• ३ असार २०८१, सोमबार

मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा अग्रहरी नियुक्त

blog

मुख्यमन्त्री सरोजकुमार यादवबाट नियुक्तीपत्र लिनुहुँदै प्रेस सल्लाहकार सिताराम अग्रहरी । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

धनुषा, फागुन २० गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको प्रेस सल्लाहकारमा वरिष्ठ पत्रकार सिताराम अग्रहरी नियुक्त हुनुभएको छ ।मुख्यमन्त्री निवासमा शनिबार मुख्यमन्त्री यादवले वरिष्ठ पत्रकार अग्रहरीलाई नियुक्तिपत्र हस्तान्तरण गर्नुभयो ।

नियुक्तिपत्र ग्रहण गरेपछि प्रेस सल्लाहकार अग्रहरीले इमान्दारितापूर्वक आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  नव नियुक्त प्रेस सल्लाहकार अग्रहरी यसअघि गोरखापत्र दैनिकको निमित्त प्रधान सम्पादक तथा महाप्रबन्धकको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । उहाँको कलम साहित्य सिर्जनामा पनि चल्छ ।