लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री जानकीप्रसाद यादवसँग बाँकेका पर्यटन व्यवसायीले भेटेर १२ बुँदे माग राखेका छन् । पर्यटन व्यवसायीका तर्फबाट बुझाइएको मागपत्रमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम कलेज) नेपालगञ्जमा स्थापना भए पनि बजेट अभावको कारण देखाउँदै कर्मचारीलाई फिर्ता बोलाइएकोमा दुःख व्यक्त गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी (जसपा)सहभागी भएको छ । जसपा संसदीय दलका नेता भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गरिएको हो ।
प्रमुख सत्ता साझेदार दलका शीर्ष नेताबीच राष्ट्रपतिको निर्वाचनबारे छलफल चलिरहँदा नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष सहयोगका लागि औपचारिक रूपमै प्रस्ताव गरेको छ ।
आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेको छ ।
गैँडाको सुरक्षाका लागि र मानव बस्तीमा जान नदिन पर्खाल लगाउनुपर्ने अध्ययनले देखाएको छ । नवलपरासीमा एक महिनाअगाडि चोरी सिकारीले दुईवटा गैँडा विद्युतीय धरापमा पारी मारेपछि राष्ट्रिय नि
मुलुकको पूर्वाधार विकासको विद्यमान प्रणालीका विभिन्न पक्षको पुनर्संरचना तथा आवश्यक सुधार गर्ने उद्देश्यसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वाधार विकास प्रणाली सुधार सुझाव कार्यदल गठन गरेको छ ।
लघुकथा समाज नेपालले साहित्यकार बाबा न्यौपाने (वामनप्रसाद न्यौपाने) र कल्याण पन्तलाई सम्मानित गरेको छ । समाजद्वारा आइतबार आयोजित कार्यक्रममा ‘सावित्री–केशर कथा सम्मान–२०७९’ कथाकार न्यौपानेलाई प्रदान गरिएको हो । त्यसैगरी समाजले ‘बाटुली–खिलध्वज लघुकथा सम्मान–२०७९’ लघुकथाकार कल्याण पन्तलाई प्रदान गरेको हो । उहाँहरूलाई जनही नगद राशि २१ हजा
एक शताब्दी लामो इतिहास बोकेको रुपन्देहीकै ऐतिहासिक नरैनापुर मेला संरक्षण गरिने भएको छ । बुटवल उपमहानगरपालिका–१६ मा रहेको नरैनापुर मेला जिल्लाकै सबैभन्दा पुरानो मेला मानिन्छ ।
रामपुरमा आयुर्वेदिक अस्पतालको सुविधासम्पन्न भवन निर्माण सम्पन्न भएको छ । नेपाल सरकारको ११ करोड ३३ लाख ४९ हजार रुपियाँ लागतमा सो अस्पतालका लागि सुविधासम्पन्न भवन निर्माण भएको हो । १५ शøया सञ्चालनका लागि तीनतले भवन निर्माण गरिएको हो । नयाँ भवनमा कार्यालय कोठा, भान्छा, योगा हल, शल्यक्रिया कक्ष, एक्स–रे कक्ष, बैठक हल, प्रयोगशाला कक्षलगायतका ६८ कोठा छन् ।
प्राविधिक शिक्षाप्रति गाउँमा अझै आकर्षण बढ्न नसकेको गाउँपालिका राष्ट्रिय महासङ्घका केन्द्रीय अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभएको छ । स्थानीय सरकार, प्रदेश सरकार र सङ्घ सरकारको प्राथमिकतामा प्राविधिक शिक्षा परे पनि अपेक्षाकृत रूपमा प्राविधिक शिक्षामा अभिभावक र विद्यार्थीको आकर्षण नदेखिएको उहाँले बताउनुभयो ।
निजामती ऐन तुरुन्त जारी गर्न कर्मचारीहरूले आग्रह गरेका छन् । सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनको माग गर्दै कर्मचारीले सो ऐन जारी गर्न सरकारसँग आग्रह गरेका हुन् ।
विद्यार्थीको शिक्षामा सुधार ल्याउने उद्देश्यले धनुषाको मिथिला नगरपालिका–८, जमुनिवासस्थित जनता राष्ट्रिय आधारभूत विद्यालयमा एक दिने शैक्षिक मेलाको आयोजना गरेको छ ।
नीतिगत स्थिरता नहुँदा चितवन राष्ट्रिय निकुञ्जमा हुने पर्यटकीय गतिविधि प्रभावित बनेको छ । नेपालमा निकुञ्ज पर्यटनको सुरुवात भएको उक्त क्षेत्रमा पर्यटकीय गतिविधि सञ्चालनसम्बन्धी स्थिर नीति नहुँदा विभिन्न समयमा समस्या देखिने गरेको हो ।
निर्वाचन आयोगले चितवन–२ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । चितवन–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई सर्वाेच्च अदालतले अयोग्य ठहर गरेपछि रिक्त भएको सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
धनकुटाको पाख्रिबास नगरपालिकाले नयाँ जनप्रतिनिधि पाएको करिब एक वर्ष हुन लागेको छ तर यो अवधि पाख्रिबासवासीका लागि भने खासै सुखद रहन सकेन । यसको कारण हो जनप्रतिनिधिबीच एकापसमा तालमेल नहुनु ।