सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकामा प्रमुख चार दलका उम्मेदवार चुनावी घरदैलो अभियानमा छन् ।नगरप्रमुख र उपप्रमुखसहित वडाध्यक्षसम्मले आफ्नो पार्टी र आफूलाई मतदानका लागि आग्रह
स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा स्पान्योललाई ४–० गोलले हराउँदै रियल चार खेल अगावै च्याम्पियन बनेको हो ।
प्रतिकूल मौसमका कारण शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका २१ वटा उडान रद्द भएका छन् । आन्तरिक उडानतर्फ शनिबार १६१ उडान तोकिएकामा बिहानैदेखि ‘भिजिबिलिटी’ कम भएपछि उडान रद्द भएका हुन् । आठवटा उडानलाई अन्यत्रै डाइभर्ट गरिएको छ ।
स्थानीय तहको निर्वाचनका लागि ललितपुर महानगरपालिकाको प्रमुख पदका लागि नेपाली काँग्रेसका तर्फबाट चिरिबाबु महर्जन र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट हरिकृष्ण ब्यञ्जनकार मुख्य प्रतिस्पर्धामा हुनुहुन्छ ।
जापानका लागि पूर्वराजदूत केदारभक्त माथेमालाई जापान सरकारले ‘द अर्डर अफ द राइजिङ सन’ सम्मान प्रदान गर्ने भएको छ । नेपालस्थित जापानी दूतावासले शनिबार दिएको जानकारीअनुसार सन् २०२२ को स्प्रिङ इम्पेरियल डेकोरेसनअन्तर्गत माथेमालाई उक्त सम्मान प्रदान गर्न लागिएको हो । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध बलियो बनाउन भूमिका निर्वाह गरेबापत माथेमालाई पुरस्कार प्रदान गर्न लागिएको दूतावासले जनाएको छ ।
जिल्लाको सम्सी गाउँपालिकामा स्थानीय तह निर्वाचनको लागि खटाइएका निर्वाचन अधिकृतलाई हटाइएको छ । निर्वाचन अधिकृत दिलिप कुमार प्रधानलाई जिम्मेवारीबाट हटाई उक्त ठाउँमा वनोद कुमार दाहाललाई खटाइएको निर्वाचन आयोगले जनाएको छ ।
लामो समयपछि पूर्वमनसुन (प्रि मनसुन) लामै समयका लागि सक्रिय बनेको छ । हिउँदे मौसमपछि आक्कलझुक्कलमात्र प्रि मनसुनी वर्षा भइरहेको थियो । शुक्रबारदेखि भने प्रि मनसुन सक्रिय बनेको हो । ज
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आईसीटी डे)को अवसरमा नेपाल टेलिकमले ग्राहकलाई छुट तथा बोनस उपलब्ध गराउने भएको छ ।
भारतीय अतिक्रमणको पीडा सहँदै आएको पश्चिम नवलपरासीको सुस्तालाई जोड्नेगरी नारायणी नदीमा बन्न लागेको बहुप्रतीक्षित झोलुङ्गे पुल निर्धारित समयमा बन्न नसक्ने भएको छ ।
सुर्खेतस्थित प्रदेश अस्पताल देशभरकै उत्कृष्ट छनोट भएको छ । न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा प्रदेश अस्पताल उत्कृष्ट छनोट भएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सुरक्षागार्डको मासिक तलब तीन हजार मलेसियन रिङ्गेट बनाउन प्रस्ताव गर्नुभएको छ । मलेसियाको भ्रमणमा रहनुभएका मन्त्री श्रेष्ठले मलेसियाका गृहमन्त्री हमजाह विन जैनुदिनसँग शनिबार भएको भेटमा यस्तो प्रस्ताव गर्नभएको हो ।
नेपालले हात्ती संरक्षणका क्षेत्रमा गरेका कामको अन्तर्राष्ट्रिय जगत्ले सराहना गरेको छ । एसियाली हात्ती पाइने १३ वटा मुलुकका प्रतिनिधिको तेस्रो बैठकमा नेपालले संरक्षणका लागि निर्माण गरेका नीति, अवलम्बन गरेका कार्यक्रम उदाहरणीय भएको बताएका छन् ।
सिन्धुली जिल्लामा स्थानीय तहका उम्मेदवारले निर्वाचनमा जित आफ्नो पक्षमा पार्न घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।नौवटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा सत्तरूढ गठबन्धनका दलमध्ये नेपाली काँग्रेस पाँचवटा र नेकपा (माओवादी केन्द्र)ले चारवटा स्थानीय तहको प्रमुख तथा उपप्रमुखमा भागबन्डा गरी चुनावी तालमेल गरेका छन् । नेकपा एमाले सबै स्थानीय तहमा एक्लै चुनावी प्रतिस्पर्धामा
भारतको बथनाहाको परमाण नदीको पुल बिहीबारदेखि सञ्चालनमा आएको छ । चार लेनको यो पुल सञ्चालनमा आएसँगै विराटनगरका उद्योगी व्यवसायी उत्साहित बनेका छन् ।यो पुल कोलकाता बन्दरगाह र विराटनगर नाका जोड्ने मार्गमा पर्छ । ग
नेपाली सेनाले बस्तीमाथि रहेको ढुङ्गा हटाएपछि सिङ्गो बस्तीमा हुन सक्ने विपत् टरेको छ । नुवाकोटको दुप्चेश्वर–१ घ्याङफेदीस्थित नेगी गाउँको बस्तीमाथि रहेको ठूलो ढुङ्गा हटाउन नेपाली सेनाले ‘अपरेसन दुप्चेश्वर’ सञ्चालन गरेको थियो ।