नेत्रहिन क्रिकेट संघ, नेपालको १७औं साधारण सभा एवं छैटौं चुनावी अधिवेशनबाट पवन घिमिरे अध्यक्षमा निर्वाचित हुनुभएको छ । घिमिरे यसअघि पनि अध्यक्ष हुनुहुन्थ्यो ।
राष्ट्रियसभाबाट नागरिकता ऐनको संशोधन विधेयक पारित भएको छ । बिहीबार बसेको राष्ट्रियसभाको दोस्रो बैठकले प्रतिनिधिसभाबाट पारित भएर आएको विधेयक बहुमतले पारित गरेको हो ।
काठमाडौं, साउन १२ गते । गायिका अम्बिका बस्नेत र राम कुमार नेपालीले स्वर भर्नुभएकाे 'चाैतारीमा लर्के बर' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । ब्राण्डयू पिक्चर्सका लागि देवराज वस्नेतले निर्माण गर्नुभएको गीत 'चुईचुई पारेर' टिभी च्यानलबाट सार्वजनिक गरिएको हो । हिन्दू नारीहरूको महान् पर्व तीजलाई लक्षित गर्दे सार्वजनिक भिडियोमा शारदा रसाईलीको लयसंगीत, नारायण दंगालको सङ्गीत संयोजन, राम केसीको छायांकन र सपना लम्सालको श्रृंगार रहेको छ । शोभा त्रिपाठी, निक्स शर्मा, विपना बस्नेत र देवराज बस्नेतको अभिनय रहेको भिडियोलाई कलाकार उत्तम केसीले निर्देशन गर्नुभएको हो । निरेन श्रेष्ठको कोरियोग्राफि रहेको गीतको भिडियोको सम्पादन र रंग संयोजन राजकुमार मगरले गर्नुभएको हो ।
१५औं विश्व सोतोकान कराते च्याम्पियनसिपमा सहभागी हुन जापान जाने २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोलीलाई बिहीबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शनिबार जाने टोलीलाई सफलताको शुभकामना दिदै एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिष्य विमानस्थलबाट १६ सय १० ग्राम सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । फ्लाई दुबईको उडानद्वारा बुधबार दुबईबाट काठमाडौं आएका भारतीय नागरिक युसुफ हारुनलाई प्रहरीले विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ गरेको हो ।
सक्रिय सङ्क्रमितमध्ये चार हजार ८० जना होम आइसोलेसनमा छन् भने १५६ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् । संस्थागत आइसोलेसनमा उपचाररत सङ्क्रमितमध्ये ३३ जना आइसीयू र तीनजना भेन्टिलेटरमा छन् ।
कञ्चनपुरमा चितुवाको छालासहित दुई जनालाई पक्राउ गरिएको छ । कृष्णपुर नगरपालिका –३ देखतभुलिबाट डडेल्धुराको अमरगढी नगरपालिका ३ काँडेघर भएका ४० वर्षिया मालती मल्ल सेठी र वडा २ जोसिनाका २९ बर्षिय मोहन साकी चितुवाको छालासहित पक्राउ परेका हुन् ।
संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आइपुग्नु भएको छ।
नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बिमलेन्द्र निधिले नागरिकता विधेयकको विरोध गर्नु साम्प्रदायिक मानसिकता भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन सर्लाही शाखाले बिहीबार हरिवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस नेता निधिले त्यस्तो बताउनुभयो ।
नेपालमा कोरोना सङ्क्रमणदर उकालो लाग्ने क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा ७१० जनामा सङ्क्रमण पुष्टि भएको छ भने दुईजना सङ्क्रमितको मृत्यु भएको छ ।
नेपाल मदिरा पैठारीकर्ता सङ्घ (लियन) ले नेपाल सरकारले कार, मदिरा, सुर्तीजन्य तथा अन्य विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्ध फुकुवा नगरे नेपालको अर्थतन्त्रमा प्रतिकुल असर पर्ने बताएको छ ।
बिहीबार नेप्से परिसूचक उतारचढावबीच अन्तिम समयमा १५ अङ्कले बढेर कारोबार बन्द भएको छ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा एक महिलाको हातबाट दुई लाख रुपियाँ लुटेर फरार दुई जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ।
जर्मनी इङ्ल्यान्डमा जारी महिला युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा जर्मनीले फ्रान्सलाई २–१ गोलले पन्छाउँदै फाइनलमा स्थान बनाएको हो ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिको अध्ययन प्रतिवेदनले पूर्व तयारी बिना राष्ट्रिय गौरवका आयोजना घोषणा गर्दा कार्यान्वयनको ढाँचा स्पष्ट नभएको देखाएको छ ।