कपिलवस्तुको कृष्णनगरमा लागुऔषध चरेससहित दुई महिला पक्राउ परेका छन् । अवैध रूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा १० केजी चरेससहित उनीहरू पक्राउ परेका हुन् ।
देशका अरू स्थानको तुलनामा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै महँगी बढेको देखिएको छ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबै व्यक्ति कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज कुरा गर्नुहुँदै नेता कोइरालाले सो कुरा बताउनुभएको हो ।
सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणका सम्बन्धमा संसदमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
चालु आर्थिक वर्षको चैतसम्ममा शोधनान्तर स्थिति रु एक ८० अर्ब १७ करोडले बचतमा रहेको छ ।
स्याङ्जाको गल्याङ नगरपालिकाले नगरभित्रका साँघुरा सडकलाई फराकिलो पार्न सुरु गरेको छ । साँघुरो सडकका कारण ग्रामीण भेगमा दुर्घटना बढेको भन्दै पालिकाको पहलमा सडक फराकिलो पार्न सुरु गरिएको हो ।
नेकपा (एमाले) का नेता भीम रावलले मनोरञ्जन जनताको अधिकार रहेको बताउनुभएको छ । मङ्गलबार काठमाडौंमा चलचित्र ‘काँडेतार’ निर्माण समूहद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले नरम शक्तिका रूपमा चलचित्र, साहित्य र कलालगायत रहेको बताउनुभयो ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद एवम् पूर्वमन्त्री रघुजी पन्तले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले छलफल गरिरहेकोमा असन्तुष्टि व्यक्त गर्नु भएको छ ।
मेलम्चीको पानी काठमाडौं ल्याएर प्रशोधन गरिनेस्थल सुन्दरीजल क्षेत्रमै खानेपानीको समस्या हुन थालेको छ । सुन्दरीजल क्षेत्र खानेपानीको राजधानी बनेपनि यस क्षेत्रकै धारामा पानी आउन छोडेपछि स्थानीयवासी चिन्तित बनेका हुन् ।
नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको बताउनुभएको छ । बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै सांसद चौधरीले यस्तो बताउनुभएको हो ।
प्रतिनिधि सभाको दोस्रो बैठक सुरु भएको छ । १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधि सभा बैठक बुधबार फेरि सुरु भएको हो ।
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ पर्नुभएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटका लागि स्रोत जुटाउन निकै सकसपूर्ण रहेको बताउनुभएको छ ।
प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अवरोध गरेको छ । बुधबार सकेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्न नदिइएको भन्दै राप्रपाले संसद बैठक सञ्चालनमा अवरोध गरेको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्ष बजेट उत्पादन बढाउने र रोजगार सिर्जना गर्नेमा केन्द्रित हुने बताउनुभएको छ ।