सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न आयोजनाहरु कार्यान्वयनका लागि नवप्रवर्तन साझेदारी कोषबाट व्यहोरिने रकम स्थानीय तहमा हस्तान्तरण गर्ने निर्णय गरेको छ ।
प्रधानसेनापति खुला म्याराथन प्रतियोगिता माघको अन्तिम साता हुने भएको छ । महाशिवरात्री र सेना दिवसको अवसरमा माघ २८ गते म्याराथन प्रतियोगिता आयोजना गर्न लागिएको नेपाली सेनाले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
वीर अस्पतालको कार्डियोलोजी विभागमा क्याथल्याब सञ्चालनमा आएको छ । बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी र स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्कीले संयुक्त रुपमा उक्त ल्याबको उद्घाटन गर्नुभएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेश सभाको प्रथम अधिवेशनको बिहीबार बसेको चौथो बैठकबाट मुख्यमन्त्री गिरीले विश्वासको मत लिनुभएको हो । नेपालको संविधान २०७२ को धारा १६८ (४) बमोजिम उहाँले विश्वासको मत लिनुभयो ।
बर्दिवास असपताल पछिल्लो समय सुधारोन्मुख हुँदै गएको छ । २०६४ मा स्थापना भएदेखि राजनीतिक उपेक्षा र ब्यवस्थापकीय अकर्मण्यताका कारण उपचारमा समस्या हुँदैआएको थियो । व्यवस्थापकीय सुधार भएपछि ५० शैयाको असपतालमा अहिले उपचार सहज भएको स्थानीयको भनाइ छ ।
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पक्षमा समर्थन जुटाउने प्रयासमा आजदेखि नै लाग्ने बताउनुभएको छ ।
नवनिर्वाचित सभामुख देवराज घिमिरेले सभाको प्रतिनिधित्व आफूले ठिक ढंगबाट गर्ने बताउनुभएको छ।
धरान उपमहानगरपालिका वडा –५ मा खुकुरी प्रहारबाट एक जना पुरुषको मृत्यु भएको छ । एक जना महिला घाइते हुनुभएको छ । बिहीबार बिहान धरान –५ स्थित आँपटारमा ३९ वर्षीय विकास भनिने हर्कबहादुर राईले आफ्नै घरको भान्सामा आफ्नै साथी ३५ वर्षीय कुमार बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
राष्ट्रियसभामार्फत् सरकारलाई देशको शान्ति सुव्यवस्था, शान्तिप्रक्रिया, भ्रष्टाचार न्यूनीकरण, सुशासन, सडक यातायात र यात्रा तथा चिसोबाट नागरिकलाई राहत पुर्याउन चाल्नुपर्ने कदमकाबारेमा ध्यानाकर्षण गराइएको छ ।
राष्ट्रिय सभा आजको बैठकमा विश्वविद्यालय विधेयक, २०७९ पेस भएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालका तर्फबाट परराष्ट्रमन्त्री डा. विमला राई पौडेलले उक्त विधेयकसभासमक्ष पेस गर्नुभएको हो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक बन्न पाँच जनाले अन्तर्वार्ता दिनुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रशिक्षक पदका लागि खुला आवेदन माग गरेको थियो ।
प्रतिनिधिसभा बैठकले माघ १ गते भएको पोखरा विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति शोक प्रस्ताव पारित गरेको छ । ज्येष्ठ सदस्य पशुपति शमशेर जवराले सभामुखको आसनबाट राख्नुभएको शोक प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको हो ।
अनन्या फिल्मस्को ब्यानरमा निर्माण हुने ‘जेरी २’लाई सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले निर्माण गर्ने बताइएको छ ।
प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन यही माघ ७ मा हुने भएको छ । आजको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले उक्त जानकारी गराउनुभएको हो ।
म्यानचेस्टर युनाइटेड इङ्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ । क्रिस्टलको घरेलु मैदानमा बुधबार राति भएको खेलमा युनाइटेड र त्रिलस्टलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।