सवारी करको जरिवानास्वरूप लिन थालिएको दुई सय प्रतिशत जरिवाना गण्डकी प्रदेश सरकारले घटाएको छ। अब सवारी करमा २० प्रतिशत मात्रै जरिवाना लाग्ने भएको छ। चर्को जरिवानाको सडक र सदन दुवैतिर तीव्र आलोचना भएपछि प्रदेश सरकार निर्णय सच्चाउन लागेको हो।
नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष डा. दीपकप्रकाश बास्कोटाको आत्मकथा ‘निष्ठाको यात्रा’ लोकार्पण भएको छ। कार्यक्रममा नेपाली कांगे्रसका नेता अर्जुन नरसिंह केसीले डा. बास्कोटाको जीवन बहुआयामिक, ऊर्जावान्, हरेक क्षेत्रमा सक्रिय र लगनका साथ काम गर्ने व्यक्तित्वको पहिचान रहेको उल्लेख गर्नुभयो।
उपत्यकाका नेवार समुदायले चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदा एक महिना गुँला पर्व शुक्रबारदेखि सुरु हुने भएको छ। नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ। नेपाल संवत्अनुसार दसौँ महिनालाई गुँला भनिन्छ। गुँको अर्थ गुण गर्ने, अरूको उपकार गर्ने कामलाई जनाउने संस्कृतिविद् डा.चुण्डा बज्राचार्यले जानकारी दिनुभयो।
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रमा आङ डोमा शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । विहीबार भएको केन्द्रको सातौं महाधिवेशनले नयाँ समिति चयन गरेको हो ।
जेठ २ गतेदेखि व्यावसायिक सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि हवाई कम्पनी सम्पर्कमा आउने क्रम बढेको छ । कुवेतको जजिरा एयरवेजले सुरुदेखि नै साताको तीन उडान गर्दै आएको यस विमानस्थलमा कात्तिक १३ गते (अक्टोबर ३०)देखि विज एयरले यूएईको अबुधाबीबाट साताको तीन उडानका लागि प्राधिकरणसँग अनुमति मागेको हो ।
आर्थिक रूपमा कमजोर अवस्थामा रहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पछिल्लो समय आफूलाई सक्षम बनाउँदै लगेको छ । निगम व्यवस्थापनमा नयाँ नेतृत्व आउनेबित्तिकै ओभर ड्राफ्ट सीमाबाट गरिएको खर्च पूरै भुक्तानी गरिसकिएको छ । निगमले आवश्यक परेका बेला सो सीमाभित्र रहेर वित्तीय सुविधा लिन सक्ने अवस्था रहेको उल्लेख गरेको छ । निगम व्यवस्थापनका अनुसार अहिले निगमले तीन अर्ब २७ करोड रुपियाँ जतिबेला पनि चलाउन सक्छ ।
नेपाल धितोपत्र बोर्डले साना तथा मझौला उद्यमको धितोपत्र कारोबारका लागि एसएमई प्लेटफर्मको व्यवस्था गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले आव २०७९/८० को नीति तथा कार्यक्रममार्फत साना तथा मझौला कम्पनीका लागि छुट्टै कारोबार हुनेगरी एसएमई प्लेटफर्मको व्यवस्था गर्न लागेको हो । साना कम्पनीको सेयर कारोबारमा हुने गरेको कर्नरिङ नियन्त्रण गर्न यस्तो व्यवस्था गर्न लागेको बोर्डले जनाएको छ ।
अपर तामाकोसी जलविद्युत् कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रस्तावसहित भदौ ३ गते १४औँ वार्षिक साधारण सभा गर्ने भएको छ । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसीको जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता विस्तार गर्न र अल्पकालीन ऋणको भार कम गर्नेगरी कम्पनीले १ः१ हकप्रद सेयर जारी गर्ने योजना बनाएका कम्पनीका प्रमुख विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा महिला प्रतिनिधित्व बढाउन राजनीतिक दलहरू नै प्रतिबद्ध हुनुपर्ने बताउनुभएको छ । उहाँले राजनीतिक दलहरूको पहलबिना उल्लेखनीय उपलब्धि हासिल हुन नसक्ने हुँदा दलहरूको प्रतिबद्धतामा जोड दिनुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बाघको सङ्ख्या बढेसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न बाघ विचरण गर्ने वन क्षेत्रको विस्तार, बाघका लागि आवश्यक आहारा हुने वन्यजन्तुको सङ्ख्यामा वृद्धिलगायतका विषयमा सम्बद्ध पक्षले ध्यान पु-याउनुपर्ने बताउनुभएको छ।
