मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको प्रेस सल्लाहकारमा वरिष्ठ पत्रकार सिताराम अग्रहरी नियुक्त हुनुभएको छ ।मुख्यमन्त्री निवासमा शनिबार मुख्यमन्त्री यादवले वरिष्ठ पत्रकार अग्रहरीलाई नियुक्तिपत्र हस्तान्तरण गर्नुभयो ।
रोजगारी, आवास र प्रहरीसँगको अन्तरक्रिया लगायतका विभिन्न सन्दर्भमा जातीय भेदभावको अनुभव गरेका अश्वेत महिलालाई अन्य महिलाको तुलनामा हृदयाघात हुने सम्भावना २६ प्रतिशत बढी रहेको एक अनुसन्धानले जनाइएको छ ।
विश्वकर्मा समुदायको पुर्ख्यौली व्यवसायका रूपमा आरन व्यवसायलाई लिइन्छ । यस समुदायका सबैका घर–घरमा पहिले आरन व्यवसाय अनिवार्य जसो चलाइन्थ्यो ।
डोल्पामा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक कार्यालयले सवारी चेकजाँचमा कडाइ गरेको छ । जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज प्रहरी हवलदार विनोद थापाका अनुसार आर्थिक वर्ष २०७९–८० को साउनदेखि माघ मसान्तसम्म सात महिनामा सवारी कारबाहीबाट मात्र ६ लाख ३२ हजार रुपियाँ राजस्व उठेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर वृद्धिलाई प्राथमिक एजेण्डाको रूपमा अघि बढाएर यसमा सबै ठाउँ र सबै जनताको पहुँच स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
न्युजिल्याण्डको केर्माडेक टापुमा शनिबार बिहान ६ः४१ बजे ६.९ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा पनि आफ्नो पार्टीमाथि सबैतिरबाट प्रहार भइरहेको बताउनुभएको छ ।
इन्डोनेसियाको पूर्वी प्रान्त मध्य पपुवामा शुक्रबार सशस्त्र पृथकतावादीहरूले गोली हानी एक सैनिक र एक सर्वसाधारणको हत्या गरेका छन् ।
अमेरिकी डलरको तुलनामा पाकिस्तानी रुपियाँमा ठूलो गिरावट आएपछि शुक्रबार अन्तर बैङ्कमा २७८.४६ रुपियाँमा कारोबार भइरहेको स्टेट बैङ्क अफ पाकिस्तानले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता गरिएका छन् ।
प्रकृति हुँदैन थियो भने जन्मिनु र रमाउनुको अर्थ हुँदैन थियो । त्यसैले त प्रकृति मानव जीवनका लागि वरदान हो ।
३७ वर्षीया अस्मिता आजभोलि हरेक बिहान बागलुङ कालिका मन्दिरको प्रवेशद्वार अगाडि ‘कटन क्यान्डी’ बेच्दै गरेको भेटिनुहुन्छ । अस्मिताको जीवनमा उमेरको मात्र सङ्ख्या बढेको छैन, सहज जीवनयापनका लागि गरेका सङ्घर्षको चाङ पनि थपिँदो छ । वि.सं २०४२ मा म्याग्दीको राखु भगवतीमा जन्मिनुभएकी अस्मिताको म्याग्दीकै मङ्गला गाउँपालिका–३ बराङ्जाका गणेश विकसँग विवाह भयो ।
जिल्ला प्रशासन कार्यालय धनुषाले ध्वनि प्रदूषण नियन्त्रण गर्न रातिको समयमा डिजे (लाउडस्पिकर) बजाउन रोक लगाएको छ ।
होली पर्व हिन्दुधर्मावलम्बीहरुले मनाउने गर्छन् । यो पर्व विशेषत भारत र नेपालमा मनाईने गरिन्छ । यो पवर्मा विभिन्न रङ्गहरु एक अर्कालाई लगाउने र खुसीयाली साटासाट गरेर्र रमाइलो गरी मनाईन्छ । यसलाई रङ्गहरुको पर्व पनि भनिन्छ । एक आपसमा भएका शत्रुता भुलेर खुसीयाली मनाउँदै रङ्गहरु छ्यापाछ्याप गरेर होली मनाउने प्रचलन छ ।