लहान नगरपालिका–२३, बेतहाका डुम समुदायको जीवनमा उल्लेखनीय परिवर्तन भइरहेको छ। उनीहरूको बसाइ, लवाइखवाइ र सरसफाइमा उल्लेखनीय परिवर्तन आएको छ। उनीहरूको जीवन आर्थिक र सामाजिक रूपमा पनि परिवर्तन भइरहेको छ। अहिले उनीहरूको पक्की घर बनाउने क्रम बढेको छ। बालबालिका विद्यालय जान थालेका छन्।
आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैङ्कले १५ अर्ब चार करोड ५० लाख रुपियाँ बराबरको ट्रेजरी बिल आइतबार बिक्री गर्ने भएको छ । राष्ट्र बैङ्कले २८ दिन अवधिका लागि दुई अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल जारी गर्दै छ । त्यस्तै ९१ दिन अवधिका लागि छ अर्ब चार करोड ५० रुपियाँ बराबरको ट्रेजरी बिल, १८२ दिन अवधिको सात अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल जारी गर्ने राष्ट्र बैङ्कले जनाएको छ । यसमध्ये ९१ दिन अवधिको पाँच अर्ब र १८२ दिन अवधिको सात अर्ब नयाँ रहेको छ ।
दोलखा जिल्लामा गाउँगाउँमा विकासको अनुभूति हुने गरी काम हुन थालेको छ । जिल्लाको वैतेश्वर गाउँपालिकाभित्रका सडकमा कालोपत्रे सुरु भएको छ । गाउँपालिकाको केन्द्र पाँडुडाँडासम्म सबै वडाको पहुँच पु-याउन ट्र्याक खोलिएको २६ किलोमिटर लम्बाइ र सात मिटर चौडाइको द्रुत मार्गमध्ये केही खण्ड आर्थिक वर्ष २०७९/८० को सात करोड ३९ लाख ३४ हजार रुपियाँको बजेटबाट कालोपत्रे र ढलान सुरु गरिएको अध्यक्ष छवि लामाले बताउनुभयो । उहाँका अनुसार एक करोड ९९ लाख ९८ हजार रुपियाँको लगानीमा बुस्ती–पुतलीकाठसम्म, एक करोड ९९ लाख ७८ हजार लागतमा देउराली–क्षत्रपासम्म कालोपत्रे र ढलान गरिने भएको छ ।
सामुदायिक विद्यालयमा अध्ययरत बालबालिकालाई दिवा खाजाका लागि प्रदान गरिने रकम अझै पनि दोलखाको तामाकोशी गाउँपालिकाभित्रका सरकारी विद्यालयले पाउन सकेका छैनन् । गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययरत बालबालिकालाई खाजाबापत दैनिक १५ रुपियाँका दरले रकम केन्द्रबाट पठाइए पनि आठ महिना बितिसक्दा पनि हालसम्म उपलब्ध हुन सकेको छैन ।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–२, दोरम्बामा निर्माणाधीन १५ शय्या दोरम्बा अस्पतालको निर्माण काम एक वर्षदेखि रोकिएको छ । निर्माण कम्पनीले १५ प्रतिशत पनि काम नसक्दै गत फागुन महिनादेखि अस्पतालको निर्माण काम छाडेपछि अलपत्र बनेको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले आमनिर्वाचनमा पार्टीका उम्मेदवार हराउन भूमिका खेल्ने ८० जना नेतालाई कारबाही गर्न सिफारिस गरेको छ। पार्टीका कार्यकारिणी सदस्य शिवलाल थापा नेतृत्वमा गठित छानबिन समितिले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई हराउन भूमिका खेल्ने नेताको नामसहित विभिन्न स्थानका ८० जनालाई कारबाही सिफारिसको प्रतिवेदन शनिबार हस्तान्तरण गरेको छ।
