निर्यातयोग्य वस्तुका रूपमा रहेको स्वदेशी चियाको उत्पादन र बजारीकरण गर्न राष्ट्रिय चिया रणनीति तयार गर्न लागिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डले संयुक्त रूपमा चियाको राष्ट्रिय रणनीति बनाउन लागेका हुन् । चियाको उत्पादन वृद्धि गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात प्रवद्र्धन गर्ने गरी रणनीति बनाउन लागिएको हो ।
दूध उत्पादनको सिजनमै बजारमा अभाव देखिन थालेको छ । बजारमा माग बढ्दै गए पनि सोअनुसार उत्पादन नहुँदा सहर बजार क्षेत्रमा दूधको अभाव भएको हो । कोभिड–१९ का बेला बिक्री नभएर खेर गएपछि उत्पादन घटेकाले अहिले दूधको अभाव हुन थालेको हो । उत्पादनमा कमी आउनुका साथै ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध उच्च माग भएको सहरसम्म ल्याउन नसक्दा अभाव देखिएको हो ।
कच्चा पदार्थ अभावले मुलुकभरका ६० प्रतिशत मैदा मिल बन्द भएका छन् । भारतले गहुँको निर्यातमा रोक लगाएपछि अभाव भई मैदा मिल बन्द भएका हुन् । मुलुकभर ३८ वटा मैदा मिल रहेकामा हाल ४० प्रतिशत सञ्चालनमा रहेका र बाँकी पूर्ण रूपमा बन्द भएको मैदा उद्योग सङ्घले जनाएको छ । विगत आठ महिनादेखि गहुँको आयात रोकिँदा कच्चा पदार्थ अभाव भई मैदा मिल बन्द भएका हुन् ।
चालू आर्थिक वर्षको मध्यसम्ममा चामल आयात आधाले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो छ महिना (साउन–पुस)सम्ममा आठ अर्ब ८९ करोड ९२ लाख ६९ हजार रुपियाँको चामल आयात भएको छ । गत वर्ष सो अवधिमा १७ अर्ब ६० करोड ६८ लाख एक हजार रुपियाँको चामल आयात भएको थियो ।
नेपालले वैदेशिक व्यापार गरिरहेका १४८ मुलुकमध्ये २९ सँग व्यापार नाफामा रहेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको छ महिनासम्म नाफामा रहेका २९ देशमा नेपालबाट १० अर्ब ११ करोड १७ लाख २४ हजार रुपियाँ बराबरको वस्तु निर्यात भएको छ । सो अवधिमा ती मुलुकबाट नौ अर्ब २८ करोड २५ लाख ७७ हजार रुपियाँको सामान आयात भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न प्रकारका खाद्यान्नमा मापदण्ड तयार गरेको छ । चामल, कुखुराका दाना र रोल्ड ओट्सको मापदण्ड तयार गरी स्वीकृतका लागि मन्त्रिपरिषद्मा पेस गर्न लागेको हो । विभाग वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवं प्रवक्ता मोहनकृष्ण श्रेष्ठले स्तरोन्नति गरिएको चामल, कुखुराको दाना र रोल्ड ओट्सको गुणस्तर तयार गरेर स्वीकृतका लागि मन्त्रिपरिषद्मा पेस गर्न लागेको उहाँले जानकारी दिनुभयो ।
नेपाल र भारत सरकारबीच भएको सम्झौता (जीटुजी)अनुसारको सात हजार पाँच सय टन रासायनिक मल भित्रिएको छ । पहिलो चरणमा ३० हजार टनमध्येको मङ्गलबारसम्म सात हजार पाँच टन युरिया भित्रिएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । जीटुजीमार्फत पहिलो वर्षमा एक लाख ५० हजार टन मल ल्याउने समझदारी भएकोमा पहिलो चरणमा ३० हजार टन ल्याउन लागिएको हो ।
काठमाडौँको चोभारमा रहेको ‘चोभार सुक्खा बन्दरगाह’मा पार्किङ र गोदाम स्थल बनाउन लागिएको छ । व्यापार सहजीकरण
