इलामको माई नगरपालिका स्थित मैनाचुली सामुदायिक बनको जंगलमा बेवारिसे अवस्थामा शव फेला परेको छ । दाउरा लिन गएका स्थानीयले बिहीबार दिउँसो शव देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक महेन्द्र खडकाले जानकारी दिनुभयो ।
निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता शालिकराम शर्मा पौडेलले प्रतिनिधिसभा तथा प्रदेशसभामा आदिबासी जनजाति समुदायको प्रतिनिधित्व आशलाग्दो हुन नसकेको बताउनुभएको छ ।
यसै वर्षको फागुन १९ बाट आयोजना हुने शहीद स्मारक ए डिभिजन लिगको उद्घाटन खेल खुमलटार युथ क्लब र ललितपुरको फ्रेन्ड्स क्लबबीच हुने भएको छ।
गीतकार सुधा मरहट्टाको शब्दमा रहेको सन्देशमुलक गीत ‘ख्याल ठट्टा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
नेपाली कांग्रेसका नेता रमेश लेखकले राष्ट्रिय सहमतिका लागि पार्टी तयार रहेको बताउनुभएको छ।
सप्तरीको तिरहुत गाउँपालिकामा आगलागीबाट नौ लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । तिरहुत गाउँपालिका वडा नं ४ डिमन टोलमा शुक्रबार दिउँसो स्थानीय हरेराम यादवको घरबाट सल्केको आगो छिमेकीमै टाँसिएको तेजनारायण यादव र ओमनारायण यादवको घरमा समेत फैलिएको थियो ।
प्रतिनिधि सभाको उपसभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का इन्दिरा राना मगर र नेपाली कांग्रेसका मुक्ताकुमारी यादवले उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।
तनहुँको सदरमुकाम दमौलीमा पिङबाट लडेर ए युवक घाइते हुनुभएको छ । शुक्रबार बिहान ११ः३० बजे पिङ फुकाल्ने क्रममा लडेर उहाँ घाइते हुनु भएको हो ।
दार्चुलामा बिहीबारदेखि हिमपात भएको छ। व्याँस र अपिहिमाल गाउँपालिकाका उच्च लेकाली भागमा हिमपात हुँदा चिसो बढेको छ।
स्थानीयहरूले दान दिनुभएको डेढ विघा क्षेत्रफल जग्गामा सप्तरीको सुरुङ्गा नगरपालिकाको प्रशासकीय भवन निर्माण हुने भएको छ । सो भवनको एक कार्यक्रमबीच शिलन्यास गरिएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लामो समय कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याएका स्वर्गीय नेता हर्ष स्याङ्बोलाई जीवन रहुन्जेल पार्टीले उचित सम्मान दिन नसकेको बताउनुभएको छ । शुक्रबार रातो घर फाउण्डेसनले पुराना वामपन्थी नेता स्याङ्बो सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिका –१८ मा रहेको माध्यमिक विद्यालय लग्दहवामा शिक्षकलाई तलब खुवाउन वडा कार्यालयले विद्यालयका लागि सटर निर्माण गरिदिएको छ ।
नेपाल र चीनबीचको व्यापार अझै लयमा फर्किन सकेको छैन । नेपालमा २०७२ वैशाखमा गएको विनाशकारी गोरखा भूकम्प र चीनबाट तीन वर्षअघि फैलिएको कोभिड–१९ महामारीको असर दुई देशको व्यापारमा नराम्रोसँग देखिएको छ ।
सत्ता साझेदार दलबाट प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेक सम्बन्ध सन्तुलित र व्यावहारिक बनाएर देशको हितमा काम गर्नुपर्ने बताउनुभएको छ । आग्रह र पूर्वाग्रहमा छिमेकी कार्ड खेल्दा मुलुक सङ्कटमा पर्ने उहाँको भनाइ छ । एमाले परराष्ट्र मामिला विभागले शुक्रबारबाट यहाँ सुरु गरेको दुईदिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले त्यस्तो बताउनुभएको हो ।
नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।