फेसबुक म्यासेन्जरमा भिडियो कल गर्दै विभिन्न शारीरिक र मानसिक तनाव दिने गरेका घटनासमेत बढ्दै गएका छन्।
उपत्यका प्रहरीले चाडपर्वलक्षित सुरक्षा योजना तयार गरेको छ । दशैँ तिहार र छठलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा योजना तयार गरेको बताएको छ । काठमाडौं महानगरपालिका लक्षित सुरक्षा योजना असोज ४ गते अर्थात् मंगलबारदेखि लागू हुने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले बताउनुभयो ।
मिटरव्याजी पीडितहरुले न्याय माग्दै सिंहदरवार घेराउ गर्ने चेतावनी दिएका छन् । लघु वित्तीय संस्थाविरुद्धको सङ्घर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले समयमा माग सम्बोधन नभए संघर्ष गर्न बाध्य हुने चेतावनी दिनुभयो ।
नेपाल प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीका अनुसार चाडपर्व लक्षित १९ बुँदे सुरक्षा योजना बुधबारदेखि लागू भएको हो । चाडपर्व लक्षित सुरक्षा योजना लागू गर्न निर्देशन मात्रै होइन मनिटरिङ्ग पनि हो उहाँले भन्नुभयो ।
विज्ञान र प्रविधिमा सामाजिक सञ्जालनकाे प्रयोग बढेसँगै साइबर अपराध पनि बढेको छ । ठगी गर्ने मनसायले सामान्य कुरा गर्ने र भिडियो कल गर्ने, त्यसपछि अश्लील दृश्य मिसाएर ब्ल्याक मेल गर्ने गरेको पाइएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलक्षित यातायात सुरक्षा असोज १ गतेदेखि लागू हुने जनाएको छ । चाडपर्व प्रत्येक वर्ष आउने भएकाले यात्रु सहजताका लागि ट्राफिक प्रहरी सदैव तयार रहने गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताउनुभयो ।
काठमाडौं, भदौ २२ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध दर्ता भएको किशोरी बलात्कारसम्बन्धी उजुरीमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ। बलात्कारसम्बन्धी उजुरीमाथि प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले संयुक्तरुपमा अनुसन्धान सुरु गरेको हो। प्रहरीले उजुरीमा उल्लेख गरिएको होटलका सिसिटिभी फुटेजको समेत अनुसन्धान गर्ने प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो। मैनालीका अनुसार लामिछानेमाथि किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरी वृत्त गौशालामा उजुरी दर्ता भएको हो। ‘लामिछानेविरुद्ध परेको उजुरीमाथि हामीले अनुसन्धान सुरु गरेका छौँ, यो सूक्ष्मरुपमा गर्नुपर्ने अनुसन्धान भएकाले अहिले नै धेरै कुरा भन्न मिल्दैन’, प्रवक्ता मैनालीले भन्नुभयो, ‘अहिले धेरै काम गर्न बाँकी छ।’उजुरीमा स्याङ्जाको आरु चौर गाउँपालिका स्थायी घर भएर काठमाडौं बुढानीलकण्ठ बस्ने लामिछानेले भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न होटलमा पीडितलाई लगेको उल्लेख छ। होटलमा लगेर भदौ ६ गते राति पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको छ। लामिछानेविरुद्ध उजुरी दर्ता भएपछि पीडितलाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर) मा लगेर स्वास्थ्य परीक्षण गराएको प्रहरीले बताएको छ। भदौ २१ गते प्रहरी वृत्त गौशालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान सन्दीप लामिछानेले भदौ ५ गते भक्तपुरका विभिन्न स्थानमा घुमाएर काठमाडौं ल्याएर रातको २३ः ५५ बजे काठमाडौं–९ स्थित एक होटलको कोठा नं. ३०५ मा भदौ ६ गते रातिको १२ः२५ बजे पटक पटक जबरजस्ती गरेको छ।’ सिसिटिभी फुटेज खोज्दै प्रहरीकप्तान लामिछानेमाथि लागेको बलात्कार आरोपको अनुसन्धानको क्रममा प्रहरीले थप प्रमाण खोज्न थालेको छ। उजुरीमा नाम उल्लेख गरिएका होटलका सिसिटिभी फुटेज चेक गर्ने जनाएको छ। ‘पीडितको तर्फबाट परेको जाहेरीमा उल्लेख भएको होटलको सिसिटिभी फुटेजमा होटलमा गएको भनिएको समयमा दुवै जना होटेलभित्र प्रवेश गरेको र चेक आउट भएको फेला पर्ने नपर्ने कुराको अनुसन्धान गर्न सिसिटिभी फुटेज चेक हुन्छ’, प्रवक्ता मैनालीले भन्नुभयो, ‘अनुसन्धान गर्न होटलको सिसिटिभी फुटेज चेक गर्छौ, अनुसन्धानमा कुनै कसर बाँकी रहने छैन।’ सबै प्रमाण सङ्कलन गरेपछि मात्र आरोपको विषयमा प्रहरीले बोल्न सक्ने उहाँको भनाइ छ। सन् २०१६ देखि नेपाली राष्ट्रिय टोलीमा खेल्दै आउनुभएका लामिछाने चर्चित इन्डियन प्रिमियम लिग, बिग बास लिग जस्ता अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्दै आउनुभएको छ । यसै वर्ष नेपाली राष्ट्रिय टोलीको कप्तान बन्नुभएका लामिछाने विश्व चर्चित क्रिकेटर हुनुहुन्छ ।
अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस यस वर्ष नेपालको ३३ जिल्लामा मनाइँदैछ । नेपाल पंक्षी संरक्षण संघको अगुवाइमा १४ औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस भदौ १६ गतेदेखि २२ गतेसम्म एक सप्ताहव्यापी रुपमा मनाइँदैछ ।
पशुपति मन्दिर परिसरमा भएकाे तीज कार्यक्रमकाे लागि दुई हजार ४०० प्रहरी परिचालन गरिएको छ । प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनालीका अनुसार मंगलबार विहानैदेखि पशुपतिनाथ क्षेत्रमा एक हजार २०० पहिलो सिफ्टका प्रहरी कर्मचारी तैनाथ छन् ।
कानुनी भाषामा आपराधिक लाभ लिन नहुने कुरालाई प्रहरीले बोलीचालीको भाषामा ‘हनी ट्रयाप’ भन्नेगरेको छ । मीठो बोली, राम्री युवती ‘रुपवती र कामुक’ को प्रयोग गरी गरिने अपराध भएकाले हनीजस्तै गुलियो भन्न ‘हनी’ शब्दको प्रयोग गरिएको हो ।
नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक स्वदेशमा नबन्ने भएपछि सबै विदेशबाट ल्याउने गरिएको छ । केही सामान्य नेपालमा उत्पादित कपडाबाहेक सबै विदेशमा उत्पादित कपडाको पोशाक प्रयोग हुनेगरेको प्रहरी प्रधान कार्यालयको भनाइ छ ।
हरेक कुरामा सुनिश्चितता नहुने भएकाले सुन भनेर पक्राउ गरेको पदार्थलाई सुनजस्तो पहेंलो धातु वा पदार्थ भन्नुपर्ने हुन्छ । हेर्दा ठ्याक्कै सुनजस्तो पहेंलो देखिने पदार्थ सुन भनेर पक्राउ गरे पनि कहिलेकाहीँ मिक्स भइदिने र प्रहरीको आँखाले छुट्याउन नसक्ने हुँदा सुनजस्तो पहेंलो पदार्थ वा धातु भन्ने प्रहरीको नियम रहेको पूर्व डिआइजी हेमन्त मल्लले बताउनुभयो ।
आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरी मिति घोषणा भएसँगै निर्वाचन आयोग, गृह मन्त्रालय र चार वटै सुरक्षा निकाय सुरक्षा कार्ययोजनाको तयारीमा जुटेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा नेपाल वायुसेवा निगमको जहाजबाट भारतको मुम्बईका लागि उड्न लागेका सन्तोष लामिछानेलाई प्रहरीको विशेष ब्यूरोले बुधबार दिउँसो पक्राउ गरेको छ।
आठ दिनमा नियम विपरित स्कुल बस चलाउने नौ जना चालक कारबाहीमा परेका छन् । मादक पदार्थ सेवन गरी सिट क्षमताभन्दा धेरै विद्यार्थी चढाएर विहानैदेखि गाडी चलाउने स्कुल बसका आठ जना चालकहरु कारबाही परेका हुन् ।