको देखिएको हो । कञ्चनपुरको कृष्णनगर नगरपालिकाको उपप्रमुखमा द्रोपती राना र वडा नम्बर ३, ६, ७ मा क्रमशः खेमराज चौधरी, बाबुराम चौधरी र घुम्मन चौधरी निर्वाचित हुनुभएको छ ।
प्रहरीले निर्वाचनको अवधिमा अवरोध गर्दा भएको तीन सय घटनाको छानबिन गरिरहेको छ । स्थानीय तह निर्वाचनलाई प्रभाव पार्ने गरी उच्छृङ्खल गतिविधि गर्दा भएको ती घटनाको प्रहरीले कारबाही थालेको छ ।
बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेमाथि प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।
स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने व्यवस्था छ। त्यसका लागि नयाँ मतदाता परिचय पत्र लिन आउने नागरिकलाई अनिवार्य मतदानसम्बन्धी शिक्षा दिएर पठाउने गरेको निर्वाचन आयोगले जनाएको छ।
काठमाडौं, वैशाख २७ गते। स्थानीय तह निर्वाचनको क्रममा मङ्गलबार राती १२ बजेपछि राजनीतिक दल र उम्मेदवारले गर्ने निर्वाचनको प्रचारप्रसार समाप्त भएको छ। निर्वाचन आयोगले गर्ने मतदाता शिक्षाका कार्यक्रम भने जारी रहने छन्। मतदानको समयभन्दा ४८ घन्टा अगाडि अर्थात् आज वैशाख २७ गते मङ्गलबार राति १२ बजेदेखि सुरु हुँदैछ। निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप सहज बनाउन, राजनीतिक दल तथा उम्मेदवारबाट हुने अवाञ्छित गतिविधिलाई रोक्न तथा मतदानका लागि सुरक्षित तथा भयरहित वातावरण सिर्जना गर्न निर्वाचनमा मौन अवधि आवश्यक भएको निर्वाचन आयोगले जनाएको छ। यस अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचार प्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न हुँदैन। यसैगरी, राजनीतिक दल वा उम्मेदवारका प्रचार प्रसारका सामग्री राखिएको भए तत्काल हटाउनु पर्ने छ। साथै कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचार प्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश प्रवाह गर्न पाइदैन। यस्तै, सूचना वा प्रचार प्रसारका सामग्री पोष्ट वा शेयर गर्न, गराउन नहुने हुँदा यसबमोजिम आचरण पालन गरिदिन सम्बन्धित सबैमा आयोगले आग्रह गरेको छ। उच्चस्तरीय टोली खटियोआयोगले निर्वाचन आचार संहिता उलङ्घन गर्ने विभिन्न दल, उम्मेदवार र व्यक्तिलाई आयोगमा प्राप्त उजुरी र जानकारीका आधारमा आचार संहिता विपरीत भएका कार्यहरु हटाउने आदेश दिने गरिएको जानकारी आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले बताउनु भयो। यसैगरी, आयोगले स्पष्टीकरण सोध्ने, सचेत गराउनेजस्ता कार्यहरु भइरहेका छन् भने प्राप्त जवाफको अध्ययन र छानबिनको कार्य भइरहेको जनाएको छ। निर्वाचन आचार संहिताको पूर्ण कार्यान्वयनका लागि आयोगले उल्लङ्घनका घट्नामा तत्काल कारबाही गर्न सक्ने अधिकारसमेत दिई १९ वटा उच्चस्तरीय टोली तुलनात्मक रुपमा संवेदनशील ठानिएका विभिन्न स्थानहरुमा परिचालन गरेको छ। यस्ता अनुगमन टोलीलाई निर्वाचनको गोपनीयतामा प्रतिकूल असर नपर्ने गरी निर्वाचनका कार्यसँग सम्बन्धित दृश्यको छायाङ्कन गर्न आवश्यकता अनुसार भिडियो क्यामेरा वा अन्य विद्युतीय उपकरण प्रयोग गरी दृश्य छायाङ्कन गर्न सक्ने र मौन अवधिमा आमसभा, कार्यशाला, गोष्ठी, सम्मेलन, भोजभत्तेर, पैसा बाँड्ने काम भए नभएको र सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिने काम भए नभएको अनुगमन गरी त्यस्तो कार्य भए÷गरेको पाइएमा तत्काल आवश्यक कारवाही गरी आयोगलाई जानकारी गराउने अधिकार दिइएको छ। यसैगरी, टोलीले मौन अवधिमा कुनै माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि गर्न नपाइने हुँदा सो अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिहरुको सम्बन्धमा निगरानी राख्ने छ। त्यस्तो गतिविधि हुन नदिने तथा मतदानको दिन मतदातालाई सुरक्षित रुपमा मतदान केन्द्रसम्म पुग्न र मतदान केन्द्रबाट फर्किन सक्ने वातावरण निर्माण गर्नुपर्ने भएकाले मतदातालाई कुनै पनि प्रकारको अवरोध हुन नदिन