• ३ असार २०८१, सोमबार

निर्वाचन अधिकृत हटाइए

blog

महोत्तरी, बैशाख १८ गते । जिल्लाको सम्सी गाउँपालिकामा स्थानीय तह निर्वाचनको लागि खटाइएका निर्वाचन अधिकृतलाई हटाइएको छ । निर्वाचन अधिकृत दिलिप कुमार प्रधानलाई जिम्मेवारीबाट हटाई उक्त ठाउँमा वनोद कुमार दाहाललाई खटाइएको निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचन आयोगको बैशाख १७ गतेको निर्णय अनुसार जिम्मेवारी हेरफेर गरिएको सूचना जारी गरेको छ । शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर सम्सी गाउँपालिकामा नेकपा माओवादीका नेता तथा कार्यकर्ताहरुले टायर बालेर धर्ना दिदै विरोध प्रर्दशन गरेका थिए । घटनापछि निर्वाचन अधिकृत हटाइएको आयोगले जनाएको छ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशनमा सम्सी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष सेष उमैद, वडा नं. २ का वडाध्यक्ष सेष मकसुद र वडा नं. ७ का वडासदस्य दशैं महतो नुनियाको नाम हटाएको भन्दै माओवादीका कार्यकर्ताले विरोध प्रर्दशन गरेका थिए । 

निर्वाचन अधिकृतको कार्यालय सम्सीले भने काुननी आधार र कागजात अपुग भएका कारण नाम हटाएको जनाएको छ । 




Author

नगेन्द्र कुमार कर्ण