कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रमा कम खर्च गरी धेरै उत्पादन वृद्धि हुनेगरी काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
चार दिनअघि मुलुक नै शोकमा डुबाउने गरी पोखरामा भएको विमान दुर्घटनाको बेदना सुदूरपश्चिमका देउडा गायक भोजराज भट्टले ठाडी भाकामा गीत सार्वजनिक गर्नुभएको छ ।
नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले सत्तापक्षको सरकार र प्रतिपक्षको संसद भन्ने मान्यतालाई अघि बढाउन सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने तर्क गर्नुभएको छ ।
करिब डेढ दशकअघि दाता जयकेश सिंहले बाँकेको डुडुवा गाउँपालिका ६ आसमानपुरमा चार बिघा दुई कठ्ठा जग्गा उपलब्ध गराउनुभयो । त्यसपछि महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले बालवालिका र ज्येष्ठ नागरिकको संरक्षणका लागि भवन निर्माण सुरु ग¥यो । सोही स्थानमा पाँच बर्षदेखि जयेन्दु बाल सुधार गृह सञ्चालनमा रहेको छ ।
सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पश्चिम सेती र सेती छैटाैं विद्युत परियोजना निर्माणमा आवश्यक सहयोगसहित साझेदारीका लागि प्रतिवद्धता बताउनुभएको छ ।
नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत चुहावटलाई घटाएर ७.४९ प्रतिशतमा झारेको जनाएको छ ।
नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सभामुख पदका लागि ईश्वरीदेवी न्यौपाने योग्य पात्र भएको बताउनुभएको छ ।
उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले देवराज घिमिरेलाई सभामुखमा निर्वाचित गर्न सांसदहरुसँग आग्रह गर्नुभएको छ ।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आम नागरिकलाई प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्यलगायतका विषयमा संसदले आवश्यक काम अघि बढाउन नसकेको बताउनुभएको छ ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सत्तारुढ दलका तर्फबाट सभामुख पदका उम्मेदवार एमाले सांसद देवराज घिमिरेको पक्षमा मतदान गर्न सबै सांसदहरुलाई आग्रह गर्नु भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्री सुदन किराँतीले हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको बताउनुभएको छ ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले आफ्नो दललाई प्रमुख प्रतिपक्ष दल घोषणा गर्न माग गर्नु भएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद सुवालले प्रतिनिधि सभा बैठक स्थगित गरेर आफ्नो दललाई पहिला प्रमुख प्रतिपक्ष दल घोषणा गर्नुपर्ने तर्क समेत गर्नु भयो ।
प्रतिनिधि सभाको सभामुखका लागि चयन प्रक्रिया नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको छ । सभामुखमा नेकपा (एमाले) का देवराज घिमिरे र नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ ।
गोरुपालन लोप हुन लागेको भन्दै संरक्षणका लागि बाह्रबिसे नगरपालिकाले गोरुपालक कृषकलाई प्रोत्साहन स्वरूप आर्थिक अनुदान दिन थालेको छ ।
जिल्लाको कृषि उत्पादनको हिसाब अति महत्त्वपूर्ण मानिने सल्यानटारको माटाको उर्वराशक्ति निकै ह्रास हुँदै गएको प्रमाणित भएको छ ।