विगतमा उच्च शिक्षाका लागि फलामे ढोका मानिने त्यतिबेलाको प्रवेशिका परीक्षा (एसएलसी) को समकक्षमा राखिएको हालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को २०७८ सालको परीक्षाफल प्रकाशित भएको छ। यो नतिजाले माध्यमिक शिक्षा प्रणालीको गुणस्तर सम्बन्धमा विभिन्न प्रश्न उठेको छ। ती प्रश्नहरूले शिक्षाको गुणस्तर सुधारमा ढिला नगर्न चुनौती दिएको छ। एसईईको नतिजाले विगतको दाँजोमा यस पटकको नतिजा कमजोर देखिनु भनेको यसको दीर्घकालीन असरसमेत हुन्छ । नयाँ निर्देशिका कार्यान्वयनमा आएको भए अवस्था अझै जटिल हुने थियो। शिक्षा क्षेत्रमा वार्षिक ७० अर्ब रुपियाँभन्दा बढी बजेट सरकारबाट छुट्याइने भए पनि लगानीअनुरूपको प्रतिफल हासिल हुन नसक्नु गम्भीर विषय हो। शिक्षासम्बद्ध सरकारी निकायले एसईईमा यसै वर्षदेखि नयाँ निर्देशिका जारी गरेर नतिजा प्रकाशित गर्ने गृहकार्य गरेको थियो तर य
नेपाली समाज भर्खरै परम्परावादी निर्वाहमुखी अर्धसामन्ती कृषिप्रधान अर्थतन्त्रबाट औद्योगिक पुँजीवादी अर्थतन्त्रको दिशामा पाइला टेक्दैछ। यो अवस्थालाई हेरेर सरकारले अर्थ राजनीतिक क्षेत्रमा देशलाई तीव्र औद्योगिकीकरण पुँजीवादको नीति अवलम्बन गर्दै देशलाई समाजवाद उन्मुख आधार निर्माण गर्न आवश्यक छ। झट्ट हेर्दा हाम्रो देशमा उदार पुँजीवादजस्तै देशमा खुलाबजार अर्थतन्त्र, निजी क्षेत्रको लगानी विस्तार ढाँचामा जान लागेको हो कि भन्ने देखिए पनि त्यसको कुनै गति छैन। हामी अर्थ राजनीति क्षेत्रमा धेरै अलमलको अवस्थामा छौँ। जतिसुकै लगानीमैत्री वातावरण बनाउँछौँ भने पनि हुन सकेको छैन। त्यसका कारण के के हुन त्यता पनि ध्यान छैन । योजनाबिनै दुई अङ्कको आर्थिक वृद्धिदरको नारा फलाक्नु कति जायज होला ?
तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेङ्गुको लक्षण भेटिएको छ । अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्गुका बिरामी भेटिएका हुन् ।
राष्ट्रियताका सम्बन्धमा गरिने विवेचनामा ‘देशभक्ति’ अन्योन्याश्रित रहने भावनात्मक तत्त्व हो। देशभक्ति भन्नु देशप्रतिको प्रेम, आस्था, सम्मान, गौरवको अभिव्यक्ति हो। देशभक्ति व्यक्तिगत रूपमा बढी प्रकट हुन्छ। देशको भूगोलप्रतिको अपनत्व, इतिहासप्रतिको गौरवानुभूति, जनताप्रतिको प्रेम वा भातृत्व भावना, देशका अमूर्त वा भौतिक सम्पदा संस्कृतिप्रतिको मोह वा श्रद्धा आदि सबै देशभक्ति भावनाद्वारा निसृत हुने विषय हुन्। ती सबैमा मुलुकवासीको साझा भावना गाँसिएको हुन्छ। देशवासीको तिनकाप्रति रहने आस्था एवं विश्वासको वैयक्तिक श्रद्धानुभूति नै देशभक्ति भावना हो। इतिहासमा देशभक्ति भावनाले ओतप्रोत भएर हजाराँै नेपाली वीरले नेपाल निर्माणका खातिर रगत बगाएथे। नेपाल एकीकरणकालीन कालखण्ड नेपाली वीरहरूको देशभक्ति गाथाले भरिएको पाइन्छ। कत्रो देशभक्तिको भावना थियो मुलुक निर्माण र रक्षाका लागि! गाइनेहरूले सारङ्गी रेट्दै देशभक्तिका गाथाहरू गाउँदै हिँडेथे। आमाहरूले जवान छोराहरूलाई देशका खातिर शत्रुहरूसँग मुकाविला गर्दै रणभूमिमा विजयी भएर आउने आशीर्वाद दिएथे, त्यो देशभक्ति हो।
केही दिनअघि विभिन्न सञ्चार माध्यममा पर्साको कालिकामाई गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीच कुरा नमिल्दा तोकिएको समयमा बजेट आउन नसकेको, उपाध्यक्षलगायत गाउँ सभाका बहुमत सदस्यले सभाको बैठक बहिस्कार गरेको, राजस्व परामर्श समितिको बैठकसमेत नबसेको, वडामा बजेटको सिलिङ कम दिएको, अध्यक्षले मनपरी बजेट निर्माण गरेको, उपाध्यक्षको टिम अध्यक्षविरुद्ध पत्रकार सम्मेलन गर्न वीरगञ्ज पुगेको, यस्तायस्तै विषय समावेश भएको समाचार आयो।