लोकप्रिय लोकगायक बद्री पङ्गेनीले सामाजिक विषयमा तयार पारेको १७ मिनेट लामो गीत सार्वजनिक भएयता १० लाख बढीले हेरिसकेका छन्। आफन्त, नातेदार र साथीभाइले अनेकन बहानामा पैसा सापट लिने र तिर्ने बेलामा सयौँ बहाना बनाएर लापता हुने विषयको गीतमा गायिका रचना रिमालको साथ रहेको छ।
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नेपाललगायत अति कम विकसित मुलुकलाई पछिल्लो समय बढ्दो ऋण र मुद्रा स्फीतिको चुनौतीबाट पार गर्न ठोस राहतयुक्त सहयोगको खाँचो रहेको प्रस्ट्याउनुभएको छ । अति कम विकसित मुलुकको शिखर सम्मेलनलाई कतारको दोहामा शनिबार सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले दोहा कार्ययोजना कसैलाई पनि पछि नछोड्ने सिद्धान्तमा आधारित नवीकरण र बलियो विश्वव्यापी साझेदारीको खाका भएकाले विकास साझेदारलाई सोको प्रभावकारी कार्यान्वयनका लागि ठोस र पर्याप्त सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हामी किन र कसरी गरिबी र अल्पविकासको मारबाट निरन्तर पीडित भइरहने भन्ने हाम्रोसामु ठूलो प्रश्न हो ।” सहयोगका कार्यक्रम कार्यान्वयन गर्न पर्याप्त र प्रभावकारी उपाय र अर्थपूर्ण सहयोग अभाव यसको जवाफ भएकोसमेत उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी परिसर काठमाडौँले बालाजु र नयाँ बसपार्क क्षेत्रमा भएको तोडफोड, लुटपाट तथा आगजनी घटनामा संलग्न ६२ जनामाथि मुद्दा चलाउने तयारी गरिरहेको छ। यातायात मजदुर सङ्गठनले यही फागुन १ गते गरेको आन्दोलन एक्कासि उत्तेजित हुँदा प्रदर्शनकारीले बालाजु प्रहरी वृत्तको दुईवटा सवारीसाधन, ट्राफिक पोस्टमा आगजनी, तोडफोड तथा लुटपाट गरेका थिए।
कालीकोटबाट कर्णाली प्रदेश सभामा नेतृत्व गर्ने प्रदेश सभा सदस्यहरूले आफ्ना छोरा तथा आफन्तलाई स्वकीय सहयोगीमा राखेका छन्। चुनावका बेला आम कार्यकर्ताको जिम्मा लिने भाषण गरेका राजनीतिक दलका नेताले विजयी भएसँगै आफ्नैलाई रोजगारी दिएका हुन्।
नेपाल प्रहरीको लागू औषध व्युरो अन्तर्गत झापामा परिचालित टोलीले गरेको एउटा सर्च र कारबाही प्रक्रियाको घटना विवादित बनेको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१, रमदैयास्थित प्रसिद्ध राजदेवी मन्दिरबाट भगवानको मुर्तिसहित चाँदीका गरगहना चोरी गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पोखराको फेवातालमा आइतबार दिउँसो डुंगा पल्टिदा घाइते पोखरा महानगरपालिका १ बगर बस्ने ७० वर्षीय यम माया गिरी महिलाको मृत्यु भएको छ।
२३ औं बुढासुब्बा फुटबल कपको उपाधि एभिनियर फुटबल क्लब क्यामरुनले जितेको छ। धरान रङ्गशालामा शनिबार भएको फाइनल खेलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० गोलले हराउँदै एभिनियर फुटबल क्लब क्यामरुन च्याम्पियन बनेको हो।
पाँचथरको फिदिम नगरपालिका ५ मा आयोजित प्रथम गोर्खा पाँचथर रंगशाला फुटबल प्रतियोगिताको उपाधी कुम्मायक गाउँ पालिकाले हात पारेको छ ।