• १३ असोज २०८१, आइतबार

मापदण्डविपरीतका संरचना हटाउने अभियान तीव्र

blog

प्रदेश १ ब्युरो

विराटनगर, फागुन २१ गते । विराटनगर महानगरपालिकाले सडक मापदण्डविपरीत बनेका संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ। 

विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियान अन्तर्गत महानगरपालिकाले सडक मापदण्डमा परेका संरचना हटाउन थालेको हो। पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि महानगरपालिकाले डोजर लगाउनु परेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिनुभयो। 

संरचना नहटाउँदा महानगरका विभिन्न साँघुरा सडकको विस्तार कार्य अलपत्र परेको थियो। केही दिनअघि बसपार्क दक्षिण–पूर्वमा अवस्थित सडक मापदण्डमा परेको संरचना हटाएको महानगरले वडा नम्बर १ स्थित वारुणयन्त्र उत्तरको सडकको संरचना हटाएको छ। 

महानगरपालिका प्रहरीका प्रमुख राजन पौडेलको नेतृत्वमा डोजरसहित पुगेको टोलीले सडक मापदण्डमा पर्ने घर, पर्खाल, गोदामलगायतका संरचनामा डोजर लगाएको छ। 

महानगरपालिकाका प्रमुख नागेश कोइरालाले मापदण्डविपरीतका संरचना हटाएर विराटनगरलाई व्यवस्थित बनाउने अभियानमा साथ दिन महानगरवासीसँग आग्रहसमेत गर्नुभयो। 

महानगरको सौन्दर्यमा ह्रास आउने गरी निर्माण गरिएका टहरा हटाउन पटक–पटक सूचना जारी गर्दा पनि नहटाएपछि महानगर आफैँले हटाउनु परेको 

सरसफाइ शाखा प्रमुख पुनम दाहालले बताउनुभयो।