आवश्यक व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा सबै स्थानीय प्रशासनहरुलाई आयोगले निर्देशनसमेत दिएको छ। निर्वाचन आचारसंहिता उल्लङ्घनको अनुगमनका लागि विभिन्न तहमा संरचना बनाइएका छन्। आयोगका अनुगमन हेर्ने आयुक्तको संयोजकत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय तहमा निर्वाचन अधिकृतको संयोजकत्वमा स्थानीय तहको आचारसंहिता अनुगमन समितिको प्रबन्ध गरिएको छ। यी संरचनाका अतिरिक्त विशेष संवेदनशील मानिएका जिल्ला र पालिकामा विशेष अनुगमनका लागि अधिकार प्रत्यायोजन सहित विशेष अनुगमन टोली खटाइएको छ। सो टोलीले आचारसंहिता विपरीत दल र उम्मेदवारले झण्डा, चिन्ह र गाडी प्रयोग गरेमा, अनधिकृतरुपमा सामानको ओसारपसार वा नगद वा जिन्सी वितरण गरेको पाइएमा कब्जामा लिएर तत्काल कारबाही गर्न सक्ने अधिकार दिइएको छ। निर्वाचनमा सुरक्षाको प्रत्याभूति हुने गरी आवश्यक व्यवस्था मिलाइएको छ, जस अन्तर्गत नेपाली सेनासहित तीन घेराको सुरक्षा प्रबन्ध गरिएको छ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदाताले मत सङ्केत गर्दा विचार नपुर्याए ए मत बदर हुन सक्ने सम्भावना रहन्छ । मतदाताले मत सङ्केत गर्दा विचार पुर्याएर मतदान गर्नुपर्ने हुन्छ अन्यथा मत बदर हुन सक्छ ।
काठमाडौं, वैशाख २१ गते। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौंको तारकेश्वर नगरपालिकामा नगरस्तरीय घरदैलो अभियान सुरु भएको छ। निर्वाचन आचारसंहिताको पालना गर्दै विभिन्न राजनीतिक दलका उम्मेदवार घरदैलो अभियानमा जुटेका छन्। मतदाताको घरदैलोमा पुगेर उम्मेदवारले मत माग्ने कार्य गरिरहेका छन्। आ-आफ्नो योजनाका साथ उम्मेदवार चुनावी घरदैलो अभियान रहेका छन्। यस नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का रामेश्वर बोहरा, नेपाली कांग्रेसका हरिकृष्ण महर्जन, नेकपा (एकीकृत समाजवादी) का लवकुमार बस्नेत नगर प्रमुख पदमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। यसैगरी, जनता समाजवादी पार्टीका बाबुराम लामा, विवेकशील साझा पार्टीका महेशविक्रम कुँवर, नेपाल मजदुर किसान पार्टीका कुमार महर्जनसहित उम्मेदवार चुनावी मैदानमा छन्। नगरमा केही स्वतन्त्र उम्मेदवार छन्। उपप्रमुख पदमा एमालेका भवानी डोटेल धिताल, कांग्रेसका सिर्जना बुर्लाकोटी अर्याल, नेकपा माओवादी केन्द्रका धनलाल महर्जन चुनावी मैदानमा हुनुहुन्छ। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका सीमा राजवहाक, नेपाल मजदुर किसान पार्टीका इन्द्रकुमार बज्राचार्य उपप्रमुख पदमा उम्मेदवार हुनुभएको छ। यस नगरपालिकामा नेकपा समाजवादी र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ। माओवादी केन्द्रका उपप्रमुख पदका उम्मेदवार धनलाल महर्जनले कार्यालय व्यवस्थापन, पार्टी प्रवेश र मत माग्नेलगायतको कार्यक्रम भइरहेको बताउनुभयो। चुनावी तालमेलबाट आफ्नो समूहको विजय सुनिश्चित भएको दाबी महर्जनको छ। दुई दलले कतिपय वडामा चुनावी तालमेल पनि गरेका छन्। घरदैलो अभियान ठूलो वडामा दुई दिन र सानो वडामा एक दिनमै सक्ने तयारी गरिएको पनि महर्जनले जानकारी दिनुभयो। कांग्रेसबाट नगरप्रमुख पदका उम्मेदवार कृष्णहरि महर्जनका अनुसार, घर घरमा पुगेर मतदातासँग मत माग्ने कार्यक्रम जारी रहेको बताउनुभयो। यस नगरमा ११ वटा वडा रहेकाले क्रमशः कार्यक्रम अगाडि बढेको जानकारी दिनुभयो। जनताको विश्वास बढेकाले चुनाव जित्ने दाबी उहाँले गर्नुभयो। कांग्रेसबाटै उपप्रमुख पदका उम्मेदवार रहनुभएकी सिर्जना बुर्लाकोटी अर्यालले तारकेश्वर नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने योजनासहित अगाडि बढेको सुनाउनुुभयो। यस नगरमा पानीको समस्या रहेकाले त्यसलाई मुख्य मुद्दा बनाइएको छ भन्दै उहाँले नगरवासीले खानेपानी, शिक्षा, स्वास्थ्य, यातायात राम्रो बनाउन सल्लाह सुझाव दिएको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट नगरप्रमुख पदका उम्मेदवार रामेश्वर बोहराले पनि अन्य पार्टीजस्तै गरी घरदैलौ अभियान सुरु गरेको बताउनुभयो। उहाँले भन्नुभयो,‘‘एमालेका उम्मेदवारले उल्लासका साथ घरदैलो अभियान सुरु गरेका छौँ। आजबाट कार्यकर्ताले जनताको घरदैलोमा पुगेर मत मागिरहेका छन्।’’ यसअघि पनि प्रमुख पदमा विजयी हुनुभएका बोहराले भन्नुभयो, ‘‘यस पटक तारकेश्वरमा विजय हासिल गर्ने हो, एमाले विजय भएपछि यो ठाउँको मुहार फेरिने छ, हाम्रो विभिन्न काम गर्ने योजना छ।’’ कला र संस्कृतिले भरिपूर्ण तारकेश्वर नगरपालिकामा विभिन्न सम्भावनाको खोजी गरी जनतालाई रोजगारी दिने लक्ष्यसमेत रहेको भनाइ उहाँको छ। यसैबीच, काँग्रेसका वडा नम्बर ४ का वडा अध्यक्ष पदका उम्मेदवार हस्तबहादुर गुरुङसहितको वडाका उम्मेदवारले आफूले जितेमा गर्ने कार्यहरूको सङ्कल्प पत्रसहित मतदातासँग पुगेको जानकारी दिनुभयो। उता, सो वडामा एमालेले पहिलेकै वडा अध्यक्ष नरेन्द्रदास श्रेष्ठको समूहलाई पुनः टिकट दिएको छ। श्रेष्ठको टोलीले पनि घरदैलो अभियान सुरु गरेको छ। नेकपा (माओवादी) केन्द्रले ४ नम्बर वडामा हरिशरण गिरी ‘मिलन’ र राष्ट्रिय प्रजातन्त्र पार्टीले राजकुमार बोगटीलाई वडा अध्यक्ष पदमा उठाएको छ। सोही वडाका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सदस्य पदका उम्मेदवार सीताराम सञ्जेलले पार्टीको सल्लाह अनुसार, विकासलाई निरन्तरता दिन र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि अघि बढ्ने बताउनुभयो। उहाँले सबैभन्दा पहिले जनतालाई पानी खुवाउनुपर्ने आवश्यकता आफूले देखेको बताउनुभयो। तारकेश्वर नगरपालिकामा २०७४ को स्थानीय निर्वाचनमा एमालेले एउटा वडा अध्यक्षबाहेक सबैमा विजयी हासिल गरेको थियो। कांग्रेसले एउटा वडामा अध्यक्ष जितेको थियो। प्रमुख पदमा कांग्रेस दोस्रो र माओवादीको प्रमुख पदका उम्मेदवारले तेस्रो मत प्राप्त गरेका थिए। एमालेबाट फुटेर नेकपा (एकीकृत समाजवादी) पार्टी बनेकाले यस पटकको निर्वाचनमा एमाले, कांग्रेस र समाजवादी पार्टीका प्रमुख पदमा त्रिपक्षीय उच्च प्रतिस्पर्धा हुने देखिएको छ। उपप्रमुखका पदमा पनि कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान स्थानीय मतदाताको छ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ६८ वटा संस्थाले २० हजार पर्यवेक्षक खटाउने जिम्मा पाएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले अनुमानित संख्या पेश गर्न भनेकोमा अहिलेसम्मको विवरणअनुसार पर्यवेक्षकको संख्या २० हजार पुगेको निर्वाचन वैदेशिक शाखाका उपसचिव कमल भट्टराईले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्मको विवरणमा पर्यवेक्षकको संख्या २० हजार पुगेको हो ।
निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ‘कल सेन्टर’ को स्थापना गरेको छ । कल सेन्टरमा आएका जिज्ञासा तत्काल समाधान गर्ने गरेको कल सेन्टरका प्रमुख मधुसुदन पुडासैनीले बताउनुभयो ।
ललितपुर महानगरपालिकाको प्रमुख पदमा १० जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन आयोगको कल सेन्टरमा आएका जिज्ञासाको तत्काल समाधान गर्न थालेको छ । उम्मेदवारहरुको मनोनयनसँगै सेन्टरमा सर्वसाधारणले सम्पर्क गरेर जिज्ञासा राख्न थालेपछि आयोगले त्यसको समाधान गर्ने प्रक्रियालाई पनि अगाडि बढाएको छ ।
स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता आइतबार र सोमबार हुँदैछ । उम्मेदवारले आफ्नो मतदाता नामावली भएको स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ताका लागि नागरिकतादेखि पार्टीको सिफारिसपत्रसम्म आवश्यक पर्दछ ।
केन्द्रीय कारागार सुन्धाराको कारागार कारखानामा हातले बनाइएका बस्तुहरुको माग दैनिक जसो बढ्दै गएको छ । विगत ६२ वर्ष देखि हास्तनिर्मित उत्पादित बस्तुहरु बेच्न बजारमा माग बढ्दो रहेको कारागार कारखाना प्रमुख रामहरि ढुंगेलले बताउनुभयो ।