कोसी अस्पताल विराटनगरमा जीवित शिशुलाई मृत घोषणा गरिएको घटना छानबिन गर्न समिति गठन भएको छ। अस्पतालका बालरोग विशेषज्ञ डा. प्रवीण झाको नेतृत्वमा घटना छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको हो। अस्पतालमा बिहीबार बसेको बैठकले डा. झासहित बालरोग विशेषज्ञ डा. सूर्यकान्त चौधरी र प्रशासनतर्फका कर्मचारी रामप्रसाद नेपाल सम्मिलित छानबिन समिति गठन गरिएको हो। समितिलाई सात दिनभित्र घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन दिन भनिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोभिड–१९ महामारीपछि कमजोर बन्दै गइरहेको चीनसँगको आर्थिक तथा व्यापारिक सम्बन्धलाई पुनस्र्थापना र विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले बिहीबार बालुवाटारमा भएको नेपाल–चीन उद्योग वाणिज्य सङ्घका अध्यक्ष त्रिभुवनधर तुलाधरको नेतृत्वमा गएको सङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उक्त कुरा बताउनुभएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा रहेको एस्केलेटर र लिफ्टलगायतको डिजाइनमा समस्या देखिएको छ। डिजाइनमा समस्या भएकै कारण यात्रुले दुःख पाउने गरेका छन्।
चितवनका राजेन्द्र अधिकारी र मोरङ सुनवर्षी–६ का अजय राजवंशी जापानको गार्मेन्ट उद्योगमा काम गर्नुहुन्थ्यो । उहाँहरूसँगको सम्पर्कमा थिए धरानका मिन्चिरा चाम्रकार, ठेगाना नखुलेका ज्योति घले र कर्णकुमार दवाडी । यो समूहले जापानको गार्मेन्ट उद्योगमा काम गर्न लैजाने भन्दै मोरङका युवालाई लोभ्याए । जसमध्ये सुनवर्षीका अजयलाई जापान जाने युवा खोजेर पैसा सङ्कलन गर्ने जिम्मा दिइयो । अजयले आफन्तहरूमा यसको जानकारी गराएपछि सबैले धमाधम पैसा बुझाए ।
गत आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ४९ को शव काठमाडौँ ल्याइएकामा १२ जनाको परीक्षण (पोष्टमार्टम) गरी आज परिवारलाई बुझाइएको छ।
सोनाम ल्होछारको अवसरमा टुँडिखेलमा तीन दिनसम्म विभिन्न सांस्कृतिक प्रस्तुतीसहित कार्यक्रमको आयोजना गरिने भएको छ । सोनाम ल्होछार २८५९ ह्योअी तावर ल्होछार मुल आयोजक समितिद्वारा बिहीबार राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त हुनुभएको छ।
सर्बियन टेनिस स्टार नोभाक जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गर्नुभएको छ । मेलबर्नमा बिहीबार भएको खेलमा जोकोभिचले फ्रान्सका एन्जो कुवाकोडलाई ३–१ को सेटमा हराउँदै तेस्रो चरणमा प्रवेश गर्नुभएको हो ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीले उम्मेदवारी दिने उल्लेख गर्दै त्यसैमा राष्ट्रिय सहमति हुनुपर्ने दाबी गर्नु भएको छ।
राजविराज नगरपालिकाको स्वास्थ्य शाखाले नगरवासीलाई म्याद सकिएको कोरोनाको खोप लगाउदै आएको जानकारी प्राप्त भएको छ । राजविराज नगरपालिका – ८ को एक विद्यालयमा संयौ विद्यार्थीलाई त्यस्तो खोप लगाएको हो ।
थाइल्यान्डको बैंककमा जारी एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपको दोस्रो दिन नेपालका मुक्केबाज सुष्मा तामाङ र हेमा राईले जित हासिल गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिबारे राष्ट्रिय सहमति खोज्ने कोशिस जारी राख्ने बताउनुभएको छ।
म्याग्दीको बेनीमा जारी खुल्ला महिला भलिबल प्रतियोगिताको फाइनलमा उत्तरी म्याग्दीका अन्नपूर्ण गाउँपालिका र पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका प्रवेश गरेका छन् ।
नेपाली खेलाडी राजेन्द्र दुलाल ओमानको मस्कटमा जारी २०औं विश्व भेट्रान्स टेवलटेनिस च्याम्पियनसिपको पुरुष ४५ वर्षमाथि समूहको तेस्रो चरणमा प्रवेश गर्नुभएको छ ।