सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी तवरले जनस्तरमा पुग्न सकेको छैन। हिमाली जिल्ला म्याग्दीमा एक तिहाइ जनसङ्ख्याले पनि यसको उपभोग गर्न पाएका छैनन्। यद्यपि यस कार्यक्रमप्रति जनताको अपेक्षा भने धेरै भएको देखिन्छ। २०७३ सालबाट म्याग्दीमा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमबाट पाँच हजार ५१६ परिवारका २८ हजार ३४३ जनाले सेवा लिइरहेका छन्।
पूर्वी नवलपरासीको सिमसार क्षेत्रमा मानव बस्तीको विकास भएसँगै आगन्तुक जलपन्छीको सङ्ख्यामा कमी हुँदै गएको छ। अव्यवस्थित मानव बस्तीका कारण सिमसार क्षेत्रसमेत नासिँदै गएको छ। हिउँद तथा वर्षामा पाइने चराहरूको सङ्ख्यामा हरेक वर्ष कमी हुँदै गएको जल तथा पन्छी गणनाले देखाएको छ। पश्चिम सेक्टर चितवन राष्ट्रिय निकुञ्जका जलपन्छी गणना संयोजक डीबी चौधरीका अनुसार ग्लोबल वार्मिङ (विश्व तापक्रमवृद्धि)ले गर्दा एक ठाउँमा पुग्नुपर्ने चरा अन्तै जान थालेका बताउनुभयो। त्यस्तै मानव बस्ती कारण असुरक्षित बसोवासले गर्दा पनि चराको सङ्ख्यामा कमी हुन गएको बताइएको छ।
ग्रामीण भेगका स्वास्थ्य चौकीमा रहेका प्रसूति कक्षमा वैकल्पिक ऊर्जाको व्यवस्थापन नहुँदा मोबाइलको बत्ती बालेर प्रसूति गराउनुपर्ने बाध्यता छ। नियमित प्रयोग हुँदै आएको स्थानीय स्तरमा उत्पादित विद्युत् तथा केन्द्रीय प्रसारण लाइनको विद्युत् बेलाबेलामा जाने समस्या हुँदा अन्तिम अवस्थामा मोबाइलकै लाइट वा ‘टर्च’ बालेर प्रसूति गराउनुपर्ने बाध्यता भएको हो।
नदी सभ्यतालाई जोगाइ राख्नु नै प्रकृतिलाई जोगाइ राख्नु हो । सफा तथा स्वच्छ खानेपानी आपूर्ति सफा नदीबाट सम्भव हुन्छ । सफा नदीबिना वातावरणीय सन्तुलन कायम राख्न सकिन्न । वातावरणीय सन्तुलन कायम गर्न पनि नदी सफा तथा स्वच्छ हुनु अनिवार्य छ । यसको ठीक विपरीत नेपाल र भारतको सिमाना भएर बग्ने पवित्र महाकाली नदी दुवैतिरबाट फोहोरले भरिन थालेको छ । पवित्र हुनुपर्ने नदीको यो दुर्दशा ज्यादै दुःखद विषय हो । अहिले यो नदी दुवै देशको डम्पिङ साइटका रूपमा परिणत हुँदै गएको छ । दुवै देशको सीमा भएर बग्ने महाकाली नदी नामबाट समेत पवित्र छ । तर दुवै देशका नागरिकको अज्ञानता, लापरबाही तथा चेतनाको अभावमा दिनानुदिन प्रदूषित बन्दै गएको अवस्था निकै नै चिन्ताजनक अवस्था मान्न सकिन्छ ।
गएको साउनमा जुनीचाँदे गाउँपालिका — ५ की मनीषा गिरीले प्राथमिक स्वास्थ्य केन्द्र गर्खा कोटमा शिशुलाई जन्म दिनुभयो । सुत्केरी भएर स्वास्थ्य अवस्था सामान्य भएपछि घर फर्कँदा उहाँलाई स्वास्थ्य संस्थाले सुत्केरी तथा गर्भवती जाँच तथा पोषण रकम बापतको भत्ता नदिएरै बिदा गर्यो । भत्ता लिनका लागि उहाँ तीन पटक स्वास्थ्य केन्द्रमा पुग्नुभयो तर गाउँपालिकाबाट भत्ता नआएको भन्दै रित्तो हात फर्किन बाध्य भइन ।
राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ दुई किलोमिटरभन्दा बढी निर्माण गरिएको छ । टनेल बोरिङ मेसिन (टीबीएम)बाट सुरुङ खन्न सुरु गरिएपछि बुधबारसम्म दुई किलोमिटर ३०७ मिटर सुरुङ निर्माण गरिएको उक्त आयोजनाले जनाएको छ । आयोजना प्रमुख मित्र बरालका अनुसार १३ दशमलव तीन किलोमिटर लामो सुरुङ असोज २८ गतेदेखि कमलामाई नगरपालिका–२, कुसुमटारबाट खन्न सुरु गरिएको थियो ।
जिल्लाको सबैभन्दा पुरानो र जेठो नगरपालिका कलैया उपमहानगरपालिकाले लगानी गरेको कृषि बजार व्यवस्थापन हुन नसक्दा किसानहरू मारमा पर्दै आएका छन्। पायक पर्ने स्थानमा हाटबजार नहुँदा किसान बिचौलियाको मारमा पर्दै आएको कलैया उपमहानगरपालिका–२ का तरकारी किसान गङ्गा राउतले बताउनुभयो।
