आजकल यस्तो लाग्छ कि साउन महिना सुरु हुनु भनेको बजारमा हरिया, पहेँला पोते, चुरा र पहिरनहरूको सजिसजाउ हुनु। महिलाको सिउँदोमा सिन्दुर, निधारमा टीका र हत्केलामा मेहन्दी लगाउने रन्को बढ्नु हो। अवश्य पनि पौराणिक प्रचलन र संस्कारलाई हेर्ने हो भने साउन महिनामा देवी पार्वतीले कठोर तपस्या र साधना गरेर भगवान् शिवलाई प्रसन्न बनाएको प्रसङ्ग जोडिएर आउँछ। यसले श्रीमान्–श्रीमतीबीचको प्रेम र श्रद्धालाई कायम राख्न थप मद्दत अवश्य पुग्दछ तर भगवान् शिव र देवी पार्वतीको ध्यान, साधना, कल्याणकारिता सबै पक्षलाई बिर्सेर केवल शृङ्गार र शारीरिक सौन्दर्यतामा ध्यान दिएर मात्र, श्रीमान्का लागि प्रेम दर्शाएको भन्दा व्यावहारिक नहोला। त्यसमा पनि शिव मन्दिरको दर्शन गर्नु, शिवलिङ्गको पूजा गर्नुलाई वास्तविक अर्थ नै नबुझी व्याख्या र विश्वास गरिएको पाइन्छ । समर्थगुरु सिद्धार्थ औलिया बताउनुहुन्छ,
जिल्लामा सम्बन्ध विच्छेदको समस्या उच्च देखिएको छ। जिल्ला अदालत गोरखामा एक आर्थिक वर्षभित्र दर्ता भएका मुद्दामध्ये ४८.४३ प्रतिशत सम्बन्ध विच्छेदका मुद्दा रहेका छन्। जिल्ला न्यायाधीश दीनबन्धु बरालका अनुसार आर्थिक वर्ष २०७८/८९ मा मात्र ४३४ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन्। “बदलिँदो सामाजिक परिवेश, वैदेशिक रोजगार, मानसिक, शारीरिक कष्ट, मनमुटाव, घरेलु हिंसाजस्ता कारणले सम्बन्ध विच्छेदका घटना बढेको देखिन्छ,” उहाँले भन्नुभयो, “यसैगरी अनावश्यक शङ्का र सामाजिक सञ्जालको दुरुपयोगले पनि यसलाई बढ्न मद्दत गरेको छ।” सम्बन्ध विच्छेदका कारण जिल्लामा पारिवारिक कलह बढ्दै गएको आशङ्का उहाँको छ। सोहीअनुरूप सम्बन्ध विच्छेदका कारण र समाधानका उपायबारे समाजशास्त्रीले अध्ययन गर्नुपर्ने उहाँको भनाइ छ। सम्बन्ध विच्छेदका घटना कम गर्न सरोकारवालाले अभियान पनि चलाउनुपर्ने देखिएको छ।
बाराको चारकोसे जङ्गलभित्र रहेको टाँगिया बस्तीमा विद्युत् प्राधिकरणले गरिरहेको विद्युतीकरण तत्काल रोक्न बारा–पर्सा वन प्राविधिक सङ्घले माग गरेको छ। अतिक्रमण भएको टाँगिया बस्तीक्षेत्र समेटेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार लगत लिने कार्य सम्पन्न भइसकेको भन्दै बिहीबार कलैयामा आयोजित पत्रकार सम्मेलनमा बारा–पर्सा वन प्राविधिक सङ्घका अध्यक्ष राजदेवप्रसाद यादवले विद्युतीकरण रोक्न आग्रह गरिएको बताउनुभयो।
झापाको दमकमा निर्माण गर्ने भनिएको दमक ‘क्लिन’ औद्योगिक पार्क निर्माणमा ढिलाइ भएको आवाज उठ्न थालेको छ । पार्क निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गा धनीका साथै स्थानीयले पार्क निर्माणमा ढिलाइ भएको भन्दै यथाशक्य छिटो पार्क निर्माण थाल्न दबाब दिँदै आएका छन्।
वार्षिक बजेट तर्जुमा गर्दा करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा छानबिन गरिरहेको संसदीय विशेष समितिले प्रमाण फेला नपरेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको छ । बुधबार र बिहीबार दुई दिनसम्म प्रतिवेदनका अन्तर्वस्तुमा छलफल गरेर समितिले प्रतिवेदन तयार पारेको हो । प्रतिवेदन शुक्रबार सभामुखलाई बुझाउने तयारी समितिको छ । प्रतिवेदनका निष्कर्षका कतिपय विषयमा सत्तापक्ष र प्रतिपक्ष विभाजित भएका छन् ।
काठमाडौँको भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्को गोदामघरमा गत असार २९ गते आगलागी हुनुमा केही शङ्कास्पद गतिविधि भएको छानबिनको क्रममा पाइएको छ। आगलागीसम्बन्धी छानबिन गर्न गठित समितिले सो समयमा भएका शङ्कास्पद गतिविधि देखिएको उल्लेख गर्दै बिहीबार परिषद्समक्ष प्रतिवेदन बुझाएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकामा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलबिद्युत आयोजनाको सात हजार १२६ मिटर लम्बाइको सुरुङको अन्तिम ‘बे्रक थु’ गरिएको छ ।
कर्मचारी हेरफेर गरेको विरोधमा बिहिबार दुई पक्षबीच भएको विवाद रोक्न प्रहरीले १५ सेल टियर ग्याँस चलाएको छ ।
चितवनको जोरकुसुममा पार्कको डिलमा सफा गर्दै गरेका एक जना पुरुष नारायाणी नदीमा खसेर बेपत्ता भएका छन्।
निजी विद्यालयहरुले अत्यधिक शुल्क लिएको गुनासो आएपछि धरान उपमहानगरपालिकाले विद्यालयको स्थलगत अनुगमन गरेको छ । बुधबार उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईसहित शिक्षा महाशाखाले तीन वटा विद्यालयको अनुगमन गरेको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्कुटर चोरी गरेको आरोपमा एक जनालाई स्कुटरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको कुस्मा नगरपालिका–९ हातेमालो चोक घर भई हाल काठमाडौं माछापोखरी बस्ने २२ वर्षीय निरज थापा रहेका छन् । थापालाई बिहीबार ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले देशमा सुशासन नरहेको दाबी गर्नुभएको छ । बिहीवार काठमाडौंमा आयोजित डा. दीपकप्रकाश बास्कोटाद्वारा लिखित ‘निष्ठाको यात्रा’ नामक कृतिको लोकार्पण एवम् वैदिक नेपालको भविष्य नामक समारोहमा उहाँले यस्तो बताउनुभएको हो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नवनियुक्त भारतीय राजदुत नविन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ ।
उपचारमा लापरवाही भएर बालकको मृत्यु भएको भन्दै विरामीका आफन्तले भरतपुर अस्पतालका चिकित्सक र नर्सलाई कोठामा थुनेका छन् । भरतपुर महानगरपालिका १५ पार्वतीपुरका शोभा लम्साल र राम लम्सालको ३ महिने छोराले दुध खान नमानेपछि आज विहीबार विहान ९ः३० बजे उपचार गर्न अस्पताल ल्याउनुभएको थियो ।
प्रदेश र स्थानीय तहबीच समन्वय कायम तथा विवाद समाधानको व्यवस्था गर्न बनेको विधेयक सुदूरपश्चिम प्रदेश सभाबाट पारित भएको छ।