एभोकाडोको व्यावसायिक खेती सुरु भएको करिब एक दशक बितेको छ । २०२८ सालमा ‘कृषि अनुसन्धान केन्द्र, पाख्रिबास’ स्थापना गर्न अध्ययनका लागि आएको बेलायती टोलीले लिएर आएको एभोकाडो धनकुटा हुँदै नेपालका अन्य जिल्लामा पनि भित्रिएको हो ।
काठमाडौं, फागुन ७ गते। जनता समाजवादी पार्टी नेपालले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे आन्तरिक छलफल सुरु गरेको छ। जसपाको आज काठमाडौँमा बसेको केन्द्रीय कार्यकारिणी बैठकमा आगामी हुन लागेको राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे छलफल गरेको हो।राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे ठोस निर्णय गर्ने बेला नभए पनि त्यस सम्बन्धमा बैठकमा छलफल भएको जसपाका प्रवक्ता प्रकाश अधिकारीले जानकारी दिनुभयो। बैठकमा पार्टीको विधान अधिवेधनको तयारीका विषयमा पनि छलफल गरिएको उहाँले बताउनुभयो। जसपाले उपराष्ट्रपति पद आफूले पाउनुपर्ने माग गर्दै अन्य दलसँग पनि छलफल गरिरहेको छ।सरकारलाई समर्थन गरेको जसपाले उपराष्ट्रपतिमा दाबी गर्दै आएको छ। यही फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ। रासस
नेपाली सेनाको २६० औं वार्षिक उत्सवको अवसरमा आइतबार नेपाली सेनाले सांस्कृतिक कार्यक्रम तथा रात्रिभोजको आयोजना गरेको छ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका उम्मेदवार नै आगामी राष्ट्रपति बन्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष ओलीले एमालेले उठाएको उम्मेदवार जिताउन राष्ट्रिय सहमति बन्ने विश्वास व्यक्त गर्नुभयो ।
सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लबले हात पारेको छ ।
पूर्वी नवलपरासी देवचुलीको दुम्कौलीमा रहेको शाश्वत धाममा आउने भक्तजनको सङ्ख्या दिनहुँ बढ्दो छ । खासगरी, पशुपतिनाथ र मुक्तिनाथ दर्शनका लागि आउने भारतीय धर्मावलम्वीको मुख्य रोजाई यो थलो हुनेगरेको छ ।
आयोजक भद्रपुर ब्लेजर्सले प्रथम भद्रपुर झापा गोल्डकप फुटबलमा विजयी सुरुवात गरेको छ ।
कैलाली प्रहरीले चितुवाको छाला र वन्यजन्तुको हड्डीसहित दुई जनालाई पक्राउ गरेको छ।
११औं राष्ट्रिय कायक स्लालम तथा सातौं राष्ट्रिय र्याफ्टिङ प्रतियोगिता मंगलबारबाट सिन्धुपाल्चोकको सुकुटेस्थित भोटेकोशी नदीमा सुरु हुने भएको छ ।
बागमती प्रदेश सरकारले अघि बढाएको ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका –४ मा रहेको मेथिनकोट प्रादेशिक अस्पतालमा सुरु भएको छ । आइतबार प्रदेश स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले एक कार्यक्रमबीच ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ को शुभारम्भ गर्नुभयो ।
पाल्पा जिल्ला स्तरीय १४औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता माथागढीको सराईमा आइतबारदेखि सुरु भएको छ ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले निम्न वर्गको हितमा रहेर कानुन बनाउने प्रतिवद्वता जनाउनुभएको छ । विकास माग्नुभन्दा देशलाई चाहिनेखालको कानुन माग्न समेत उहाँले आग्रह गर्नुभयो ।
प्रजातन्त्र दिवसको अवसरमा रोटर्याक्ट क्लब अफ दमौलीले आयोजना गरेको २०औं सचिन स्मृति खुला दौड प्रतियोगिताको उपाधि गोरखा सिरानचोक गाउँपालिका २४ वर्षीय दिनेश सिंह बोगटी गुरुङले जित्नुभएको छ ।
धरानको चर्चित फुटबल प्रतियोगिता वुढासुब्बा गोल्डकपको २३औं संस्करण फागुन १३ गतेदेखि हुने भएको छ ।
बुटवलमा आयोजित चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा २९ पदक जित्दै कालिका मानवज्ञान माध्यमिक विद्यालय प्रथम भएको छ । कालिकाले १७ स्वर्ण, ७ रजत र ५ कास्य गरी २९ पदक जितेको हो । यस्तै, नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय २६ पदक जित्दै दोस्रो भएको छ । नवीनले ८ स्वर्ण, १२ रजत र ६ कास्य जितेको छ ।