पशुलाई एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गर्दा आवश्यक मापदण्ड पूरा नगरे कारबाहीको भागिदारी बन्नुपर्ने नियमको कार्यान्वयन प्रभावकारी हुन सकेको छैन ।
कुकर तिहारका दिन घरपालुवा मात्र होइन, सामुदायिक कुकुरलाई पनि फूलमाला लगाइदिएर मिठो खान दिने परम्परा छ ।
नेपाल सरकारको आफ्नै लगानीमा निर्माण भइरहेको सूर्यविनायक–धुलिखेल सडकखण्डको काम समयमै सकिने सम्भावना कमजोर बन्दै गएको छ ।
ड्रोन भन्नेबित्तिकै धेरैले क्यामेरा बुझ्छन् तर यसको प्रयोग त्यतिमा मात्रै सीमित छैन । अरू देशमा विभिन्न क्षेत्रमा यसको व्यापक प्रयोग रहँदा नेपालमा पनि अत्यावश्यक मानवीय सहायता सेवामा यो प्रयोग हुन थालेको छ ।
दसैँमा विजयादशमीकै दिन ‘पिङ खेलेर भुइँ छोड्ने’ परम्परा ग्रामीण लोकपरिवेशको एउटा गहना हो तर नौ डाँडा थर्काउँदै चचहुई चचहुई गर्दै महोत्सवको स्वरूप
माझी जाति नेपाल सरकारद्वारा सूचीकृत ५९ आदिवासी जनजातिमध्ये पर्दछ । माछा मार्ने, डुङ्गा खियाउने, मर्चा बनाउने, खेतीपाती गरेर जीविकोपार्जन गर्ने गरेका माझी समुदायका आफ्नै खालका विशिष्ट रीतिरिवाज छन् । जन्मदेखि मृत्यु संस्कारसम्मका कार्यमा माझीहरूको आफ्नो विशिष्ट पहिचान रहेको छ ।
सहकारीबाट लिएको ऋणले अटो चलाएर पाँच जनाको परिवारको लालनपालन गर्ने काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ का कान्छा खत्रीको घर बाढीले पल्टाएको छ ।
तेमाल गाउँपालिका–२, ढडेन पाखाका ५० वर्षीय माइला तामाङ धुलिखेल अस्पतालमा उपचाररत हुनुहुन्छ तर उहाँ शøयामा नै झस्किरहनुहुन्छ । धेरैजसो समय एकोहोरो टोलाएर ‘बाढी खाजी ब्योङ्जी लु दिम फुब्जी लुजी लुजी’ (बाढी आयो बगायो घर भत्कियो पु¥यो, पु¥यो) भनेर चिच्याउँदै सहायता माग्नुहुन्छ । बुबाआमा, श्रीमती र नातिनातिनीको खोजी गर्नुहुन्छ । कोही नभेटेपछि भक्कानिएर आँसुको बाढी बगाउनुहुन्छ ।
काभ्रेपलाञ्चोकको कोलाती भूमिडाँडावासी यतिबेला घर न घाटको बनेका छन् । उनीहरूका दुःखका दिन अहिले सुरु भएको भने होइन । पहिले ढुङ्गामाटोले बनाएका घर २०७२ साल
अविरल घनघोर वर्षापछिको बाढीपहिरोमा परेर काभ्रेपलाञ्चोक जिल्लामा मात्र ३१ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् ।
गाउँठाउँमा प्रशस्त पाइने नाइट्रोजनको स्रोत एक विशेष प्रकारको लेउ जस्तै देखिने एजोला प्रयोग विधिबारे ज्ञान नहुँदा नेपाली किसानले वार्षिक करोडौँ रुपियाँ नोक्सानी बेहोरिरहेका छन् ।
आज र मैले भातै र खायो तिउन त गाभाको के माया गर्थ्यौ तिमीले साइँली म जस्तो जाबाको...’ – झलकमान गन्धर्व
काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका ढुङ्खर्कका किसान मोहनकृष्ण तिमल्सिनाको बारीभरि बन्दाकोबी र मुला बेच्न तयार छ । सिजनमा सबैभन्दा कम भाउ आउने तरकारीमा पर्ने बन्दाकोबीको न्यूनतम मूल्य कालिमाटीमा नै ५० रुपियाँ छ । तिमल्सिनाले ४० रुपियाँ प्रतिकिलोसम्ममा बेचिरहनुभएको छ । मुलाको सोचे जस्तो मूल्य नआए पनि २० रुपियाँ किलोमै बिक्री भइरहेको छ । तिमल्सिना जस्तै बनेपा नगरपालिका–२, नालाका दिवाकर दाहालले दसैँमा नयाँ आलु बजारमा ल्याउने गरी काम गरिरहनुभएको छ । अहिले बजारमा नयाँ आलुको ६० रुपियाँ किलोको बिक्री हुन्छ ।
अहिले स्थानीय तहमा मौलाएको नारा हो ‘सोइल टेस्ट’ अर्थात् माटोको परीक्षण । हरेक वर्ष स्थानीय तहले माटोको परीक्षणकै लागि भनेर लाखौँ रुपियाँ खर्च गर्दछन् । माटो परीक्षणपछिको नतिजा कस्तो आयो भनेर सार्वजनिक चाहिँ गरिँदैन तर सत्य के हो भने प्रतिवर्ष नेपालमा माटोको अवस्था बिग्रँदै गएको छ । मानिसले आफ्नो स्वास्थ्य जाँच नियमित रूपमा गराउँछन् होला तर आफूले दैनिक रूपमा उपभोग गर्ने खाद्यान्न, तरकारीबाली उमार्ने माटोको स्वास्थ्यका बारेमा भने त्यति धेरै ध्यान दिइँदैन । हामीले माटो
बनेपा नयाँ सहर होइन तर त्यहाँ परम्परागत हाटबजार पनि चलेन । हालै आएर मात्र बनेपाको लायकु दरबार प्राङ्गणमा हाट लाग्न थालेको छ । त्यसको जस भने आधुनिक मेला महोत्सवले लिएको छ । अरू बेला खेलकुद र सांस्कृतिक कार्यक्रम हुने बनेपाको लायकु दरबारको प्राङ्गण हालैका शुक्रबार लाग्न नपाउँदै तरकारी र अत्यावश्यक सामग्रीले भरिभराउ हुन थालेको हुन्छ । हाटबजारको नाम सुनेका तर अभ्यास नगरेका बनेपाली यहाँबाटै सामान खरिद बिक्री गर्न थालेका छन् ।