प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–२६, गोङ्गबुमा रहेका दुईवटा होटलबाट ७३१ थान राहदानी (पासपोर्ट)सहित तीन जनालाई प्रक्राउ गरेको छ । गोङ्गबुको वीरेन्द्र–ऐश्वर्य मार्गमा रहेको होटल सोना र होटल पल्लीकोटबाट बिहीबार उक्त राहदानीसहित प्रहरीले प्रक्राउ गरी वैदेशिक रोजगार विभागलाई जिम्मा लगाएको हो ।
सहरी विकासमन्त्री विक्रम पाण्डेले निर्माण उद्योगमा देखिएका समस्या समाधान गर्ने विषयमा मन्त्रिपरिषद्मा सकारात्मक छलफल भएको जानकारी दिनुभएको छ ।
काठमाडौँलाई तराईसँग जोड्ने द्रुत मार्ग आयोजना निर्माणका क्रममा निस्कने ढुङ्गामाटो (थिग्रो)का कारण मकवानपुरको बकैया गाउँपालिकाका बस्तीहरू वर्षायाममा जोखिममा पर्ने सम्भावना बढ्दै गएको छ । द्रुत मार्ग आयोजनाअन्तर्गत सडक र सुरुङ मार्ग निर्माण गर्ने क्रममा निस्कने ढुङ्गा, माटोलगायतको उचित व्यवस्थापन आयोजना र निर्माण कम्पनीले नगर्दा पालिकामा रहेका खोलानाला तटीय क्षेत्रका बस्तीहरू जोखिममा परी स्थानीयवासी विस्थापित हुने अवस्था देखिएको हो ।
पुल निर्माणका लागि पहाड काट्ने क्रम नसकिएपछि मुग्लिन–नारायणगढ सडकखण्ड पुनः बन्द गरेर काम गरिने भएको छ । एक महिनाअगाडि बन्द गरेर निर्माण गर्दा काम प्रभावकारी भएको र अझै बाँकी रहेकाले बन्द गरी निर्माण कार्य गर्न लागेको नारायणगढ–मुग्लिन सडक योजना कार्यालयका प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । यसअगाडि बिहान ११ देखि ३ बजेसम्म बन्द गरिँदै आएको सडकमा समय परिवर्तन गरिएको छ । बिहान ११ बजेबाट बन्द गर्दा काठमाडौँबाट बाहिरिँदा समय असहज भएकाले दिउँसो १२ देखि ४ बजेसम्म बन्द गर्न लागिएको हो ।
नेपाल राष्ट्र बैङ्कले आयातमा लगाउँदै आएको नगद मार्जिनको व्यवस्था हटाएको छ । विदेशी मुद्राको सञ्चितिमा दबाब पर्न थालेपछि विदेशी मुद्रा धेरै खर्च हुने आयात निरुत्साहित गर्न राष्ट्र बैङ्कले नगद मार्जिनको व्यवस्था गरेको थियो । राष्ट्र बैङ्कले २०७८ पुस र माघमा दुई पटक गरेर ४८ समूहका हार्मोनी कोडका वस्तु आयातका लागि प्रतीतपत्र खोल्दा ५० देखि शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो ।
चितवन महोत्सव गर्नका लागि नारायणी नदी किनारमा फोहोर हालेर खाल्टो पुरेपछि परेको मुद्दामा सर्वोच्च अदालतले प्लास्टिक र मलमूत्रजन्य फोहोर तुरुन्त निकाल्न अन्तरिम आदेश दिएको छ ।
कमलामाई नगरपालिका–२ की २१ वर्षीया खिनमाया मगरको दैनिक गुजारा गाउँघरमा अर्काको मेलापात गर्दै बित्ने गरेको छ । चार वर्षभन्दा बढी समयदेखि गाउँघरमै कृषि मजदुरको काम गर्दै आएकी खिनमाया ज्यालामा भने हेपिने गरेको गुनासो गर्नुहुन्छ । उहाँले भन्नुभयो, “गाउँघरमा मेलापात होस् वा अन्य जोखिमपूर्ण काम, हामी पुरुषसरह सँगै एउटै काम गर्छाैं तर ज्याला भने पुरुषको भन्दा झन्डै आधा कम हुन्छ । समान प्रकृतिको एउटै कामको ज्यालामा महिला कामदार हेपिँदै आएका छन् ।”
खाडी देशमा भन्दा राम्रो कमाइ हुने सपना देखेर टर्की जान एजेन्टलाई लाखौँ रुपियाँ दिएका आठ जना युवा यतिबेला घर न घाटको अवस्थामा पुगेका छन्। २०७६ साल फागुन ११ गते उनीहरूले एजेन्ट राजकुमार लामिछानेको ग्लोबल आईएमई बैङ्कको एकाउन्ट नम्बर १००७०१०००८६३५ मा पैसा जम्मा गरिदिएका थिए। पैसा जम्मा गरे लगत्तै देश कोभिड १९ को महामारीमा प-यो जसले गर्दा एजेन्ट राजकुमारले केही समय पर्खन आग्रह गरे। कोभिडले संसार नै अस्तव्यस्त भएको बेला पीडित युवा पनि लामिछानेका कुरा सुन्न बाध्य भए। कोभिडको पहिलो लहर सकिएपछि लामिछाने सम्पर्कविहीन भए। यतिबेला लामिछानेले कसैको फोन उठाउँदैनन्। मोरङ उर्लाबारी–२ का पीडित दधिराम पोख्रेलले भन्नुभयो, “मेरो दा