सभामुख देवराज घिमिरेले हरेक नेपालीले सर्वसुलभ रुपमा स्वास्थ्यमा पहुँच पाउनुपर्ने बताउनुभएको छ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्याय नेपालको आज नयाँ बानेश्वर नजिक पर्ने शंखमुलस्थित रहेको एक कफी पसलबाट खसेर निधन भएको छ ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा बिहीबार फेला परेको बालिकाको शव शंकास्पद भएपछि पोष्टमार्टम गर्न धरान पठाइएको छ।
विभिन्न मुद्दा र माग लिएर दिनहुँ भिडभाड भइरहने माइतीघर मण्डला परिसरमा आज (शनिबार) फरक दृश्य देखियो ।
लोकसेवा आयोगको तेस्रो राष्ट्रिय सम्मेलन धनगढीमा आज सम्पन्न भएको छ । विभिन्न निर्णय गर्दै आयोगको तेस्रो राष्ट्रिय सम्मेलन आज सकिएको हो । सम्मेलनले निजामती सेवा ऐन यथाशीघ्र जारी गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । सङ्घ, प्रदेश तथा स्थानीय तहको पदपूर्ति प्रक्रियामा रहेको अन्यौलता हटाउन निजामती सेवा ऐन चाँडै जारी गर्न अनुरोध गर्ने निर्णय गरिएको हो ।
दशरथ रंगशालामा शनिबार भएको खेलमा एपीएफले थ्रीस्टार क्लबलाई २–० गोलले हरायो । च्यासल फुटबल मैदानमा भएको अर्को खेलमा चर्च ब्वाइजले नेपाल पुलिस क्लबलाई २–१ गोलले हरायो ।
पुतलीबजार नगरपालिका ९ कोल्मामा तेस्रो क्रसकन्ट्री दौड प्रतियोगिता फागुन २६ गते हुने भएको छ । स्वास्थ्यका लागी दौड, राष्ट्रका लागी दौड भन्ने मुल नाराका साथ सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले दौडको आयोजना गरेको हो ।
काठमाडौंको भृकुटीमण्डपमा यतिबेला आरू प्रजातिका फूल ढकमक्क फूलेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दण्ड र पुरस्कारको असल अभ्यास नै राज्यव्यवस्था र शासन प्रणाली भएको बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशलाई बलियो बनाउन सङ्घीय सरकारले आवश्यक कानून बनाएर पर्याप्त अधिकार दिनुपर्ने बताउनुभएको छ ।
नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्त सोमबार हुने भएको छ । होलीको पावन अवसरमा हुन लागेको रेस्लिङ भक्तपुरको सल्ला घारीमा हुनेछ ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीले नेपाललाई खेल मैदान बनाउन खोजेको आरोप लगाउनु भएको छ । मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्ताव स्वीकार गरेर सरकारले गल्ती गरेको उहाँले टिप्पणी गर्नुभयो । स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा उहाँले त्यस्तो टिप्पणी गर्नुभएको हो ।
आयोजक लोयल्टी एकेडेमी ११औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ । मण्डिखटारस्थित घरेलु मैदानमा भएको फाइनल खेलमा लोयल्टीले डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्सलाई २–० गोलले हरायो ।
शहीद स्मारक ‘ए’ डिभिजन फुटबल क्लब सङ्कटाले प्रायोजकको रूपमा खेलकुद सामाग्री उत्पादक तथा वितरक यूक्यान तथा निलडेभिड सैलुन एन्ड एकेडेमीको साथ पाएको छ ।
सेन्टिमेन्टल भर्सनको 'भिझाएर आँशु' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।