सहकारी संस्थाले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा ९० हजार क्विन्टल धान खरिद गर्न आशयपत्र पेस गरेका छन् ।
सरकारले प्रत्येक वर्ष किसानलाई राहत दिन धानमा न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने गर्छ । साना र सीमान्त किसानलाई लक्षित गरी सरकारले तोक्ने समर्थन मूल्यको लाभ भने उनीहरूले पाइरहेका छैनन् । सरकारले ढिलो समर्थन मूल्य तोक्दा, धान खरिद ढिलो सुरु हुँदा र समर्थन मूल्यमा धान बेच्न झन्झटिलो र खर्चिलो भएकाले किसानले लाभ लिन नसकेका हुन् । किसानबाट निकै कम मूल्यमा धान खरिद गर्ने व्यापारीले यसको लाभ लिइरहेको पाइएको छ ।
मल आपूर्तिका लागि भारत र नेपाल सरकारबीच (जीटुजी) भएको सम्झौता अनुसारको दुई हजार पाँच सय टन युरिया मल वीरगञ्ज आइपुगेको छ । पहिलो चरणमा ल्याइने ३० हजार टनमध्ये शनिबार दुई हजार पाँच सय टन मल नेपालमा भित्रिएको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । जीटुजीमार्फत पहिलो वर्षमा एक लाख ५० हजार टन मल ल्याउने समझदारी भएकोमा पहिलो चरणमा ३० हजार टन ल्याउन लागिएको हो ।
तीन वर्षपछि पुस १० गते आइतबारदेखि केरुङ नाकाबाट निर्यात खुला भयो । नेपाल सरकारले लामो समयदेखि आग्रह गर्दै आए पनि कोरोना महामारीको कारण देखाउँदै चीन सरकारले उत्तरतर्फका सबै नाका बन्द गरेको थियो । यसबीचमा आक्कलझुक्कल चीनबाट हुने आयात खुला भए पनि निर्यात भने तीन वर्ष पूर्ण रूपमै बन्द रह्यो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिनुभएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटे पनि सोही अनुसार नेपालमा मूल्य नघटेकाले तत्काल मूल्य घटाउन निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम जनतालाई राहत हुनेगरी मूल्य मूल्य कटौती गर्न बिहीबार वाणिज्य सचिवलाई प्रधानमन्त्रीले निर्देशन दिनुभएको जानकारी दिनुभयो ।
चालू आर्थिक वर्षको पाँच महिनामा खाने तेल (भटमास, पाम र सूर्यमुखी)को निर्यात तेब्बरले घटेको छ । अघिल्लो वर्षको तुलनामा चालू आवको पाँच महिनामा यी वस्तुको निर्यात तेब्बरले घटेर १८ अर्ब ८४ करोड रुपियाँमा झरेको छ । गत वर्ष पाँच महिनाको अवधिमा ६० अर्ब २७ करोड रुपियाँ बराबरको निर्यात भएको थियो ।
नियमविपरीत केही निजी डेरी उद्योगीले दूधको खुद्रा मूल्य प्रतिलिटर १४ रुपियाँ बढाएका छन् । डेरी उद्योग सङ्घको निर्देशन भन्दै केही डेरी उद्योगीले किसानको खरिद मूल्य बढेको वहानामा दूधमा प्रतिलिटर १४ रुपियाँ मूल्य बढाएका हुन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्देशनमा दुग्ध विकास संस्थान, राष्ट्रिय दुग्ध विकास बोर्ड, डेरी उद्योग, उत्पादकसहितको अध्ययन टोलीले सिफारिस गरेको मूल्यको आधारमा दूधको मूल्य बढाउने व्यवस्थाको अवज्ञा गर्दै सीमित निजी उद्योगीले एकलौटी ढङ्गबाट मूूल्य बढाएका हुन् । यस्तै अध्ययन टोलीको सिफारिसका आधारमा सरकारले यसअघि २०७८ माघ २८ मा सरकारले दूधको खुद्रा मूल्य ८६ रुपियाँ तोकेको थियो । यसलाई अवज्ञा डेरी गर्दै केही डेरीले दूधको मूल्य प्रतिलिटर एक सय पु¥याएको पाइएको हो । शनिबार बजारमा आधा लिटर दूधको प्याकेटमा ५० रुपियाँ मूल्य अङ्कित गरी पठाएका छन् ।